Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

धनुषामा बम बिस्फोटमा इन्सपेक्टर सहित ३ को मृत्यु र चुलियो कांग्रेस विवाद: गए ७ दिन नेपालमा

Police officer Amir Kumar Dahal was among the three people killed after a bomb explosion in Dhanusha district.

Police officer Amir Kumar Dahal was among the three people killed after a bomb explosion in Dhanusha district. Source: Nepal Police

धनुषाको महेन्द्रनगर बजारमा एक घर बाहिर पोलमा राखिएको बम विष्फोट हुँदा दुई जनाको घटनास्थलमै र प्रहरी अधिकारीको अस्पताल लगिने क्रममा मृत्यु र प्रमुख प्रतिष्पक्षी दल नेपाली कांग्रेसमा महाधिवेशनको मिति र विभिन्न विभाग गठनका बिषयलाई लिएर विवाद लगायत गए ७ दिनका प्रमुख समाचार यहाँ सुन्नुहोस्।


Published

By Gokarna Awasthi

Source: SBS


Share this with family and friends


धनुषाको महेन्द्रनगर बजारमा एक घर बाहिर पोलमा राखिएको बम विष्फोट हुँदा दुई जनाको घटनास्थलमै र प्रहरी अधिकारीको अस्पताल लगिने क्रममा मृत्यु र प्रमुख प्रतिष्पक्षी दल नेपाली कांग्रेसमा महाधिवेशनको मिति र विभिन्न विभाग गठनका बिषयलाई लिएर विवाद लगायत गए ७ दिनका प्रमुख समाचार यहाँ सुन्नुहोस्।


धनुषामा बम बिस्फोट हुदा इन्सपेक्टर सहित ३ को मृत्यु

धनुषाको छिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर)अमिर कुमार दाहालको पनि मृत्यु भएको छ।

कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु उपचारका क्रममा अस्पतालमा भएको हो ।

महेन्द्रनगर बजारको कुचाइ टोलमा राजेश साहको घर बाहिर पोलमा राखिएको बम गएराति विष्फोट हुँदा राजेश र उनको छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको थियो ।

साहको घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दाहाल नेतृत्वको टोली खटिएको थियो । त्यहाँ जम्मा भएको भिडभाड हटाउँदै गर्दा बम विष्फोट भएको थियो ।

Site of explosion in Dhanusha district that killed 3 people including a police officer.
Site of explosion in Dhanusha district that killed 3 people including a police officer. Source: BBC

साग बिजेतालाई सरकारी प्रोत्साहन

सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीहरुलाई ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीहरुलाई बुधबार बालुवाटारमा बोलाएर पुरस्कार घोषणा गरेका हुन् ।

घोषणा अनुसार स्वर्ण विजेता खेलाडीले ९ लाख रुपैयाँ पाउनेछन् । एक भन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिइनेछ ।

१३ औं सागमा पौडीकी गौरिका सिंहले चार स्वर्ण जितेकी छन् भने कराँतेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले दुई स्वर्ण जितेका छन् ।

पदक जितेपछि आफुले नेपालमा निक्कै सम्मान पाइरहेको गौरिका सिंहले प्रतिक्रिया दिएकि छिन ।

यस्तै टिम इभेन्टमा स्वर्ण जित्ने टोलीका हरेक सदस्यलाई ५ लाख रुपैयाँ दिइने प्रधानमन्त्रीले बताए ।

Nepal's gold medal winner at 2019 South Asian Games in Nepal.
Nepal's gold medal winner at 2019 South Asian Games in Nepal. Source: SAG 2019

टिम इभेन्टतर्फ नेपालले पुरुष फुटबल, तेक्वान्दोको पुम्से र कराँतेको काता र गल्फ टिममा नेपालले स्पर्ण पदक जितेको छ । स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकहरुले पनि जनही ५ लाख रुपैयाँ पाउनेछन् ।

यस्तै सागमा रजत जित्नेले ६ लाख र कांस्य जित्नेलाई ३ लाख पाउने भएका छन् । तर टिम इभेन्टमा रजत र कांस्य जित्ने खेलाडीहरुले कति पाउँछन् भन्ने खुलाइएको छैन ।

नेपालले महिला भलिबल, कबड्डीलगायतका टिम इभेन्टमा रजत र कांस्य जितेको छ ।

साथै पदक जित्ने टिमका म्यानेजर र अन्य सहयोगीले पाउने रकम पनि खुलाइएको छैन । राष्ट्रिय खेलकुद परिषदका अनुसार पुरस्कारसम्बन्धी कार्य्विधि मन्त्रिपरिषदले पारित गरेपछि यसबारे प्रष्ट हुने जानकारी दिए ।

पुरस्कार राशी कम भएको भन्दै केहिले आलोचना समेत गरिरहेको सन्दर्भमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सक्दो सम्मान दिएको प्रतिक्रिया दिएका छन ।

