विप्लव समूहलाई आतकंकारी भने प्रमले
प्रधानमन्त्री केपी शर्माओलीले नेत्र विक्रम चन्द विप्ललको समूहलाई आतंककारीको संज्ञा दिएका छन्। उक्त समूहले श्रृखंलाबद्ध विस्फोट गराउँदा काठमाण्डूमा चार जनाको ज्यान गएको थियो।
उक्त घटनापछि पहिलो सार्वजनिक समारोहमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति आएको हो।
सोमवार राष्ट्रिय मानव अधिकार आयोगको १९औं वार्षिकोत्सवका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ''चुनावदेखि डराउने, बम पड्काएर जनता तर्स्याउने, चन्दा र लुट मचाउनेको न माग छ नत राजनीतिक एजेण्डा। देशमा अशान्त वातावरण सृजना गरि बाह्य लगानी आउन नदिने र सरकारले छुट्याएको बजेट पनि खर्च गर्न नदिने विप्लव समूह आतंककारी हो।"
यसअघि सरकारले विप्लव समूहका गतिविधिलाई प्रतिबन्ध लगाएपनि आतंककारी भने भनेको थिएन।

यसैबिच राजधानीमा भएको बम विस्फोटको विवरण संसदमा दिँने क्रममा गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहको सैन क्षमता बारे पनि केहि नयाँ तथ्य सार्वजनिक गरेका छन्।
उनले बमविस्फोटमा मर्ने व्यक्तीहरु नागरिक नभएको पनि बताए। "उनीहरु सामान्य जनता होइनन्। घटना गराउनेकै ज्यान गएको छ। गैर कानुनी काम गर्ने सर्वसाधरणहुन सक्दैनन।"
खुल्यो तातोपानी नाका
चारवर्ष अघि गएको भूकम्प र त्यसपछिको भएको क्षतीका कारण बन्द भएको तातोपानी नाका खुलेको छ। चार वर्ष बन्द भएको नाका यहि साता खुलेको हो।
नाका संचालनमा ल्याउन चाहिने सम्पूर्ण सरकारकी कार्यालयको तयारी भएको सरकारले जनाएको छ। चीनसंग जोड्ने तातोपानी नाकाका कारण त्यहाँ वरपर व्यापार गर्नेको संख्या पनि निकै थियो।
तर नाका बन्द भएपटि त्यहाँ कुनै पनि चहलपहल थिएन। यसका साथै चीन सरकारको सहयोगमा २० करोड लागतमा सुविधन सम्पन्न सुख्खा बन्दरगाहा पनि निर्माण भएको अधिकारीहरुले बताएका छन्।

साढे चार सयको कैद मिनाहा
गणतन्त्र दिवसको अवसरमा सरकारले करिब साढे चार सय कैदीको आधा कैद छुट गरेर मिनाहा गर्ने जनाएको छ।अधिकारीहरुका अनुसार असल चालचलन भएका कैदिको कैद मिनाहा गर्न लागिएको हो।
गत अगस्ट देखि लागू भएको मुलुकी अपराधसंहितामा ७५ प्रतिशत कैद भुक्तान गरेका कैदीलाई मात्र छाड्न मिल्लने प्रावधान रहेको छ। तर गत महिना उक्त प्रावधानलाई संशोधन गरियो र आधा कैद भुक्तान गरेर आधा कैद भुक्तान गरेपछि रिहा गर्न मिल्ने प्रवाधान ल्याइएको छ।
जन्मकैद, जबर्जस्ती करणी, बेचबिखन जस्ता १९ किसिमका गम्भिर अपराधमा भने केद मिनाहा नहुने प्रावधान रहेको छ।
नारायणहिटी संग्राहलयमा गणतन्त्र स्मारक
नारायणहिटी संग्रहालय परिषरमा रहेको गणतन्त्र स्मारकको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्।
त्यहाँ गणतन्त्र प्राप्तिका लागि संघर्षमा सहिद भएका व्यक्तिका साथै त्यसक्रमा बेपत्ता पारिएका व्यक्तिहरुको तस्विर लगायतक सामाग्री राखिएको छ। करिब ३५ रोपनी क्षेत्रफल रहेको स्मारकको झण्डै ८ वर्ष लगाएर निर्माण गरिएको हो।
सुरु भयो यार्सा टिप्ने सिजन
डील्पाका विभिन्न पाटन यार्सा गुम्बाका लागि मंगलवार देखि खुला भएको से-फोक्सुन्डो राष्ट्रिय निकुन्जका निमित्त संरक्षण अधिकृत प्रमोद कुमार यादवले बताए।
यार्सा गुम्बाको संकलन पुर्जी वितरणबाट हालसम्म ९१ लाख रुपैयाँ संकलन भएको अधिकारीहरुले बताएका छन्।
त्यहाँ अहिले डोल्मा, मुगु, जुम्ला, जाजगरकोट, दैलेख, रुकुम, सल्यान, नेपालागन्ज,सिन्धुपाल्चोक, काडमाण्डू लगायतका स्थानबाट मानिसहरु पुगेको बताइएको।

१५ खर्ब ३२ अर्बको बजेट
संघीय सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँको बजेट ल्याएको छ। गत वर्षको बजेटमा वाम घोषणपत्रको लोकप्रयि मध्ये एक वृद्ध भत्ता नबढाएको सरकारले यसवर्ष भने उक्त शिर्षकमा एक हजार रुपैयाँ बढाएर तीन हजार पुर्याएको छ।
यस्तै कर्मचारीको तबल २० प्रतिशतले बढेको छ भने सासंदलाई निर्वाचन क्षेत्रमा खर्च गर्न ६ करोड रुपैयाँ दिने बजेटमा उल्लेख गरिएको छ। यस्तै युवालाई सीपमुलक तालिम प्रदान गर्न १ अर्ब ७२ करोड रुपैयाँ छुट्याइएको छ।
अघिल्लो वर्षको तुलनामा करिब २८ प्रतिशत बढीको बजेट बुधबार अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक गरेका हुन्। अर्थविदहरुले भने सरकारले लोकरिझामा आधारित भएर बजेट ल्याएको र यसका कारण विकास निर्माणका लागि अन्तरिक र वाह्य ऋण खोज्नु पर्ने देखिएको बताएका छन्।
बजेटमा देशभरका सामुदायीक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निशुल्क स्यानेटरी प्याड वितरण गरिने र विद्याथीहरुलाई दिवा खाजाको व्यवस्था गरिने पनि उल्लेख गरिएको छ।
सरकारले लक्ष्य लिए अनुसार ऋण पाएन
राष्ट्र ब्याङ्कले करिब तीन साता अघि ८६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनका लागि एउटा तालिका सार्वजनिक गरेको थियो। तर उक्त ऋण उठाउने अन्तिम दिन अर्थात मंगलवारसम्म जम्मा ५३ अर्ब ३८ करोड २० लाख रुपैयाँ मात्र उठेको छ।
यस आर्थिक वर्षमा सरकारले १ खर्ब ७२ अर्ब आन्तरिक ऋण उठाउनु पर्ने हो।




