पाकिस्तानका विदेशमन्त्री ज्ञवालीबीच टेलिफोन वार्ता
भारत प्रशासित जम्मु कस्मिरबारे पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरेसीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच बिहिवार टेलिफोनमा कुराकानी भएको छ।
भारतीय विदेशमन्त्री एस जयशंकर काठमाण्डूबाट फर्किएकै दिन परराष्ट्रमन्त्री ज्ञवालीलाई उनका पाकिस्तानी समकक्षीले टेलिफोन गरे।
पाकिस्तानी विदेश मन्त्रालयका अनुसार टेलिफोन कुराकानीका क्रममा कुरेसीले दुई साताअघि भारत सरकारले जम्मु कस्मिरबारे लिएको निर्णयबारे जानकारी गराए र जम्मु कस्मिरलाई वेशेष मान्यता दिने भारतीय संविधानको धारा ३७० खारेज गरी जम्मु कस्मिरको राज्यको हैसियत हटाउने भारतको निर्णय एकपक्षीय र गैरकानुनी भएको बताए।
यसका साथै उनले भारतले एकपक्षीय रुपमा चालेको कदमले क्षेत्रीय शान्ति सुरक्षामा खल पुग्न सक्ने विषयबारे पनि चर्चा गरे।
नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अध्यक्षका हैसियतले क्षेत्रीय शान्ती र स्थायित्वमा भूमिका खेल्न र कस्मिरका जनतालाई पीडाबाट बाहिर ल्याउन भारतलाई मनाउन पनि कुरेसीले जोड दिएको विवरणहरु आएका छन्।
परारष्ट्रमन्त्री ज्ञवालीले जवाफमा आफूहरूले कस्मिरको अवस्थालाई सुक्ष्म ढंगले नियालिरहेको र सबै विवादको समाधान वार्ताबाट गर्नुपर्छ भनिरहेको बताए।
नेपालले उक्त विषयमा हालसम्म औपचारीक प्रतिक्रिया दिएको छैन।

India's Foreign Minister Subrahmanyam Jaishankar, left, arrives in Kathmandu, Nepal, Wednesday, Aug. 21, 2019. (AP Photo/Niranjan Shrestha) Source: AP
यसैबीच नेपाल-भारत संयुक्त ओयोगको बैठक सुरू हुनु दुईदिन अघि समोवार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा भारतले जम्मु कश्मिर बारे लिएको निर्णय बारे नेपालको प्रतिक्रियाबारे संचारकर्मीहरूले राखेको जिज्ञासाको जवाफमा मन्त्री ज्ञवालीले भने, "नेपाल सरकारले जम्मू कश्मीर मामिलालाई नजिकबाट नियालिरहेको छ।"
अघिल्लो दिनदेखि नै जम्मु कस्मिमा टेलिफोन, इन्टरनेट काटिएको अवस्थामा भारतले अगस्ट ५ मा उसको संविधानको धारा ३७० खारेज गरेको थियो। त्यहाँका पूर्व मुख्यमन्त्रीहरू अहिले पनि नजरबन्दम छन्।
पाकस्तानी विदेशमन्त्रीसंग भएको कुराकानी बारे परराष्ट्र मन्त्रालयले कुनै औपचारिक विज्ञप्ति सार्वजनिक गरेको छैन।
यसैबीच काठमाण्डूमा बुधबार सम्पन्न नेपाल-भारत संयुक्त आयोगको पाँचौ बैकठमा दुई देशका समग्र विषयमा समेटिएका विभिन्न ८० बुँदामा माइनुट भएको परराष्ट्र सचिव शंकारदास बैरागीले बैठकपछि जानकारी दिएकाछन्।
दुई पक्षबीच रामायण र बुद्धिस्ट सर्किट तत्काल विकास गर्ने, दुईपक्षीय व्यापार सहज गरेन सीमा क्षेत्रमा पूर्वधार र उपकरण थपिने, सीमामा बस्नेलाई डुबानको अनुभव नै हन नदिने गरी काम गर्ने लगायतका विषयमा सहमति भएको बताइएको छ।
दुईपक्षबीच कार्यन्वयन भएका विषयमा सन्तुष्टि जाहेर गर्दै बाँकी विषयमा सरोकारवाला निकायसँग अन्तरक्रिया गरेर प्रक्रिया अघि बढाउने सहमति भएको छ।
यस्तै उक्त बैठका लागि आएका भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशंकरले विभिन्न दलका नेताहरूलाई पनि भेटे।
उनीसंग प्रधामन्त्री केपीशर्मा ओलीले एकान्तमा भेट गरेको र यो कुटनीतिक मर्यादा विपरित रहेको भन्दै केहिले आलोचना पनि गरेका छन्।
बालबालिकाको उद्धार
काठमाण्डू स्थित सीतापाइला ख्वापाटोलमा रहेको एक घरबाट जोखिमपूर्ण अवस्थामा राखिएका ९ बालबालिकाको उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये पाँच देखि ११ वर्षका चार बालक र पाँच बालिका रहेको राष्ट्रिय बाल अधिकार परिषदले जनाएको छ। ती बालबालिका कालिकोट र कैलाली जील्लाका रहेका छन्।
द्रुतमार्गको डिपिआर स्विकृत
सेनाले पेस गरेको काठमाण्डू-तराई द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)मा सुरुङ् र पुलको डिजाइन अपुरो रहेको भन्दै पाँच महिना रोकेर राखिएको ' डिपिआर सरकारले अन्तत: स्विकृत गरेको छ।
सोमवार बसेको मन्त्रीपरिषदको बैठकले उक्त अपुरो डिपिआर अनुमोदन गरेको हो।
