नयाँ सरकार चयन गर्न लाखौँ अस्ट्रेलियालीहरूले मे २१ तारिखमा भोट हाल्न पाउने निश्चित भएको छ।
प्रधानमन्त्री मोरिसनले संसद विघटन गर्न र निर्वाचन आदेश दिनका लागि गभर्नर-जेनेरललाई भेट्न आइतबार बिहान सिड्नीबाट क्यानबेरा उडानमार्फत पुगेका थिए।
यो आउँदो सङ्घीय निर्वाचन प्रतिनिधि सभाका सबै १५१ मतदाता र सिनेटका ४० सिटका लागि हुने छ।
हाल वर्तमानमा गठबन्धनको ७६ सिट छ भने, विपक्षी लेबर दलको ६८. ग्रीन्सको १ र तीन जना स्वतन्त्र सांसदहरू छन्।

सन् २०१३ देखि सत्तामा रहेको वर्तमान गठबन्धनमा टोनी एबट, म्यालकम टर्न्बुल र स्कट मोरिसन प्रधानमन्त्री रहेका छन्।
मन्त्री मोरिसनले सन् २००४ मा जोन हावर्डले जस्तै लगातार दुई पटक चुनाव जित्ने पहिलो वर्तमान प्रधानमन्त्री बन्ने लक्ष्य राखेका छन्।
सन् २०१९ मा बिल शर्टनको हार पछि विपक्षी दलका नेता बनेका एन्थनी अल्बनिजीले लेबरका जीत हासिल गरी अस्ट्रेलियाको ४७औँ संसदको ३१औँ प्रधानमन्त्री बन्ने उद्देश्य लिएका छन्।

लेबर सन् २०२१ को मे महिनादेखि नै दुई-पार्टीले रुचाएको ५५ प्रतिशत मतका साथ चुनावमा अगाडी रहेको छ।
अहिले गठबन्धनसँग तल्लो सदनका ७६ सिट छन् भने, भिक्टोरियाको हकमा जित हासिल गरेमा लेबरसँग ६९ सिट हुने छन्।





