Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्ट्रेलियामा बसोबास: निर्वाचनमा भोट हाल्न आफ्नो नाम कसरी दर्ता गर्ने?

Voting Centre

सङ्घीय निर्वाचन मे महिना भित्र हुने सम्भावना रहेको बताइएको छ। भोट हाल्दै हुनुहुन्छ भने तपाईँले केही कुराहरूको बारेमा ध्यान दिनु पर्छ।


Published

Updated

By Melissa Compagnoni

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


सङ्घीय निर्वाचन मे महिना भित्र हुने सम्भावना रहेको बताइएको छ। भोट हाल्दै हुनुहुन्छ भने तपाईँले केही कुराहरूको बारेमा ध्यान दिनु पर्छ।



मुख्य बुँदाहरू

  • भोट हाल्नको लागि तपाईँ एक अस्ट्रेलियाली नागरिक हुनुका साथै कम्तीमा पनि १८ वर्षको हुनु पर्छ।
  • तपाईँले अनलाइन दर्ता गर्न सक्नुहुन्छ या कागजमा फारम पनि भर्न सक्नु हुन्छ।
  • अस्ट्रेलियन इलेक्टोरल कमिसनको (एईसी) वेबसाइटमा सरल अङ्ग्रेजी र अन्य विभिन्न भाषामा जानकारी उपलब्ध छ।

सङ्घीय निर्वाचन भनेको अस्ट्रेलियाको अर्को सरकार चयन गर्नका लागि मतदान गरेर आफ्नो भनाइ राख्ने अवसर हो।

भोट हाल्न आफ्नो नाम दर्ता गर्ने तरिकाको बारेमा यहाँ सुन्नुहोस्: अस्ट्रेलियामा बसोबास: निर्वाचनमा भोट हाल्न आफ्नो नाम कसरी दर्ता गर्ने? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

के म दर्ता गर्न योग्य छु?

धेरैजसो अस्ट्रेलियालीका भोट हाल्न अनिवार्य भए तापनि, तपाईँले पहिला आफू मतदान गर्न योग्य छ कि छैन भनेर बुझ्नु पर्छ। 

"१८ वर्ष या त्यसभन्दा बढी उमेर भएका हरेक अस्ट्रेलियाली नागरिक दर्ता गरेर भोट हाल्न योग्य हुन्छन्," एईसीका प्रवक्ता इभान एकिन-स्मिथले बताए। 

"तर भोट हाल्न तपाईँले पहिला दर्ता गर्नु पर्छ।"

एईसीका अनुसार यसपालिको चुनावका लागि करिब चार लाख नयाँ अस्ट्रेलियाली नागरिकहरूले भोट हाल्नलाई दर्ता गरेका छन्।

Image

मैले कहिले दर्ता गर्नुपर्छ?

"हामी सबै नयाँ अस्ट्रेलियालीहरूलाई योग्य हुने बित्तिकै दर्ता गर्ने सुझाव दिन्छौँ, ताकि उनीहरूले अस्ट्रेलियाको भविष्यमा आफ्नो हात राख्न सकुन्," फेडरेशन अफ एथनिक कम्युनिटीज काउन्सिल अफ अस्ट्रेलियाका (फेक्का) प्रमुख कार्यकारी अधिकृत मोहम्मद अल-खफाजीले बताउँछन्। 

सामान्यतया, निर्वाचनको मिति घोषणा भएको एक हप्ता भित्र आफ्नो नाम दर्ता गरी सक्नुपर्छ। यदि तपाईँले पहिलै दर्ता गरी सक्नु भएको छ तर आफ्नो विवरणमा की परिवर्तन गर्नु छ भने, त्यो हप्ता सोही एक हप्ता भित्र गरी सक्नु पर्दछ। 

"तर तपाईँले निर्वाचनको मिति घोषणाको लागि पर्खनु पर्दैन," एकिन-स्मिथले बताए। 

"तपाईँले अहिल्यै दर्ता गर्न सक्नुहुन्छ।"

मैले कसरी दर्ता गर्न सक्छु?

तपाईँले एउटा साधारण अनलाइन फारम भरेर भोट हाल्नको लागि आफ्नो नाम दर्ता गर्न सक्नुहुन्छ। यो तपाईँले आफ्नो स्मार्टफोनबाट पनि गर्न सक्नुहुन्छ। 

aec.gov.au मा हेर्नुहोस् । 

यदि तपाईँ कागजमा फारम भरेर दर्ता गर्न चाहनुहुन्छ भने, फारमहरू एईसीका कुनै पनि कार्यालयमा उपलब्ध छन्। या तपाईँले ती फारम आफ्नो घरमै मगाउनका लागि १३ २३ २६ मा फोन गर्न सक्नुहुन्छ। 

दर्ता प्रक्रियाको लागि तपाईँलाई आफ्नो अस्ट्रेलियाली राहदानी या सवारी चालक इजाजत पत्र या नागरिकताको प्रमाणपत्र चाहिन्छ। 

यदि तपाईँसँग यी मध्य कुनै पनि पहिचान पत्र छैन, या त्यो हराएको छ भने, फेरी पाउनका लागि तपाईँले पहिला नै आवेदन दिनु पर्ने हुन्छ। 

यसरी फेरी बनाउनु परेमा कति समय लाग्छ भन्ने प्रत्येक राज्य तथा प्रदेशमा फरक हुन सक्छ, र कहिलेकाहीँ चार हप्तासम्म लाग्न सक्छ।

Ballot box
Source: AEC

के मैले हरेक निर्वाचनमा आफ्नो नाम दर्ता गर्नुपर्छ?