काठमाडौंमा मंगलबार सकिएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो । यसअघि सरकारले स्वर्ण पदक जित्ने खेलाडीलाई ५ लाख, रजत जित्नेलाई ३ लाख र कांस्य जित्नेलाई २ लाख रुपैयाँ पुरस्कार दिँदै आएको थियो । यो पटक भने पुरस्कार रकम झण्डै दोब्बर भएको छ ।

उपसभामुखले राजिनामा दिनेः प्रवक्ता बास्कोटा

सरकारका प्रवक्ता एवं संचार एवं सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पार्टीले भनेपछि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा गर्ने बताएका छन् ।

सभामुख हुने भएपछि मात्र राजीनामा दिने भनेर तुम्बाहाम्फेले बताइरहेका बेला नेकपा नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटाले पार्टीले दिएको जिम्मेवारीमा रहेकाहरुले पार्टीले भनेपछि राजिनामा दिनुपर्ने बताए ।

सञ्चार मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले अहिलेसम्म उपसभामुखले राजीनामा दिन्छु वा दिन्न नभनेको र पार्टीले पनि निर्णय नगरेको बताए ।

पार्टीले विभिन्न जिम्मेवारीमा पठाएकाहरुले पार्टीले भनेपछि राजीनामा दिनुपर्ने उनको भनाइ छ ।

‘सभामुख, उपसभामुख, मुख्यमन्त्री, मन्त्री सबैलाई पार्टीले त्यो जिम्मेवारीमा पठाएको हो । पार्टीले फिर्ता हुनु भनेपछि हामी सबैले मान्नुपर्छ । जहाँसम्म उपसभामुखको कुरा छ उहाँले दिन्छु दिन्न भन्नुभएको छैन । पार्टीले निर्णय गरेपछि उहाँले मानिहाल्नुहुन्छ,’ मन्त्री बास्कोटाले भने ।

Nepal deputy speaker Shivamaya Tumbahangphe
Nepal deputy speaker Shivamaya Tumbahangphe Source: Facebook

बलात्कार प्रयासको अभियोग लागेर निवर्तमान सभाभुख कृष्ण बहादुर महरा हिरासतमा गएपछि सभामुखको खोजी भइरहेको छ । उप सभामुख तुम्बाहाम्फेले आपूm राजिनामा नदिने वताउदै आएकी छिन ।

तर संवैधानिक व्यवस्था अनुसार सभामुख र उप सभामुख एकै पार्टिको हुन पाइदैन ।

अब नेकपाले उप सभामुख तुम्बाहाम्फेलाई नै सभामुख बनाउन पनि सक्छ । तर त्यसको सम्भावना निक्कै कम देखिन्छ । संविधानसभाका अध्यक्ष सुवास नेम्बांग सभामुख हुने सम्भावना बलियो छ ।

पुर्व माओवादी पक्षबाट अग्नी सापकोटाले पनि उक्त पदमा दावी गरिरहेका छन ।

कांग्रेसमा महाधिवेशनलाई लिएर विवाद चुलियो

प्रमुख प्रतिष्पक्षी दल नेपाली कांग्रेसमा महाधिवेशनको मिति र विभिन्न विभाग गठनका बिषयलाई लिएर विवाद चुलिएको छ ।

पार्टि सभापति शेर बहादुर देउवाले महाधिवेशन पर धकेलेर विभागको संख्या बढाउन खोजेको भन्दै राम चन्द्र पौडेल पक्ष रुष्ट बनेको छ ।

कांग्रेसभित्र देउवा, पौडेल र कृष्ण प्रसाद सिटौलाले नेतृत्व गर्ने ३ गुट छन । यी गुटहरुबीच विवाद भइरहन्छ ।

पार्टीको केन्द्रीय कार्यसतितिको बैठक बहिस्कार गरेका वरिष्ठ नेता पौडेललाई भेट्न कांग्रेसका सभापति देउवा उनकै निवास पुगेका थिए । तर पौडेलले १४औं महाधिवेशनको कार्यतालिका पहिलो शर्त भएको भन्दै अरु कुरा वार्ता समितिसँगै गर्न भनेर पठाएका छन् ।

पौडेल समूहले बिहीबार केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेको थियो, जुन बैठकमा केन्द्रीय विभागहरु थप्र्ने, नेवि संघको म्याद ६ महिना लम्ब्याउने लगायतका प्रस्ताव पेश भएको थियो ।

त्यसको भोलिपल्ट शुक्रबार चाक्सीबारीमा बसेको बैठकले महाधिवेशनको कार्यतालिकाको अडान नछाड्ने निर्णय गर्दै प्रकाशमान सिंहको नेतृत्वमा वार्ता समिति बनाएको छ । सिंह पौडेल समूहमा छन ।

Nepali Congress leader Sher Bahadur Deuba during an election campaign event
Nepali Congress leader Sher Bahadur Deuba during an election campaign event. Source: Facebook

शनिबार सभापति देउवा उपसभापति विमलेन्द्र निधिलाई लिएर पौडेल निवास बोहोराटार पुगेका थिए ।

