अप्रिल चारमा छापिएको अस्ट्रेलियाली अखबारको पछिल्लो न्युजपोल रिर्पोटमा यस पटकको चुनावमा गठबन्धनको तुलनामा लेबर अगाडी रहने देखिएको छ।
यसै गरी प्रधानमन्त्रीका रूपमा हालका प्रधानमन्त्री स्कट मोरिसन र विपक्षी दलका नेता एन्थोनि अल्बानीजीकाबीचमा बलियो प्रतिस्पर्धा हुने न्युज पोलले देखाउँछ।
जस अन्तर्गत मोरिसन अल्बानेजी भन्दा केवल एक प्रतिशत मतका साथ मात्र अघि देखिएका छन्। अल्बानेजीको मत ४२ प्रतिशत छ भने मोरिसनको ४३ प्रतिशत देखिएको छ।
Advertisement
यी प्रि-पोलहरूले कुन दलले जित हासिल गर्छ भनेर कत्तिको यकिनका साथ भन्न सक्छन् त?
फिल्न्र्डर्स विश्वविद्यालय अन्तर्गतको पोलिटिक्स एन्ड गर्भमेन्ट विषयका सहप्राध्यापक हेडन मानिङ्गस भन्छन् कि निर्वाचन अघि हुने यस्ता प्रि-पोलहरूले अहिले कै अवस्थामा निर्वाचन हुने हो भने लेबरले जित्ने सुझाव दिन्छ।
तर यसले सम्पूर्ण कथा भने नभन्ने उनको भनाई छ।
“यी पोलहरूका अनुसार लेबरका नेता एन्थोनि अल्बानीजीले चुनाव हार्ने देखाउँछ, र यो कुरा पनि ध्यानमा राख्नुपर्छ कि गएको चुनावमा पनि बिल सर्टनका लागि यस्तै अवस्था देखिएको थियो, तर पोलहरूमा सहज र स्पष्ट रूपमा लेबर अगाडी देखिएको छ,” उनले भने।
“तर पहिलाका दृष्टान्तलाई हेर्ने हो भने सरकार पुनः सत्तामा आएका उदाहरणहरू पनि छन् बजेट भाषण पछि, बजेट धेरै भोटरहरूका लागि मन जित्ने कारण बन्न सक्छ।”
यता अस्ट्रेलियन नेशनल युनिभर्सिटीका इतिहास विषयका प्राध्यापक फ्रयान्क बोन्गिर्योनो यस वर्षको चुनावमा विजेताका बारेमा भविष्यवाणी गर्न टिप्पणीकारहरू सतर्क रहनुका केही कारणहरू रहेको बताउँछन्।
रिपोर्ट सुन्नुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न ।
LISTEN TO
सङ्घीय निर्वाचनको मिति सार्वजनिक नभएको भए तापनि मे महिनाका ७, १४ वा २१ तारिखलाईलाई सम्भावित चुनावी मितिका रूपमा हेरिएको छ।
SBS Nepali
05/04/202206:34
“यस पटक मतदाताहरूको धेरै भिन्न प्रकृतिले एक प्रकारको हिचकिचाहट देखिएको छ, एक अर्थमा सरकार अलोकप्रिय छ, र लेबरले आफूलाई उठाउँदै गरेको देखिन्छ, भिन्न भिन्न राज्यहरूमा स्थिति फरक छ,” उनले भने।
क्वीन्सल्याण्डले प्रतिनिधिसभाको १५१ सिट मध्ये ३० सिट बनाएको अवस्थामा लेबरले बहुमत प्राप्त गर्न राज्यमा गम्भीर रूपमा सफल हुनु पर्ने फ्रयान्क बोन्गिर्योनोको धारणा छ।
कुन प्रधानमन्त्री राम्रो भन्ने बारेमा कुरा गर्दा चाहिँ क्वीन्सल्याण्ड विश्वविद्यालय वरिष्ठ लेक्चररका रूपमा कार्यरत डाक्टर ग्लेन केफर्ड भन्छन् कि यस अघिका निर्वाचनमा प्रधानमन्त्रीका विषयमा अलि बढी नै चासो हुने गरे पनि यस पटक विविध कारणले अवस्था त्यस्तो नभएको बताउँछन्।
अहिलेको अवस्थामा प्रत्येक नेताको चरित्रले विशेष भूमिका राख्दछ र अल्बानेजी र मोरिसन दुबैले विभिन्न आरोपहरूको जवाफ दिन दबाबको सामना गरिरहेका छन्।
