Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सङ्घीय निर्वाचन २०२२: प्रधानमन्त्रीले सामना गर्दैछन् नैतिक प्रश्नहरु

Prime Minister Scott Morrison

PM Scott Morrison has raised the prospect of banning sports stars accused of domestic violence. (AAP) Source: AAP

न्यु साउथ वेल्समा उम्मेदबारहरुको पूर्व चयनको विषयमा कानुनी नतिजा सार्वजनिक भएको केही समयमै प्रधानमन्त्रीले विभिन्न आरोपहरूको सामना गर्नु पारिरहेको छ ।


Published

Updated

By Tom Canetti

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


न्यु साउथ वेल्समा उम्मेदबारहरुको पूर्व चयनको विषयमा कानुनी नतिजा सार्वजनिक भएको केही समयमै प्रधानमन्त्रीले विभिन्न आरोपहरूको सामना गर्नु पारिरहेको छ ।


लिबरलकी सांसद क्याथरिन कुसाकले प्रधानमन्त्री स्कट मोरिसनले नैतिकता गुमाएको आरोप लगाएकी छन्।

बाढी प्रभावितहरूलाई राहत वितरणमा प्रधानमन्त्री असफल भएको भन्दै उनले आलोचना गरेकी हुन्।

न्यु साउथ वेल्समा उम्मेदबारहरुको पूर्व चयनको विषयमा कानुनी नतिजा सार्वजनिक भएको केही समयमै प्रधानमन्त्रीले विभिन्न आरोपहरूको सामना गर्नु पारिरहेको हो ।

लिबरलकी सिनेटर कन्सेटा फिएराभान्ती–वेल्सले प्रधानमन्त्रीको निन्दा गरेको केही समय पछि अर्की सांसद क्याथरिन कुसाकले पनि बाढीको समयमा राहत वितरणको विषयलाई लिएर प्रधानमन्त्रीको आलोचना गरेकी छन्।

आलोचना गर्नुको मुख्य कारण भने बाढीका कारण क्षति पुगेका टुईड, बाईरन, र बलिना क्षेत्रमा लिबरल पार्टीको न्यु साउथ वेल्स शाखालाई प्रतिज्ञा गरे अनुसारको प्याकेज प्रदान गर्न असफल भएको विषयमा थियो। 

रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्

उनले प्रधानमन्त्रीका कारण “लिबरलका रूपमा मनोबल घटेको” बताएकी छन्।

"न्यु साउथ वेल्स सरकार संयुक्त रूपमा गरिने बाढी राहत प्याकेजका लागि सङ्घीय कोषमा निर्भर गर्दछ, सङ्घीय सरकारले यसमा साथ दिइरहेको छैन्, स्कट मोरिसनले हात मिलाएर गरेको वाचा पुरा नगरेपछि न्यु साउथका प्रिमीयरले राहत अब एक्लैले दिने बताएका छन्,” उनले भनिन्।

कुसाकले सिनेटर कन्सेटा फिएराभान्ती–वेल्सको प्रधानमन्त्री माथिको धम्कीको आरोपलाई आफूले समर्थन गर्ने पनि बताएकी छन्।

“कोनि, निकै बिर्षदेखि पार्टी भित्र एक गुटबन्दी योद्धाका रूपमा रहेकी छन्, उनले राजनीतिमा गरेका सबै कुराको समर्थन नगरे तापनि स्कट मोरिसनको मूल्याङ्कनका बारेमा भने म उनको समर्थन गर्छु,” उनले भनिन्।

Liberal MP Catherine Cusack in Sydney
Liberal MP Catherine Cusack in Sydney Source: AAP

कोषका बारेमा गरिएको प्रारम्भिक निर्णयमा नेशनल पार्टीको सिट भएको स्थानका लागि अतिरिक्त कोषको प्रस्ताव गरिएको तर आफू रहने लेबरको सिट रहेको स्थानमा भने अतिरिक्त कोषलाई इन्कार गरिएको पनि उनले बताइन्।

यता प्रधानमन्त्री स्कट मोरिसनले भने यी आरोपहरूलाई “सामान्य रूपमा असत्य” रहेको भन्दै अस्वीकार गदै आइरहेका छन्।

उनले बाढीको विषयमा आफूले गरेका कामको बचाउ गरेका छन्।

“यो सबै सत्य होइन किनभने विपद् भुक्तानीका अलावा सात हजार डलर वा यसको वरपर उनी बस्ने क्षेत्र र वरिपरिकाले प्राप्त गरिरहेका छन्,” प्रधानमन्त्रीले भने।

तर कुसाकले भने दृष्टिकोण परिवर्तनले समुदायलाई गरेको गल्तीलाई पूर्ववत् नगर्ने र स्कट मोरिसनलाई निर्वाचनमा भोट नहाल्ने बताएकी छन्।

तर यता लिबरलका अर्की सांसद जेन ह्युमले भने स्कट मोरिसनको चरित्रको पक्षमा उभिएकी छन्।

उनले बलियो आर्थिक वृद्धिका लागि लिबरल पार्टी जिम्मेवार रहेको पनि बताइन् ।

निर्वाचनको मिति नजिकिँदै जाँदा लिबरल पार्टी भित्र गर्मीको माहौल बढ्दै गएको छ।

न्यु साउथ वेल्सको पुनरावेदन अदालतले चुनावका लागि लिबरल उम्मेदबारहरुको वैधतालाई चुनौती दिएर खारेज गरिदिएपछि प्रधानमन्त्रीको कानुनी जित भएको छ।

तर त्यस लगत्तै प्रधानमन्त्री विरुद्ध विभिन्न आरोपहरू अगाडी आइरहेका छन्।

जसले प्रधानमन्त्रीलाई चुनावी अभियानहरूबाट विचलित बनाईरहेको छ।

सङ्घीय निर्वाचन २१ मे अगावै गरिसक्नुपर्ने सरकार सामु चुनौती रहेको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now