लगानीका लागि नेपाल "भर्जिन ल्याण्ड" भन्छन प्रम ओली र ९ महिनामा ४१ गैंडाको मृत्यु: गत ७ दिन नेपालमा

Nepal Investment Summit 2019 held in Kathmandu.

Nepal Investment Summit 2019 held in Kathmandu. Source: RSS

आर्थिक लगानीका लागि नेपाल एक "भर्जिन ल्याण्ड" भएको प्रधान मन्त्री केपी शर्मा ओलीको भनाइ र चितवनमा यस आर्थिक वर्षको ९ महिनामा ४१ वटा गैंडाको मृत्यु। गए ७ दिन का नेपालका प्रमुख समाचार।


सकियो लगानी सम्मेलन

नेपाल सरकराले आयोजना गरेको दुई दिने लगानी सम्मेलन शनिवार सकिएको छ।

सम्मेलनमा विदेशि लगानीकर्ताहरुले यातायात पूर्वाधार, उर्जा, कृषि लगायतका १७ वटा परियोजनाहरुमा लगानी गर्न प्रस्ताव दर्ता गरेको धिकारीहरुले बताएका छन्। 

नेपाल सरकारले लगानिकर्ताहरुलाई छनोट गर्नका लागि ७७वटा परियोजना अघि सारेको थियो। अर्थमन्त्री एवं लगानी सम्मेलनका संयोजक युवराज खतिवडाले लगानी सम्मेलन मार्फत विदेशी लगानिकर्तालाई नेपालमा लगानीको राम्रो वातावरण रहेको सन्देश दिन सफल भएको बताएका छन्।

सम्मेलनको उद्घाटन समारोहमा  बोल्दे प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लगानीका लागि 'भर्जिनल्याण्ड' रहेको बताएका थिए। सम्मेलनमा ४० देशका ६ सयभन्दा धेरै लगानीकर्ताहरु सहभागि भएका थिए।

जापान र नेपालबीच सम्झौता

नेपाली कामदार जापान लागे विषयमा नेपाल र जापान सरकारबीच सोमवार सहमति भएको छ। अप्रिल १ देखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा समझदारीमा हस्ताक्षर भएको हो।

उक्त सम्झौतालाई नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र जापानको तर्फबाट नेपालका लागि जापानी राजदूत माशाशी ओगावाले हस्ताक्षर गरेका हुन्।

जापान जान इच्छुक कामदारले भाषा परिक्षा दिनु पर्ने बताइएको छ। जापानले दक्ष र अदक्ष दुवै खाले कामदार लाने बताइएको छ। जापानले पाँच वर्षमा झण्डै साढे तीन लाख विदेशी कामदार लैजाने तयारी गरिरहेको छ।

जापानले कृषि,  होटल, उद्योग, सुरक्षा गार्ड, नर्सिङ् लगात १४ वटा पेशाका कामदार लैजान चाहेको छ।  त्यसका लागि उसले नेपाल सहित चीन, फिलिपिन्स, थाइल्याण्ड, म्यानमार ९  देशहरुसंग कुराकानी गरिरहेको छ।

जापानी सञ्चार माध्महरुका अनुसार जापान सरकारले आगामि पाँच वर्षका लागि ३ लाख ४५ हजार जनालाई कामको अनुमति दिने छ।

Nepal and Japan have signed a labor agreement allowing Nepali workers to work in Japan.
Nepal and Japan have signed a labor agreement allowing Nepali workers to work in Japan. Source: RSS

मर्मतका लागि त्रिभुवन विमानस्थलम दैनिक १० घण्टा बन्द

 देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थल अप्रिल १ देखि तीन महिनाका लागि दैनिक १० घण्टा बन्द हुने भएको छ। विमानस्थलको एकमात्र लामो धानवमार्ग जिणोद्धार गर्नका यस्तो गर्न लागिएको अधिकारीहरुले बताएका छन्।

"यसका लागि राति १० बजे विमानस्थल बन्द गरिने छ र बिहान ८ बजेदेखि खोलिने छ," त्रिभुवन विमानस्थालका प्रमुख राजकुमार क्षेत्रीले भने। "यसले गर्दा १० प्रतिशत पनि उडान प्रभावित नपर्ने देखिएको छ।"

