Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा बसोबास: सुपरएन्नुएसनको बारेमा तपाईँलाई थाहा हुनु पर्ने कुराहरू

सुपरएन्नुएसन एक अनिवार्य बचत योजना हो। अस्ट्रेलियालीहरूले अवकाश पाएपछि प्रयोग गर्न सक्ने पैसा बचतका लागि मद्दत हुने गरी, यो योजना तयार गरिएको हो। तर केही विज्ञहरूले भने आप्रवासी कामदारहरूले आफ्नो सुपरमा ध्यान नदिए अनावश्यक शुल्कका कारण आफ्नो बचत गुमाउन सक्ने चेतावनी दिएका छन्।

NEPALI: Superannuation Explained

Superannuation is a mandatory savings scheme designed to help Australians save money that they can use in retirement. However, experts warn that migrant workers who do not pay attention to their super may be losing their savings to unnecessary fees and charges.

अस्ट्रेलियामा रोजगारदाताहरूले आफ्ना कर्मचारीहरूलाई दिने तलबको कम्तीमा पनि साँढे नौ प्रतिशत (जुलाई १ तारिखदेखि १० प्रतिशत) रकम सुपरका लागि छुट्टै निवृत्तिभरण कोषमा अनिवार्य जम्मा गरिदिनुपर्ने नियम छ।

प्रति महिना कर समेत गरेर कम्तीमा पनि ४५० डलर कमाउने सबै मानिसहरू - सुपरएन्नुएसन यानि रिटायर्ड भइसकेपछि उपयोग गर्न मिल्ने - उक्त बचत योजनाका लागि योग्य हुन्छन्।

यसका साथै वृद्धावस्थाका लागि कम करमा रकम बचत गर्ने सुपर एक प्रभावकारी माध्यम पनि हो।

र, विज्ञहरूका अनुसार केही विशेष कुराहरूमा ध्यान पुर्‍याउन सकिएको खण्डमा चाहिँ सुपरबाट थप फाइदाहरू प्राप्त गर्न सकिन्छ।

तर अस्ट्रेलिया आइपुगेका अधिकांश नयाँ आप्रवासीहरूलाई सुपरले कसरी काम गर्छ भन्ने कुरा थाहै नहुने बताउँछन् रशेश भावसार।

मेलबर्नमा मुख्यालय रहेको फर्च्युन वेल्थ क्रिएसन ग्रुपमा एक आर्थिक सल्लाहकारका रूपमा कार्यरत भावसार भन्छन् अस्ट्रेलियाको निवृत्तिभरण योजना निकै जटिल छ।

Retired men and women playing
According to the Association of Super Funds Australia, an individual retiring today would need $28,179 and a couple $40,739, to live a modest retired life. Source: Getty Images

अस्ट्रेलियाली कर कार्यालयका अनुसार सबै सुपर खातावालहरूको एक चौथाइ सङ्ख्यासँग एउटा भन्दा बढी निवृत्तिभरण कोषमा खाता रहेको छ।

रशेश भावसारका अनुसार यसरी एउटै व्यक्तिको थुप्रै सुपर एकाउन्ट हुँदा उनीहरूले आफ्नो खाता हुने हरेक कोषलाई शुल्क बुझाउनुपर्छ जुन प्रत्युत्पादक हो।

आगामी जुलाई १ तारिखदेखि यदि कर्मचारीले आफ्नो इच्छाको सुपर खाता मनोनीत गरेनन् भने, जागिर परिवर्तन गर्दा रोजगारदाताले उक्त कर्मचारीको साबिक कै सुपरएन्नुएसन अकाउन्टमा निवृत्तिभरण वापतको भुक्तानी गरिदिनेछन्।

साधरणतया सेवा निवृत्त वा चलनचल्तीको भाषामा "रिटायर्ड" भएपछि मात्र सुपरमा जम्मा भएको रकम झिक्न मिल्छ।

A food delivery rider
During the COVID-19 pandemic, 4.8 million workers accessed their super early. Source: Rio Helmi/LightRocket via Getty Images

