लिबरल पार्टी सांसद ग्लाडिस लू बारे उठेका पछिल्ला राजनीतिक प्रश्नहरुले अस्ट्रेलियामा रहेका चिनियाँ पृष्ठभूमिका १२ लाख मानिसहरुको "अपमान" गर्ने प्रधान मन्त्री स्कट मोरिशनले बताएका छन्।
विदेशी मामिलाहरूमा हस्तक्षेप गर्ने एक चिनियाँ कार्यक्रममा संलग्न रहेको रहेको बारे आफूलाई कुनै सम्झना नरहेको बताउने लिबरल सांसद ग्लाडिस लूले २४ घण्टा पनि नबित्दै, आफू अस्ट्रेलियाली भएकोमा गर्व गर्ने बताएकी छन्।
अस्ट्रेलियाली सङ्घीय संसदको तल्लो सदन वा प्रतिनिधि सभामा निर्वाचित हुने चिनिया पृष्ठभूमि कि पहिलो महिला बनेकी लिबरल सांसद ग्लाडिस लूले कम्युनिस्ट चाइनासँग सम्बन्ध रहेको एक चिनियाँ संस्थामा आफू विगतमा आबद्ध रहेको बारे कुनै सम्झना नरहेको एक अन्तर्वार्तामा बताएकी थिइन।
हंगकंगमा जन्मिएकी उनले साउथ चाइना सी माथि चीनको हक दाबीलाई आफूले गैर कानुनी भनेको भन्ने कुरालाई अस्वीकार गरेकी छन्।

लेबरकी विदेश मामिला हेर्ने पेन्नी वोङ्गले यो प्रधानमन्त्रीको परीक्षाको समय भएको बताउँदै उनले यस बारे स्पष्ट पार्नुपर्ने बताएकी छन्।
तर, हालै आएर हंगकंगमा जन्मिएकी सांसद लिउले एक वक्तव्य जारी गर्दै चिनियाँ सरकारसँग सम्बन्धित एक समूहसँग आफूले सहकार्य गरेको स्वीकारेकी छन्।
उक्त वक्तव्यमा भनिएको छ, “मैले आफ्ना शब्द प्रयोगमा ध्यान पुर्याउनु पर्थ्यो।”
“हामी सधैँ दुई राष्ट्रहरूका राजनीतिक भिन्नताका बारेमा स्पष्ट थियौँ र भविष्यमा पनि हुने छौ, तर त्यसो गर्दा दुई सार्वभौम राष्ट्रहरूका रूपमा एक अर्का प्रति सम्मान पनि हुनुपर्छ।”
“म अस्ट्रेलियाली भएकोमा गर्व गर्छु र यसलाई नकार्न किसिमबाट केही सङ्केत गर्न खोजिन्छ भने त्यो आपत्तिजनक हुनेछ।”
तर उनले त्यसो भनीरहँदा लेबरले उनको स्पष्टीकरण पर्याप्त नभएको बताएको छ।
छाया महान्यायधीवक्ता मार्क ड्रेफसले संसद्मा प्रश्न सोध्ने समयमा प्रधानमन्त्री मोरिशनले लिउ संसद्मा बस्न उचित व्यक्ति भएको भन्नेमा आश्वस्त पार्न सक्छन् भनी प्रश्न गरेका थिए।