मार्चमा लेबरका सिनेटर किम्बर्ली किचीङ्गको मृत्यु पछि उनलाई सहकर्मीहरू पेनी योङ्ग, क्रिस्टीना केनली, केटी गलुहबाट दुर्व्यवहार भएको आरोप लाग्यो, यद्यपि उनीहरूले यसलाई अस्वीकार गरेका छन्।
Australian Prime Minister Scott Morrison reacts during House of Representatives Question Time at Parliament House in Canberra Source: AAP
मोरिसनले उक्त समयमा अल्बानीजी माथि आरोपहरू उचित सम्बोधन नगरेको भन्दै आलोचना गरेका थिए।
तर भर्खरै पनि प्रधानमन्त्री स्कट मोरिसनकै विरुद्ध पनि लिबरल सिनेटरले आरोपको वर्षा गराएकी छन्।
सिनेटर कोनचिता फिएराभान्टीले भाषणका क्रममा आफू माथि प्रधानमन्त्रीले धम्की दिएको आरोप लगाएकी थिइन्।
यसै गरी स्वतन्त्र सांसद ज्याकी लाम्बि र वान नेशनका सिनेटर पाउलिन ह्यान्सनले प्रधानमन्त्रीले धम्की दिएको भन्ने कुरामा समर्थन जनाएका थिए ।
यद्यपि प्रधानमन्त्रीले यसलाई अस्वीकार गदै आइरहेका छन्।
सन् २००७ को चुनावमा पनि आफ्ना प्रतिद्धन्द्धीको 'लेबनिज पुष्ठभुमी'लाई नकारात्मक टिप्पणी गरेको आरोप उनी माथि लागेको छ। र यसलाई पनि प्रधानमन्त्रीले अस्वीकार गदै आइरहेका छन्।
एशोसिएट प्रोफेसर म्यानिङ्ग भन्छन् कि यस पटकको चुनावी अभियानमा नेताहरूको चरित्र मुख्य मुद्दाका रूपमा रहनेछ।
यसै गरी यस पटकको निर्वाचनमा भित्री सहरी क्षेत्र र बाहिरी उप-महानगरहरूमा बस्ने मानिसहरूका लागि मौसम परिवर्तनको मुद्दा पनि प्रमुख चिन्ताको विषय बन्ने देखिएको छ।
म्यानिङ्ग भन्छन् कि लिबरल र स्वतन्त्र उम्मेदवारहरूले जलवायु परिवर्तनको मुद्दालाई पनि मुख्य केन्द्रमा राखेर चुनावी अभियानहरू सञ्चालन गर्नेछन्।
यो सँगै धेरै मानिसहरूले पुरानो शैलिकोे हुलाक मार्फत गरिने मतदानको प्रयोग गर्ने भएकाले दलहरूले आफ्ना नीतिहरू कति छिटो निर्धारण गर्छन् भन्ने कुरामा धेरै कुरा निर्भर हुने म्यानिङ्ग बताउँछन्।
Boxes of information, ready for polling booths are seen at an Australian Electoral Commission warehouse in Queanbeyan Source: AAP
यसै गरी डाक्टर ग्लेन केफर्डको बुझाइमा ब्रिट्नी हिगीन्सको सांसद भवन भित्र हुने घिनलाग्दा कर्म र दुव्र्यवहारहरुको खुलासा, यसै गरी महामारी, डँडेलो र बाढी जस्ता कुराहरूले पनि चुनावमा असर पुर्याउनेछ।
केही टिप्पणीकारले भने सङ्घीय चुनावमा 'हंङ्ग पार्लियामेन्ट' अर्थात् कसैले पनि बहुमतका सिटहरू प्राप्त गर्न नसक्ने अवस्था आउन सक्ने सम्भावनाका बारेमा पनि चर्चा गर्छन।
यो परिदृश्य पछिल्लो पटक सन् २०१० मा जुलीया गिर्लाड प्रधानमन्त्री हुँदा देखिएको थियो।
प्रोफेसर बोन्गिर्योनाका बुझाइमा स्वतन्त्र उम्मेदवार र साना दलहरूको भोट वृद्धिको सम्भावना रहँदा यस्तो अवस्थाको सिर्जना हुन सक्छ।