अस्ट्रेलियाको सबैभन्दा ठूलो आदिवासी सांस्कृतिक भेला हुने गार्मा महोत्सव, जहाँ हरेक वर्ष हजारौँ मानिसहरू नर्दन टेरेट्रीको सुदूर पूर्वोत्तर आर्ह्नम ल्यान्डमा भेला हुन्छन्। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामी गार्मा महोत्सवमा हुने गतिविधि, यसको उद्देश्य तथा सांस्कृतिक महत्त्वबारे चर्चा गर्दै छौँ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
नोट: अस्ट्रेलिया बुझ्नुहोस्को यो अङ्कमा मृत्यु भइसकेका आदिवासी र टोरेस स्ट्रेट द्विप समूहका मानिसहरूको नाम उल्लेख छ।





