SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा पेट्रोल भाउ प्रति लिटर १२ सेन्टसम्म बढ्न सक्ने विश्लेषकहरूको भनाइ

Petrol prices
Source: AAP

साउदी अरबको प्रमुख तेल प्रशोधन केन्द्रमा गत साता भएका ड्रोन हमलाका कारण अस्ट्रेलियामा पनि पेट्रोल लगायतका इन्धनको मूल्यमा वृद्धि हुने निश्चित रहेको विश्लेषकहरू बताउँछन्। तर, उक्त वृद्धि आगामी केही दिनहरूका लागि मात्र नभई दीर्घकालीन वृद्धिको सङ्केत हुने पनि उनीहरूको भनाइ छ।


Published

Updated

By Camille Bianchi, SBS Nepali

Source: SBS



Skip to podcast episode content

साउदी अरबको प्रमुख तेल प्रशोधन केन्द्रमा गत साता भएका ड्रोन हमलाका कारण अस्ट्रेलियामा पनि पेट्रोल लगायतका इन्धनको मूल्यमा वृद्धि हुने निश्चित रहेको विश्लेषकहरू बताउँछन्। तर, उक्त वृद्धि आगामी केही दिनहरूका लागि मात्र नभई दीर्घकालीन वृद्धिको सङ्केत हुने पनि उनीहरूको भनाइ छ।


गए साता झन्डै २५ को सङ्ख्यामा रहेका भनिएका ड्रोनहरूको प्रयोगका साथ साउदी अरबका दुई तेल प्रशोधन केन्द्रहरूलाई क्षतिग्रस्त बनाइएको थियो।

अर्माको नामक आपूर्तिकर्ताको नियन्त्रणमा रहेका उक्त प्रशोधन केन्द्रमा भएका हमलाका कारण विश्व बजारमा उक्त संस्थाले आपूर्ति गराउने तेलको मात्रा ५ प्रतिशत सम्मले घट्ने अनुमान गरिएको छ।

यसको मतलब,प्रति ब्यारल बिक्री हुने थोक तेल भाउ ५० प्रतिशत सम्मले बढ्न सक्ने पनि विश्लेषकहरूको अनुमान रहेको छ।

लगाकानी सल्लाह संस्था मोट्ली फुल अस्ट्रेलियाका कार्यकारी प्रमुख स्कट फिलिप्स भन्छन् कि अन्य विकसित राष्ट्रहरुमा जस्तै अस्ट्रेलियामा पनि पेट्रोल शुल्कमा वृद्धि हुने अपेक्षा गर्नुपर्ने अवस्था अहिले रहेको छ।

"तेल भाउमा वृद्धि नभए म धेरै अचम्म हुनेछु", उनी बताउँछन्।

Fuel nozzles rest in a fuel dispenser at a petrol station on July 23, 2013 in Melbourne, Australia.
Fuel nozzles rest in a fuel dispenser at a petrol station on July 23, 2013 in Melbourne, Australia. Source: Getty

केही दिन अगाडी मात्र सङ्घीय ऊर्जा मन्त्री एन्गस टेलरले एबीसीसँग कुरा गर्दै, तेल आपूर्तिमा अहिले कुनै खतरा नदेखिएको भन्दै अस्ट्रेलियाली उपभोक्ताहरूले आफ्नो सवारीसाधन प्रयोग गर्न थप पैसा खर्च गर्नुपर्ने सम्भावनालाई घटाउने प्रयास गरिएको बताएका थिए।

"विश्वव्यापी रूपमै भण्डारमा रहेका तेलको मात्रा धेरै रहेकोले - साउदी सङ्कट पछिको कदमहरू व्यवस्थित रूपमा चालिएको सुनिश्चित गर्न जरुरी रहेको छ", मन्त्री टेलरले बताए।

साथै अस्ट्रेलियाली उपभोक्ताहरूले बेहोर्नु पर्ने असरलाई कम गर्न पनि आफूहरू कार्यरत रहेको उनको भनाइ थियो।

अर्को तर्फ आर्थिक विश्लेषक स्कट फिलिप्सले चाहिँ अमेरिकी सरकार द्वारा आफ्नै देशमा भण्डारण गरेका तेललाई प्रयोग गर्न अनुमति दिने सङ्केत दिइसकेको बारे ध्यानाकर्षण गराएका छन्। यस कारण पनि मानिसहरू आत्तिन सक्ने अवस्थामा तेलको भाउमा वृद्धि हुन सक्ने उनको सोच रहेको छ।

"यदि यस प्रकारको सङ्कट जारी रहने अवस्था देखिन थाले यसले दीर्घकालीन मूल्यमा पनि असर पार्न छ।"

विश्व बजारमा पेट्रोलको मूल्यमा हुने बदलावले अस्ट्रेलिया माथि पर्न सक्ने असर बारे निगरानी राख्ने फ्युएल ट्रयाक नामक संस्थाका महा-प्रबन्धक जेफ ट्रोटर भन्छन् वर्तमान तेल सङ्कटले अस्ट्रेलियाली तेल भाउमा प्रति लिटर थप दस देखि बाह्र सेन्टको वृद्धि हुन सक्छ।

انگس تیلر وزیر کاهش گازهای گلخانه ای استرالیا
انگس تیلر وزیر کاهش گازهای گلخانه ای استرالیا Source: AAP

९० दिन सम्मको तेल आपूर्ति सुनिश्चित गराउने पर्ने गरि देशहरुले तेल भण्डारण गरिनुपर्ने हाल अन्तराष्ट्रिय मापदण्ड रहेता पनि अस्ट्रेलियामा भने हाल २८ दिन सम्म मात्र पुग्ने पेट्रोल र कच्चा तेल भण्डार रहेको बताइएको छ।

तर उपलब्ध तेलको कमिले उपभोक्ताहरुलाई असर पार्न नदिन अस्ट्रेलियाले अमेरिकी पेट्रोल भण्डारको प्रयोग गर्ने बारे वार्ता सुरु गरिसकेको ऊर्जा मन्त्री एन्गास टेलरले गए महिना नै बताएका थिए।

विपक्षी लेबर पार्टीले चाहिं तेल सुरक्षाको विषयलाई उक्त अमेरिकी योजनाले उपयुक्त सहयोग नपुराउने जोड दिएको छ। देश भित्रकै भण्डारण क्षमतालाई बढाउनुपर्ने लेबरको भनाइ छ।

स्वतन्त्र सभासद एन्ड्रू विल्की पनि अमेरिकी तेल भण्डारको प्रयोग गर्ने अस्ट्रेलियाली योजनाले विश्व बजारमा देखिन सक्ने तेल संकटको समाधानको सट्टा अमेरिकी सद्भाव माथि निर्भर रहेको आरोप लगाउँछन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now