SKIP TO MAIN CONTENT

आर्थिक कुराकानी: 'इन्ट्रेस्ट रेट प्रतिको रेसिलेन्सले घरजग्गा बजार माथि लान सक्छ'

High End Housing Market Hit Hardest
A representative picture of house for sale. Credit: Quinn Rooney/Getty Images

रिजर्भ बैङ्कले पछिल्लो पटक ब्याजदर बढाएर ३.८५% पुर्‍याएको छ। लगातारको व्याजदरबृद्धीले असर पारेको अस्ट्रेलियाको घरजग्गा बजारमा अगामी दिनमा केही सुधारको अपेक्षा गर्न सकिन्छ त? आर्थिक सल्लाहकार विश्वास भट्टराईका अनुसार सतहमा आइसकेको मार्केट बिस्तारै माथि उठ्ने सम्भावना छ। बजेट र घरजग्गा बजारका बारेमा भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

रिजर्भ बैङ्कले पछिल्लो पटक ब्याजदर बढाएर ३.८५% पुर्‍याएको छ। लगातारको व्याजदरबृद्धीले असर पारेको अस्ट्रेलियाको घरजग्गा बजारमा अगामी दिनमा केही सुधारको अपेक्षा गर्न सकिन्छ त? आर्थिक सल्लाहकार विश्वास भट्टराईका अनुसार सतहमा आइसकेको मार्केट बिस्तारै माथि उठ्ने सम्भावना छ। बजेट र घरजग्गा बजारका बारेमा भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।

यस महिनाको आर्थिक कुराकानीमा समेटिएका बिषयहरुः

  • रिजर्भ बैङ्कको ब्याजदर वृद्धिको निर्णयले 'सरप्राईज' दिएको हो?
  • ब्याजदर र मुद्रा स्फीति दुवै उच्च रहेका बेला सङ्घीय सरकारको बजेटबाट के अपेक्षा गर्न सकिन्छ?
  • जीवन यापनको लागत कम गर्ने वाचा पुरा नहुँदा के सरकार चेपुवामा पर्दै गएको हो?
  • आगामी दिनमा घरजग्गाको बजार चाहिँ कस्तो रहने अपेक्षा गरिन्छ?
  • सिड्नी र मेलबर्न जस्ता सहरमा 'प्रोपर्टी इन्डेक्स' उच्च रहँदा, एडिलेडको मार्केट चाहिँ केही कमजोर भएको हो र?
  • पर्थका सर्बबहरुमा लगानीकर्ताको चासो किन यति धेरै बढेको?
के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, ट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिनाको पहिलो आइतवार अपराह्न ४ बजेको कार्यक्रममा प्रत्यक्ष प्रसारण हुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now