काठमाण्डूमा गत वर्षको नोभेम्बर १४ देखि फोटो सर्कलको आयोजनामा एक महिने फोटोग्राफी प्रदर्शनी ‘फोटो केटीएम’ सम्पन्न भएको थियो। एक महिना लामो उक्त कार्यक्रमको छैटौँ संस्करणमा नेपाली लगायत विदेशी फोटोग्राफरहरूले पनि भाग लिएका थिए।
यस्तै सहभागी मध्येका महिला फोटोग्राफरद्वय सुशीला विश्वकर्मा र ज्योति श्रेष्ठसँग संवाददाता गिरीश सुबेदीले प्रदर्शनीमा राखिएका तस्बिरहरूको विषयमा आधारित रहँदै गरेको कुराकानी सुन्नुहोस्। नोट: यो कुराकानी पहिलो पटक एसबीएस नेपालीको बिहीवार, ११ डिसेम्बर २०२५ मा प्रसारित रेडियो कार्यक्रममा बजेको थियो।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।