तर ६५ वर्ष पुगेपछि वा कारुणिक अवस्थाका कारण जस्तै कि अपाङ्गता, स्वास्थ्योपचार वा अत्यन्त खराब आर्थिक स्थिति उत्पन्न भएमा पनि सुपरमा जम्मा भएको रकम चलाउन सकिने निवृत्तिभरण सम्बन्धी कानूनमा उल्लेख छ।

अस्ट्रेलियन प्रुडेन्सिएल रेगुलेसन अथोरिटी वा छोटकरीमा आप्रा भनिने अस्ट्रेलियामा वित्तीय सेवा उद्योगहरूको नियमन निकायले जारी गरेको एक तथ्याङ्क अनुसार गत साल कोरोनाभाइरस महामारी सुरु भएपछिको विषम परिस्थितिमा ४८ लाख अस्ट्रेलियालीहरूले आफ्नो सुपरमा सञ्चित धनको केही हिस्सा चलाएका थिए।

यसरी आफ्नो सुपरबाट केही रकम झिकेका मानिसहरूले सकेसम्म चाँडो फेरी आफ्नो निवृत्तिभरणलाई पुरानै अवस्थामा फर्काउन स्यालरी स्याक्रीफाइस वा कर काटिनु अगावै आफ्नो तलबबाट केही रकम सुपरमा हाल्नु बुद्धिमानी हुने बताउँछन् - चार्टर्ड अकाउन्ट्स अस्ट्रेलिया एन्ड न्युजील्यान्डका सुपरएन्नुएसन प्रमुख टोनी नेग्लाइन।

क्यासमा काम गर्ने मानिसहरूलाई सकेसम्म चाँडो ट्याक्स फाइल नम्बर अन्तर्गत रहेर काम गर्न समेत उनी सुझाव दिन्छन्।

50 dollar notes.
Experts say super is the most tax effective way to saving for the future as super contributions are taxed at a lower rate than the marginal income tax rate. Source: Paul Kane/Getty Images

सुपरएन्नुएसन फन्ड्स अफ अस्ट्रेलिया वा आस्फाका अनुसार आजभोलि सेवा निवृत्त भएर ठिक्कैको जीवनयापन गर्न एकल मानिसहरूको हकमा २८,१७९ डलर र जोडी भए ४०,७३९ डलरको वार्षिक बजेटको आवश्यकता पर्छ।

तर अस्ट्रेलियाली तथ्याङ्क विभाग वा अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक (एबीएस) द्वारा आर्थिक वर्ष २०१७/१८ मा जारी गरिएको आँकडा अनुसार औसत रूपमा पुरुषहरूसँग १६८,५०० डलर र महिलाहरूसँग १२१,३०० डलर उनीहरूको निवृत्तिभरण खातामा जम्मा भएको छ।

अस्ट्रेलियाली सरकारले ६६ वर्ष कटेका मानिसहरूको हकमा पेन्सन भुक्तानी गर्ने भएता पनि यसका लागि योग्य ठहर हुन आप्रवासी मानिसहरूले यहाँ १० वर्षभन्दा बढी समय बसोबास गरेको हुनुपर्छ।

Centrelink
photo of Centrelink signage at the Yarra branch in Melbourne. Source: AAP

यसरी पेन्सन पाइहाले पनि आरामदायी जीवनयापन गर्न उक्त रकम पर्याप्त नहुने रशेश भावसारको भनाई छ।

नेग्लाइन पनि मानिसहरूले आफ्नो कामको किसिम जे-जस्तो भएता पनि सेवा निवृत्त भइसकेपछिको जीवनका लागि पैसा जोगाउनु निकै जरुरी रहेको बताउँछन्।

सुपर बारे बुझ्न कि त आर्थिक सल्लाहकारको मद्दत लिन नभए मनी स्मार्टको वेबसाइट moneysmart.gov.au जान सल्लाह दिन्छन् - भावसार।

नेपाली लगायत आफूले बोल्ने अन्य भाषामा नि:शुल्क आर्थिक जानकारीका लागि सर्भिसेज अस्ट्रेलियाको आर्थिक जानकारी सेवा वा फाइनान्सिएल इन्फरमेसन सर्भिसलाई १३१ २०२ मा फोन गर्न सकिन्छ।


3 min read

Published

By Amy Chien-Yu Wang

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now