एक पटक तपाईँको नाम मतदाता नामावलीमा दर्ता भए पछि, तपाईँले भविष्यमा कुनै पनि सङ्घीय, राज्य तथा प्रादेशिक या स्थानीय निर्वाचनमा भोट हाल्न सक्नु हुन्छ। 

त्यसैले आफ्नो विवरण परिवर्तन भएमा अद्यावधिक राख्न आवश्यक छ। 

आफ्नो सबै विवरण सही छ भनेर सुनिश्चित गर्नको लागि तपाईँसँग निर्वाचनको मिति घोषणा पछि एक हप्ताको समय हुने एकिन स्मिथले बताए।

"तपाईँको विवरण परिवर्तन भएको हामीलाई थाहा भयो भने हामीले रिमाइन्डरहरू पठाउँछौँ - जस्तै, तपाईँले घर सर्नु भयो भने। तर आफू घर सरेमा, या नाम परिवर्तन भएमा, तपाईँले आफ्नो विवरणमा त्यो परिवर्तन गर्न आवश्यक छ।"

यसरी केही परिवर्तन गर्नु परेमा  aec.gov.au वेबसाइट मार्फत गर्न सक्नुहुन्छ। 

आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन भनेर थाहा पाउनलाई aec.gov.au/check वेबसाइटमा हेर्नुहोस्, या १३ २३ २६ मा फोन गर्नुहोस्।

तपाईँलाई दर्ता गर्न सहयोग गर्ने श्रोत साधनहरू

पहिलो पटक भोट हाल्ने मानिसहरूलाई कुनै किसिमको भाषिक या सांस्कृतिक अवरोध भएमा एईसी र अस्ट्रेलिया भर रहेका सहयोग सेवाहरूले मद्दत गर्दछन्। 

"हामीले यो बुझ्न जरुरी छ कि, केही मानिसहरू भोट नै हाल्न नपाउने देशहरूबाट आएका हुन्छन्," अल-खफाजीले बताए। 

"त्यसैले उनीहरूको लागि यो एक मानसिकता परिवर्तन हो। हामीले यो सुनिश्चित गर्न आवश्यक छ कि मानिसहरूले विश्वस्त भई कुनै धम्की बिना भोट हाल्न पाउनु पर्छ, र उनीहरूको भोट गनिनु पर्छ।"

एईसीको वेबसाइटमा कसले भोट गर्न पाउँछन् र मतदाता नामावलीमा आफ्नो नाम कसरी दर्ता गर्ने भन्ने विषयमा तपाईँको भाषामा जानकारी उपलब्ध छन्। दोभाषे टेलिफोन सेवा पनि उपलब्ध छ।
Senate and house of representatives ballot box
Source: AEC

यसको साथसाथै, एईसीको वेबसाइटमा सरल अङ्ग्रेजी भाषामा चित्रहरूसँग 'इजी रीड गाइडहरू' पनि रहेका छन्। 

मतदाता नामावलीमा आफ्नो नाम कसरी दर्ता गर्ने भनेर राम्ररी थाहा नभएका मानिसहरूलाई स्थानीय बहु सांस्कृतिक संस्थाहरूले पनि मद्दत गर्ने गर्दछन्। 

आइभी जुवो, माइग्रेन्ट रिसोर्स सेन्टर टास्मेनियामा (एमसीआर टास) सेटलमेन्ट सपोर्ट वर्करको रूपमा कार्यरत छिन्। 

"सहयोग प्रदान गर्न हामीसँग अङ्ग्रेजीसँगै अरू भाषा पनि बोल्ने कर्मचारीहरू छन्। प्राय: मानिसहरूले नागरिकता र भोट हाल्ने विषयमा मद्दत माग्छन्," जुवोले बताइन्।

"म भोट हाल्न योग्य छु कि छुइन?", "आफ्नो नाम कसरी दर्ता गर्ने?" र "के मैले भोट हाल्ने पर्छ?" जस्ता तपाईँका प्रश्नहरूको हाम्रा सेटलमेन्ट टोली र प्रशिक्षित स्वयंसेवकहरूले जवाफ दिन्छन्।

मानिसहरूले नाम दर्ता गर्ने बारे जानकारी आफ्नो भाषामा सुन्नका लागि एमसीआर टासको वेबसाइटमा साउन्ड क्लाउड मार्फत पनि जानकारी दिइएको छ।

मैले भोट हाल्न नाम दर्ता नगरे भने के हुन्छ?

भोट नहालेमा तपाईँले जरिमाना तिर्न पर्न सक्छ। भोट हाल्नु, अर्थात् मतदान गर्नु अनिवार्य हो।

यसको साथ साथै, भोट नहालेमा तपाईँले आफ्नो भनाइ राख्ने मौका गुमाउनु हुने छ। 

सन् २०२२ को सङ्घीय निर्वाचनको लागि समयमै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न aec.gov.au वेबसाइटमा हेर्नुहोस्। 

क्टोरल कमिसनको (एईसी) वेबसाइटमा सरल अङ्ग्रेजी र अन्य विभिन्न भाषामा जानकारी उपलब्ध छ।  



Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now