भेटमा देउवाले विभाग गठन र तरुण दलको म्याद थपका लागि सहयोग गर्न आग्रह गरेका थिए । महाधिवेशनको कार्यतालिका बनाउन केन्द्रीय समितिको म्याद थप पनि गर्नुपर्ने देउवाको भनाइ थियो ।

तर वरिष्ठ नेता पौडेलले महाधिवेशनको कार्यतालिका पहिलो शर्त भएको जवाफ दिएका छन् । ‘महाधिवेशनको कार्यतालिका राखेर अन्य समस्याहरु सुल्झाएर जानुपर्छ’ नेता पौडेलले भने ।

उनले अरु विषयमा आफूसँग नभई वार्ता समितिसँग सम्वाद गर्न आग्रह गरेका छन् । पौडेल समूहले प्रकाशमान सिंह र हृदयराम थानी रहेको वार्ता समिति बनाएको छ भने सभापति देउवाले उपसभापति विमलेन्द्र निधिलाई जिम्मा दिएका छन् ।

कालापानीमा सुरक्षाकर्मी बढाइने

मुलुकको उत्तरपश्चिम सिमा क्षेत्र कालापानीमा सुरक्षकर्मी बढाउने तयारी सरकारले गरेको छ । उक्त जानकारी गृहमन्त्री राम बहादुर थापाले दिएका हुन ।

गृहमन्त्री थापाले भारतले नेपालको कालापानीमा भारतले सुरक्षा विस्तार गरेको सूचना सरकारलाई प्राप्त भएको र नेपालले पनि बढाउने बताएका हुन ।

प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध समितिमा मन्त्री थापाले भारतले सीमा सुरक्षा बल (एसएसबी)सँगै गोर्खा राइफल्स (जिआर) समेत परिचालन गरेको बताए ।

’भारतको तर्फबाट उनीहरुले आफ्नो उपस्थिति अझ विस्तार गरिराखेका छन’, थापाले समितिमा भने, ’एसएसबी मात्र होइन उनीहरुले गोर्खा राइफल्स पनि त्यहाँ राखेका छन् ।’

थापाले सरकारसँग भारतीय सुरक्षा तैनाथीबारे विस्तृत विवरण रहेको दावी गरे । उनले भारतले आउटपोस्ट पनि राखेका कारण सरकारले काउन्टरमा पोस्ट राख्ने योजना बनाएको बताए ।

दार्चुलामा ४ हजारको संख्यामा सशस्त्र प्रहरीको गुल्म रहेको उनीहरुलाई सात ठाउँमा खटाउन लागिएको मन्त्री थापाले वताए । उनले कालापानी क्षेत्रमा पुग्न नेपालको बाटो नभएकोले धेरै समस्या भएको बताए । उनले सरकारले सीमा सुरक्षा पोस्ट बढाउने र सशस्त्र प्रहरीको दरबन्दी वृद्धि गर्न लागेको पनि वताए ।

Home minister Ram Bahadur Thapa answering question from Nepali Congress MP in Parliament.
Home minister Ram Bahadur Thapa answering question from Nepali Congress MP in Parliament. Source: RSS

नेपालमै गाडि उत्पादन गर्न सम्झौता

नेपालमै चारपांग्रे सवारी साधन उत्पादनका लागि लगानी बोर्ड र कोरियाली कम्पनी मोट्रेक्सबीच सम्झौता भएको छ ।

बोर्डले मोट्रेक्ससँग गाडी एसेम्बल प्लान्ट स्थापनाका लागि परियोजना लगानी सम्झौता गरेको हो । बुधबार आयोजित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र मोट्रेक्सका प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

सन् २००१ मा कोरियामा स्थापना भएको मोट्रेक्स कम्पनीले नेपालमा १० अर्ब ५४ करोड रुपैयाँ लगानी गर्ने बोर्ड कार्यालयले जनाएको छ ।

सरकारले गत चैतमा कोरियाली कम्पनीको लगानी स्वीकृत पाएको थियो । तर उसका विभिन्न शर्तका कारण सम्झौता हुन सकेको थिएन । बोर्डका अनुसार कोरियाली कम्पनीलाई गाडी एसेम्बल गर्न लागि रूपन्देहीमा जग्गा उपलब्ध गराउने तयारी छ ।

कोरियाली कम्पनीले बोर्डमा पेस गरेको प्रस्तावमा पहिलो वर्ष ५ हजार, दोस्रो वर्ष १० र तेस्रो वर्ष १५ हजार थान सवारी एसेम्बल गर्ने उल्लेख छ ।

अबको १८ महिनामा उद्योग स्थापना गरिसक्ने उसको योजना छ । मुख्यगरी कार, ठूला सवारी साधन उत्पादन गर्ने उसको प्रस्ताव हो । विद्युतीय सवारीलाई बढी प्राथमिकता दिने उसको प्रतिबद्धता रहेको बोर्ड कार्यालयले जनाएको छ ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now