Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सङ्घीय चुनाव २०२२ः बहुमतको सरकार नबन्ने सम्भावना कत्तिको छ त?

Australian Opposition Leader Anthony Albanese speaks to the media clarifying an earlier answer after attending the Easter Sunday mass at St. Monicas on Day 7 of the 2022 federal election campaign, in Cairns, Sunday, April 17, 2022. (AAP Image/Lukas Coch)

Australian Opposition Leader Anthony Albanese speaks to the media. Cairns, Sunday, April 17, 2022. (AAP Image/Lukas Coch) NO ARCHIVING Source: AAP

चुनावी पूर्व नतिजाहरूले कुनै एक दलको बहुमत आउन नसक्ने अवस्था अर्थात् हंङ्ग पार्लियामेन्टको अवस्थालाई पनि औल्याईरहेका छन्।


Published

Updated

Source: SBS



Share this with family and friends


चुनावी पूर्व नतिजाहरूले कुनै एक दलको बहुमत आउन नसक्ने अवस्था अर्थात् हंङ्ग पार्लियामेन्टको अवस्थालाई पनि औल्याईरहेका छन्।


वेर्स्टन अस्ट्रेलियामा लिबरलको चुनावी प्रचारमा पहिलोपटक प्रधानमन्त्री सहभागी भएका छन्।

राज्यका तीन सिट लिबरलका लागि चुनौतीपूर्ण र हातबाट गुम्ने हो कि भन्ने डरका बिच प्रधानमन्त्री पर्थ पुगेका हुन्।

हाल आदिवासी मामिला मन्त्री केन वाटको हातमा रहेको ह्यासलकको सिट पनि लिबरलका चुनौती बन्ने हो कि भन्ने देखिएको छ।

यता लेबरले पनि उक्त सिटलाई हात पार्न कोसिस गरिरहेको छ।

यद्यपि पूर्व चुनावी नतिजाहरूले भने दुवै दलका लागि उक्त क्षेत्र बलियो प्रतिस्पर्धाको मैदान बन्ने देखाउँछ।

जसको परिणाम दुबैदलका नेताहरू अल्पमतको सरकार गठनका लागि स्वतन्त्र उम्मेदवार र विपक्षीसँग वार्ताको टेबुलमा आउन बाध्य हुन सक्ने बताइन्छ।

रिपोर्ट सुन्नुहोस् सङ्घीय चुनाव २०२२ः बहुमतको सरकार नबन्ने सम्भावना कत्तिको छ त? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यद्यपि यो कुराको सम्भावनालाई पर्थबाट स्कट मोरिसनले अस्वीकार गरेका छन्।

“स्वतन्त्रहरुसँग म कुनै पनि सम्झौता गर्दिन, आज गरिएको सम्झौताले तीन बर्से अस्थिर र अनिश्चित सांसद बन्ने छ, त्यस्तो किसिमको स्थिर र नेतृत्व देशले खोजेको होइन,” उनले भने।

उता क्वीन्सल्याण्डबाट लेबरका नेता एन्थनी अल्बानीजीको पनि यस्तै किसिमको तर्क सुनिएको छ।

“स्वतन्त्र र क्रस बेन्चरहरुसंग कुनै पनि किसिमको सम्झौता हुनेछैन, आफ्नै अधिकारमा सरकार बनाउन सक्ने प्रधानमन्त्रीको दौडमा रहेको म एक्लो मान्छे हु,” अल्बानीजीले भने।

तर यी तर्कहरुकाबीच पनि त्यसको सम्भावना नटरेको बताइन्छ।

"विभाजनको राजनीतिलाई चाहनेहरू पार्टीको हितमा हुँदैनन्।"

पछिल्लो न्यूजपोलले दुवै प्रमुख दलले ४० प्रतिशत भन्दा कम प्राथमिक भोट पाउन सक्ने देखाउँछ।

जसको परिणाम हंङ्ग पार्लियामेन्ट अर्थात् कसैले पनि बहुमत प्राप्त नगरेको अवस्थाको सिर्जना हुने हो कि भन्ने सम्भावना पनि बढ्दै गएको छ।

यो सँगै लिबरल दलको वारिंगा उम्मेदवार क्याथरिन डेभ्सलाई लिएर पनि असन्तुष्टिका आवाजहरु सुनिन थालेका छन्।

"स्वतन्त्रहरुसँग म कुनै पनि सम्झौता गर्दिन, आज गरिएको सम्झौताले तीन बर्से अस्थिर र अनिश्चित सांसद बन्ने छ, त्यस्तो किसिमको स्थिर र नेतृत्व देशले खोजेको होइन।"

हाल स्वतन्त्र उम्मेदवार जाली स्टीगलको साथमा रहेको सिड्नीको वारिंगाको एक सिटका लागि प्रधानमन्त्रीको छनौट भित्र परेकी क्याथरिन डेभीसको पक्षमा प्रधानमन्त्रीले आफ्नो अडानलाई यथावत् नै राखेका छन्।

“म उनलाई कसैले धकेलेर छेउमा पुर्‍याउन दिने छैन, म उनको साथमा खडा हुनेछु, मेरो टोली उनको साथमा खडा छ,” प्रधानमन्त्रीले भने।

यद्यपि न्यु साउथ वेल्सको लिबरलबाटै उनी प्रति असन्तुष्टि जताइएका छन्।

“मलाई लाग्दैन की विभाजनको राजनीतिलाई चाहनेहरू पार्टीको हितमा हुँदैनन्,” एबीसीसंगको कुराकानीमा उनले भने।

विपक्षी नेता एन्थनी अबलानीजीले यसप्रति आफ्नो चासो रहेको बताए।

चुनावी अभियानका क्रममा अन्य धेरै मुद्दामा दलहरूबिच आरोप प्रत्यारोप चलिरहेको छ।

Prime Minister Scott Morrison (L) and Opposition leader Anthony Albanese on on Day 8 of the 2022 federal election campaign.
Prime Minister Scott Morrison (L) and Opposition leader Anthony Albanese on on Day 8 of the 2022 federal election campaign. Source: AAP

विशेष गरी लेबरको ऊर्जा नीति र वेलफेयर कार्डका विषयमा पनि दलहरूबिच खिचातानी र आरोपहरू चलिरहेका छन्।

विपक्षी दलका ट्रेजररीका प्रवक्ता जिम चाल्मर्सले लेबरको ऊर्जा योजनाका कारण सर्वसाधारणलाई महँगो पर्ने भन्ने मोडलहरू पत्रपत्रिका मार्फत सार्वजनिक गरेर मानिसहरूलाई मूर्ख बनाउन खोजिएको भन्दै ऊर्जा मन्त्री एङ्गस टेर्लसको आलोचना गरेका छन्।

यसै गरी लेबरले पनि सन् २०२० को सामाजिक सेवा मन्त्रीको एक भनाइलाई उद्धृत गदै पेन्सनरहरुलाई नगदरहित कार्डमा जबरजस्ती सामेल गर्न लागिएको बताउँदै आएको छ।

जबकि प्रधानमन्त्री स्कट मोरीसन लेबरले जानी जानी पेन्सनरहरुलाई डर देखाउनमा लागि परेको आरोप लगाएका छन्।

चुनावी अभियानभर दलहरूबाट आ–आफ्ना योजना र आरोप प्रत्यारोपको सिलसिला जारी राख्ने अपेक्षा गर्न सकिन्छ।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now