Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

प्रमको 'थलो पार्ने' जवाफको चेतावनी र पूर्व मन्त्री माथि भ्रष्टाचारको मुद्धा: गत ७ दिन नेपालमा

Nepal's Prime Minister KP Sharma Oli.

Nepal's Prime Minister KP Sharma Oli. Source: Twitter

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई कयौं बुद्धिजीवीहरुको टिप्पणी आउने गरेको र यदि उनले त्यस्ता टिप्पणीको जवाफ दिन थाले ती बुद्धिजीवीहरु थला पर्ने दाबी र पूर्व मन्त्री सहित २१ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर। गत ७ दिन का नेपालका केहि मुख्य समाचार।


Published

Updated

By Pratichya Dulal

Source: SBS



Share this with family and friends


प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई कयौं बुद्धिजीवीहरुको टिप्पणी आउने गरेको र यदि उनले त्यस्ता टिप्पणीको जवाफ दिन थाले ती बुद्धिजीवीहरु थला पर्ने दाबी र पूर्व मन्त्री सहित २१ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर। गत ७ दिन का नेपालका केहि मुख्य समाचार।


'जवाफ दिँदा थला पर्ने संभावना' प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा टेलिभिजन कार्यक्रममा बोल्दै उनलाई कयौं बुद्धिजीवीहरुको टिप्पणी आउने गरेको र यदि उनले त्यस्ता टिप्पणीको जवाफ दिन थाले ती बुद्धिजीवीहरु थला पर्ने बताएका छन्।

बुधबार जनतासंग प्रधानमन्त्रीका कुरा कार्यक्रमा बोल्दै उनले त्यसो भनेका हुन्। गत साता सम्पन्न भएको एसिया प्यासेफिक समिटमा सरकारको संलग्नता र उक्त सम्मेलनमा उनले पाएको सम्मानका बारेमा भएका टिकाटिप्पणी बारे उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

"त्यस्ता बुद्धिजीवीहरुलाई जवाफ दिँदा उहाँहरु थला पर्ने सम्भावना हुन्छ। उहाँहरुका असलियतहरु बाहिर आउँदा के हुन्छ अलिक बिचार गरे हुने हो," उनले भने।

प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिलाई धेरैले आलोचना गरेका छन्। प्रधानमन्त्रीले सरकारबाट पेन्सन, सुविधा र भत्ता खानेहरुले जथाभावी अनुत्तरदायी ढङ्गले बोल्ने प्रवृत्ति देखिएको र गोपनीयताको वास्ता नगरी अत्यन्त अनुत्तरदायी र झुटो प्रचार गरेको आरोप लगाएका छन्।

Melamchi tunnel at Sundarijal, Kathmandu
Melamchi tunnel at Sundarijal, Kathmandu Source: Abhas Parajuli

फेरी सर्यो मेलम्चीको भाखा

खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाण्डूमा आउने बताएका छन्। गतसाता संसदको विकास तथा प्रविधि समितिको बैठकमा सचिव ठाकुरले यस्तो बताएका हुन्।

मेलम्ची खानेपानी आयोजनाको गतिविधिबारे जनारकी लिन बोलाइएको बैठकमा सासंदहरुले मेलम्चीको पानी कहिले काठमाण्ठू आउँछ भनी सोधेको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन्।

"ढुक्क हुनुहोस् दुई महिनामा मेलम्चीको पानी आउँछ, म ठोक्का गरेर भन्छु ६० दिनमा मेलम्चीको पानी आउँछ," बैठकमा सचिव ठाकुरले भने।

उक्त बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री एवं सासंद झलनाथ खनालले देशभर विभिन्न स्थानमा पानीको मुहान सुक्दै गएको र यस प्रकारको समस्याको दीर्घकालीन सामाधान गर्नका लागि योजना बनाउनु पर्ने बताए।

Nepal government meeting.
Source: RSS

अन्तरप्रदेश समन्वय परिषदको बैठक आज

आज पहिलो पटक अन्तर प्रदेश समन्वय परिषदको बैठक बस्दै छ। उक्त बैठकमा संघीयताको अभ्यास शुरु गर्दाका क्रममा प्रदेश र केन्द्र सरकारबीच देखिएका समस्याका बारेमा छलफल हुने बताइएको छ।

यसअघी भदौको अन्तिम साताका लागि उक्त बैठकको मिति तोकिएको थियो। तर अन्तिम समयमा आएर त्यो स्थगति भएको थियो।

केन्द्र सरकराले प्रदेशमा देखिएका समस्याको अध्ययन गर्न केहि समय अघि सातवटै प्रदेशमा सचिव सहितको एउटा टोली पठाएको थियो। आज हुने बैठकमा त्यही अध्ययनका आधारमा छलफल हुने अधिकारीहरुले बताएका छन्।

प्रदेश सरकराहरुले भने उनीहरुले झेल्दै आएका कर्माचारीको अभाव,  पर्याप्त कानुन नभएको लगायतका समस्या उठाउने तयारी गरेको गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ्ले बताए।

बैठक प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने छ। 

पूर्व मन्त्री पाण्डे माथि भ्रष्टाचारको मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व वनमन्त्री तथा निर्माण व्यवसायी विक्रम पाण्डे सहित २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

राष्ट्रिय गौरवको आयोजना समेत रहेको सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै मुद्धा दायर गरिएको हो।

उक्त मुद्धामा तीन आयोजना प्रमुख, दुई ठेकेदार सहित २१ जना विरुद्ध मुद्या दायर गरिएको अख्तियार  दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरुले बताएका छन्।

उनीहरु माथि साढे ८ अर्ब बिगो दाबी सहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो। 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now