घरेलु टोली पोखरा पल्टनले पोखरा प्रिमियर लिग (पिपिएल)को पहिलो संकरण हात पार्यो र बलात्कारपछि हत्या भएकी कन्चनपुरीको १३ वर्षिया बालिका निर्माला पन्तको अभिवावकले सरकारले चाँडै दोषी पत्ता नलगाए धर्ना बस्ने चेतावनी। गत ७ दिनका नेपालका केहि प्रमुख समाचार।
पोखरा पल्टन विजयी
घरेलु टोली पोखरा पल्टनले पोखरा प्रिमियर लिग (पिपिएल)को पहिलो संकरण हात पारेको छ। सर्वाधिक पुरस्कार राशि भएको उक्त घरेलु प्रतियोगिताको फाइनल खेलमा पोखरा पल्टनले चितवन राइनोजलाई ३ विकेटले पराजित गरेको हो।
चितवनले दिएको १६१ रनको लक्ष्य पोखराले १९ ओभर २ बलमा, सात विकेटको क्षतिमा हासिल गरेको हो। उपाधिसंगै पोखरा पल्टनले २७ लाख रुपैयाँ पायो भने उप विजेता टोली चितवन राइनोजले १० लाख रुपैयाँ पायो।
अन्नपुर्ण, माछापुछ्रे जस्ता हिमालको मनमोहक दृश्य देखिने उक्त रंगलाशालमा सम्पन्न भएको प्रतियोगिताले नेपालमा खेल पर्यटनको संभावना बढेको कतिपय क्रिकेट जनाकारहरुले बताएका छन्। उक्ता रंगशालाको स्तरोन्नती गर्न सके नेपाल अन्तराष्ट्रिय क्रिकेटको न्यूट्रल भेन्यू बन्न सक्ने संभावन रहेको उनीहरुको भनाइ छ।
उपाधिसंगै पोखरा पल्टनले २७ लाख रुपैयाँ पायो
निर्मलाका अभिवावकको चेतावनी
बलात्कारपछि हत्या भएकी कन्चनपुरीको १३ वर्षिया बालिका निर्माला पन्तको अभिवावकले सरकारले चाँडै दोषी पत्ता नलगाए धर्ना बस्ने चेतावनी दिएका छन्।
निर्मलाको हत्या भएको तीन महिना बितिसक्दा पनि दोषी पत्ता नलागेको भन्दै एउटा पत्रकार सम्मेलन गरी निर्मलाका बाबु यज्ञराज पन्तले यस्तो बताएका हुन्।
''हामी सम्पूर्ण परिवार जिल्ला प्रसाशन कार्यालय अगाडी धर्ना बस्ने छौ यसो गर्दा पनि न्याय नपाए आमरण अन्सन बस्छु।''

प्रविधिक शिक्षा विस्तार
ग्रामिण तहसम्म प्राविधिक शिक्षा विस्तार गर्नका लागि सरकारले चालू आर्थिक वर्षमा थप ५२ करोड रुपैयाँ अनुदान दिने भएको शिक्षा मन्त्रालयले जनाएको छ।
अब ग्रामिण क्षेत्रका २७७ सामुदायिक विद्यालयहरुमा यसै वर्षदेखि प्राविधिक शिक्षा शुरु हुने भएको छ। सरकारले विद्यालय तहबाटै सीपयुक्त जनशक्ती तयार गर्ने योजना अन्तर्गत यस वर्ष दुईवटा निकाय मार्फत प्राविधिक शिक्षा सञ्चालन गर्न लागेको हो।
यसका लागि शिक्षा विभाग र सिटिभिटी मार्फट्ट विद्याल तहामा प्राविधिक शिक्षा पढाउन लागिएको हो।
नेत्रहिन महिला क्रिकेट टोली पाकिस्तान जाने
नेत्रहिन क्रिकेट संघ नेपालको महिला टोली अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न पाकिस्तान जाने भएको छ। आगामी जनावरी २६ देखि फेब्रुवरी ४ सम्म हुने प्रतियोगितामा नेपाली टोली सहभागि हुन लागेको हो। उक्त प्रतियोगितामा नेपालबाट १५ जना खेलाडी सहभागि हुने संघका अध्यक्ष पवन घिमिरेले बताए।
"नेपालमा नेत्रहिन महिलाहरुले क्रिकेट खेल्न थालेको लामो समय भयसक्यो तर खललाई अन्यत्र पनि वस्तार गर्न पर्छ भन्ने लागेर हामीले पाकिस्तानसंग खेल्न आग्रह गरेका हौ," घिमिरेले बताए।
सन् २०१४मा नेपालले युकेको एउटा टोलीसंग यस्तै खेल आयोजना गरेको थियो।

उपल्लो मुस्ताङमा सेनाको क्याम्प
उपल्लो मुस्ताङको लोमान्थाङमा नेपाली सेनाको क्याम्प स्थापना भएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोराला नाकादेखि २६ किलोमिटर नेपालतर्फको भागमा गतसाता देखि सेनानीको नेतृत्वमा क्याम्प स्थापना गरेको बताइएको छ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्रीले आवश्यक जग्गा र पूर्वाधारको व्यवस्थापन मिलाएर क्याम्प राखिएको बताए। क्याम्पमा हाल ५० जना सेनाकोत् टोली खटिएको छ।
सेनाको क्याम्प स्थापना भएपछि लोमान्थाङ्कमा रहेको युरेनियम खानीको सुरक्षा र कोरला नाका सञ्चालनका लागि सुरक्षाको प्रत्याभूतिको सन्देश प्रवाह हुने स्थानीय जनप्रतिनिधिहरुले बताएका छन्।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिने
देशको एउटामात्र अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिने अधिकारीहरुले बताएका छन्। यसका लागि चिनियाँ कम्पनी – चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरि कर्पोरेशनसँग सम्झौता भएको छ।
सन् १९८०मा निर्माण भएको रन्वे अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको छैन। शुरुमा धावनमार्ग स्तरोन्नतीको काम गर्ने र त्यसपछि 'पार्किङ् बे' को काम गरिने बताइएको छ।