मर्मतलाई ध्यानमा राखेर नयाँ उडान तालिका बनाइएको पनि क्षेत्रीले बताए। विमानस्थलको धावनमार्गमा समय समयमा खाल्डा खुल्डी पर्ने गरेको थिय जसका कारण विमानहरुलाई उडा भाइरल हुन षन भर्न र अवतरण गर्नै समस्या पर्ने गरेको थियो।

यसअघि धावनमार्गमा यस्तो समस्या देखिएपछि त्यसलाई टाल्ने काम गरिन्थ्यो।

प्रदेश २मा एसईईको प्रश्नपत्र बाहिरीयो

प्रदेश २ मा लगातार प्रश्नपत्र बाहिरिन थालेपछि संघीय सरकारले परिक्षा स्थगित गर्न निर्देशन दिएको छ। कडा सुरक्षा निगरानीमा राखिने प्रश्नपत्र परिक्षा अगावै सामजिक सञ्जालमा समेत भेटिएका थिए।

जसका कारण बिहिबार र शुक्रबार भएका विज्ञान र सामाजिक विषयका परिक्षा रद्ध भएका थिए। शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै उनले संघीय सरकारका शिक्षामन्त्री गिरिराजमणी पोखरेलले प्रदेश २का आठ जिल्लामा एसईई परिक्षा स्थगित गर्ने निर्णय गरेको बताए।

"एसईईका प्रश्नपत्र लगातार सार्जनिक भएपछि राष्ट्रिय परिक्षा बोर्ड, प्रदेश प्रहरी र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले यस विषयमा छानविन गर्ने भएका छन्।" अन्य प्रदेशमा भने परिक्षा यथावत हुने छ।

४१ गैंडा मरे

यस आर्थिक वर्षको ९ महिनामा चितवनामा ४१ वटा गैंडा मरेको अधिकारीहरुले बताएका छन्। जस मध्ये चितवन राष्ट्रिय निकुन्जमा मात्र ३९वटा गैंडा मरेका छन्। सबै गैंडा प्राकृतिक कारणले नै मरेका अधिकारीहरुले बताएका छन्।  

'सरकारको ब्याक गियर छैन' प्रम

सरकार नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको समूह विरुद्ध झन कठोर हुने चेतावनी प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका छन्। संसदको हिउँदे अधिवेशनको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले विप्लव नेतृत्वको समूहद्वारा भइरहेका विध्वंसात्मक कामलाई सरकारले नियन्त्रण गर्ने बताए। उनले विप्लव समूहलाई वार्ताका लागि बोलाएको तर नआएको पनि बताए। "शान्ति सुरक्षा कायम गर्न सरकार अघि बढिसकेको छ र सरकारको ब्याक गेर छैन," प्रधानमन्त्री ओलीले भने, "यस्ता विध्वंसात्मक गतिविध सरकारले नियन्त्रण गर्छ।"

उनले उक्त समूहलाई हतियार बुझाउन अझै समय रहेको पनि बताए। यस्तै पृथकतावादी आन्दोलन गरिरहेका सिके राउतसंवग सरकारले गरेको सहमतिबारे उठेका प्रश्नको पनि जवाफ दिए।

Nepal's Prime Minister KP Sharma Oli.
Nepal's Prime Minister KP Sharma Oli Source: RSS

प्रधानमन्त्री ओलीले सहमतिमा जनमत सङ्ग्रह भन्ने शब्द प्रयोग नभएको र उक्त सहमतिसंगै देशभित्र चलिरहेको पृथकतावदी आमन्दोलन सकिएको बताए।

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले भने सरकारले संसदलाई उपेक्षा गरेको आरोप लगाएको छ। उसले दुई तिहाइ बहुमतको सरकारले संसदले सभामुखले निर्देशन दिएका विषयको पनि जवाफ नदिएको र पर्याप्त छलफल बिनै विध्येकहरु पारित गरेको आरोप लगाएको छ। त्यसै सरकारले शान्ति सुरक्षाको राम्रो व्यवस्था गर्न नसकेको पनि कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बताए।

"शान्ती सुरक्षाको स्थिति दिनादुन बिग्रिदै गएको छ। लज्जा बोध हुन्छ हामीलाई एउटा बालिकाको बलात्कार हुन्छ, हत्याहुन्छ तर त्यो हत्यारा अझैसम्म पत्ता लाग्दैन," गच्छदारले भने।

उनले सरकार भ्रष्टाराच नियन्त्रण गर्न असफल भएको पनि बताए।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now