कुल ७२.५ किलोमिटर लामो फास्ट ट्रयाकमा ५५.५ किलोमिटर सडक खण्ड रहेको छ र त्यसमा करिब रहेका ७८ मध्ये १६को निर्माण जटिल गरेको बताइएको छ।
नेता नेपालले दर्ता गराए नोट अफ डिसेन्ट
नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टिको सचिवालय बैठकमा सात बुँदे असन्तुष्टि पत्र अर्थात नोट अफ डिसेन्ट दर्ता गराएका छन्।
ओलीको प्रस्तावमा नेकपाको वरियताक्रम हेरफेर भएपछि नेपालले एक व्यक्ति एक जिम्मेवारी लागू गर्नुपर्ने र त्यसका लागि ओलीले प्रधानमन्त्री वा पार्टि अध्यक्ष मध्य एक पद छोड्नु पर्ने उक्त असमझदारी पत्रमा उल्लेख गरिएको छ।
उक्त विषयमा दुई नेताबीच बहस भएको र दुईबीचको सम्बन्ध चीसिएको विवरणहरू बाहिर आएका छन्।

Nepal's former Prime Minister Madhav Kumar Nepal.(AP Photo/ Binod Joshi) Source: AP via AAP
मानव अधिकार आयोगको आपत्ति
सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेतत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा राजनीतिक सहमति र भागबण्डामा पदाधिकारी नियुक्त हुन लागेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले आपत्ति जनाएको छ।
आयोगका अध्यक्ष अनुपराज शर्माले दलको अनधिकृत पहलले नियुक्ति प्रक्रियामा नष्पक्षता, तथस्टता र पारदर्शीतासमेत नरहने अनुभुति आयोगलाई भएको भन्दै बिहिवार एक विज्ञप्ति जारी गरे।
"यस्तो परिस्थितिबाट द्वन्दवपीडितले न्ययको अनुभुती गर्न कठिन हुने र कानुनद्वारा अख्तियारी पाएको सिफारिस समितिको वैधता र निष्पक्षतामाथि प्रश्न चिन्ह खडा हुने भएको छ," उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ।
शीर्ष नेताहरूले सत्य निरुपण तथा मेलमिलाप आयोगमा पूर्व महान्यायधिव्कता रमण श्रेष्ठलाई अध्यक्ष बनाउन सहमत भएका विवरण बुधबार बाहिर आएपछि शर्माको यस्तो विज्ञप्ती आएको हो।
प्रधानमन्त्री स्वास्थ्य परिक्षणका लागि पुन: सिंगापुर
प्रधनमन्त्री केपी शर्मा ओली बिहिवार स्वास्थ्य परिक्षणका लागि पुन: सिंगापुर पुगेका छन्।
स्वास्थ्य परिक्षण गराएर फर्किएको १० दिनपछि उनी फेरी गएका हुन् र यो विषयले यो साताभर निकै चर्चा पायो। सुरुमा प्रधानमन्त्री स्वास्थ्य परिक्षणका लागि जाने विषय गुपचुप राखिको थियो।
उनी जानुभन्दा केहिदिन अघि चाहिँ प्रधानमन्त्री आफैँले स्वास्थ्य परिक्षणका लागि फेरी सिंगापुर जान लागेको बताए।
गृहमन्त्रालयमा मंगलवार आयोजिग एक कार्यक्रमा उनले आफू सामान्य स्वास्थ्य परिक्षण गर्न जान लागेको तर यसविषयलाई निकै बढाइ चढाइ गरिएको भन्दै "१५ वर्षअघि विरामी थिएँ, त्यत्ती बेला विरामी थिएँ। अझै १५ वर्ष अखडामै सामेल छ। बाँकी १५ वर्ष अखडामै हुन्छु म। त्यसकारण पुजा अर्चना गरेर केहि हुन्छ भने त्यसो गर्न दिने मेरो विचार छ।"
करिब १२ वर्षअघि मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको प्रत्यारोपित मृगौलामा समस्या देखिएपछि उनी परिक्षणका लागि सिंगापुर गएका हुन्।
त्यसोत प्रधानमन्त्रीको स्वास्थ्य उपचारको विषय संसदमा पनि चलेको थियो। सासंद प्रम सुवालले केह उपकरण ल्याएर प्रधानमन्त्रीको स्वास्थ्य परिक्षण यहिँ गर्न मिल्दैन भनी उपप्रधामन एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई प्रश्न गरे।
उत्तरमा उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवले धेरै रोगको उपचार नेपालमै गर्न संभव भएपनि प्रधामन्त्रीलाई यहाँका चिकित्सकहरूले नै सल्लाहा दिएकाले जान लागेको बताए।
योगेश राजलाई मदन पुरस्कार
यसवर्षको मदन पुरस्कार योगेश राजको उपन्यास 'रणहार'लाई प्रदान गर्ने मदन पुरस्कार गुठीले जनाएको छ।
गत आइतबार बसेको गुठीको बैठकले भक्तपुरका अन्तिम मल्ला राजाको भोगाइ मार्फत काठमाण्डू उपत्यकाको एक कालखण्डलाई चित्रण गरेको उपन्यासलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
यस्तै साहित्यमा विशिष्ट योगदान पुर्याएका व्यक्तिलाई दिइने जगदम्बा श्री पुरस्कार यसवर्य वरिष्ठ साहित्यकार वैरागी काइँलालाई प्रदान गरिने भएको छ। उनी नेपाल प्रज्ञ प्रतिष्ठानका पूर्व कूलपति समेत हुन्।
पाँचथरमा जन्मिएका काइँलाले लिम्बू,साहित्य र इतिहासमा पनि महत्वपूर्ण योगदान गरेका छन्।