Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

पूर्व राजाकी छोरीद्वारा मुद्दा दायर र बस दुर्घटनामा २३को मृत्यु: गत ७ दिन नेपालमा

seven days in Nepal

पूर्व राजा ज्ञानेन्द्रकी छोरी प्रेरणाले पहिलेको राजकिय सम्पत्ति पुन: पाउनु पर्ने माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेकी छिन्। नेपालका पूर्व गर्भनर भ्रष्टचारमा संलग्न भएको अख्तियारको अभियोग र बस दुर्घटनामा २३ को मृत्यु। गत ७ दिनका नेपालीका केहि मुख्य समाचार।


Published

Updated

By Pratichya Dulal

Source: SBS



Share this with family and friends


पूर्व राजा ज्ञानेन्द्रकी छोरी प्रेरणाले पहिलेको राजकिय सम्पत्ति पुन: पाउनु पर्ने माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेकी छिन्। नेपालका पूर्व गर्भनर भ्रष्टचारमा संलग्न भएको अख्तियारको अभियोग र बस दुर्घटनामा २३ को मृत्यु। गत ७ दिनका नेपालीका केहि मुख्य समाचार।


प्रेरणाद्वारा पुन: सर्वोच्चमा रिट

नेपाल ट्रस्टको कार्यालय अन्तगर्गत आएको घरजग्गा पुन:पाउनु पर्ने माग गर्दै पूर्वराजा ज्ञानेन्द्र शाही छोरी प्रेरणा शाहले सर्वौच्च अदालतमा निवेदन दर्ता गराएकी छन्।

यसअघि सर्वोच्च अदालतले तत्कालीन राजा विरेन्द्र शाहको नामामा रहेको घरजग्गा नेपाल ट्रस्टको हुने पूर्ण इजलासले फैसला गरेको थियो। प्रेरणाले गोकुल बहादुर रोकायालाई वारेस राख्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएकी हुन्।

तत्कालीन समयमा राजा वीरेन्द्रको नाममा रहेको छाउनीको १५ रोपनी जग्गामा र घर ज्ञानेन्द्रले नामसारी गरी छोरी प्रेरणाकको नाममा पास गरिदिएका थिए।

 सागर घाइते

राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सागर पुन घाइते भएका छन्। एभरेष्ट प्रिमियर लिगमा खेल्दा घाइते भएपछि उनको दायाँ खुट्टाको शल्यक्रिया गरिएको हो।

काठमाण्डौं किंग्स ११बाट खेलेका सागर ललितपुर प्येट्रियेट्स विरुद्धको खेलमा बलिङ गर्दा चोट लागेको थियो। उनी सात साता मैदान बाहिरै रहने जनाइएको छ।

यसैबीच ललितपुर प्याट्रियेट्सले यसवर्षको एभरेष्ट प्रमियिर लिग (इपिएल) हात परेको छ। शनिबार किर्तिपुर मैदानमा भएको फाइनल खेलमा उसले साविक विजेता भैरहवा ग्यालडियर्टसलाई १४ रनले पराजित गरेको हो।

 मेलम्चीमा फेरी अर्को समस्या

अधिकारीहरुले पानी आउनै लाग्यो भनिरहेको बेला मेलम्ची आयोजनामा फेरी अर्को झमेला परेको छ। निर्माणको जिम्मा लिएको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभेन्नाले ठेक्का सम्झौता रद्द गर्न सूचना बुझाएपछि पछिल्लो विवाद आएको हो।

खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले ठेकेदार कम्पनीले सम्झौता रद्द गरेपनि मेलम्ची खानेपानी आयोजना प्रभावित नहुने बताएकी छन्। संसद अर्थ समितिमा मन्त्री मगरले यस्तो प्रतिकृया दिएकी हुन्।

"ठेकेदार कम्पनीको साढे तीन अर्बभन्दा धेरै रकम हामीसंग सुरक्षित छ। उसले छाडेरगएपनि आर्थिक रुपमा हामीलाई क्षति हुन्न," उनले भनीन्।

खानेपानी मन्त्रालयका अनुसार मेलम्ची आयोजनाको ९५ प्रतिशत काम भौतिक भूर्वाधारको काम सकिसकेको छ। हालसम्म मेलम्ची आयोजनाका लागि २६ अर्ब ३५ कोरड रुपैयाँ खर्च भइसकेको छ।

 बस दुर्घटनामा २३को मृत्यु

सल्यानमा अध्ययन भ्रमण गएर दाङ फर्कँदै गरेका विद्यार्थी चढेको बस दाङको तुलसीपुर उपमहानगरपालिका -३ राम्ररीनजिक दुर्घटनामा पर्दा २३ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

शुक्रबार भएको दुर्घटनामा २२ जनाको घटना स्थलमै र एक जानाको उपचारको क्रममा मृत्यु भएको हो।

घोराहो स्थित शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका वन विज्ञानका ३२ विद्यार्थी र दुई शिक्षक सल्यानको कपूरकोट अध्ययन भ्रमणका लागि थिए।

Bus accident
Source: RSS

मोनोरेल डीपीआर सम्झौता

स्थानीय निर्वाचन ताका काठमाण्डौं रेल चल्ने कुराले निकै चर्चा पाएको थियो। उमेद्वारहरुले पनि यसलाई नारा बनाएका थिए।

निर्वाचन सकिएको करिब डेढ वर्षपछि मोनोरेलको विस्तृत अध्ययन परियोजना प्रतिवेदन बनाउने जिम्मा चिनियाँ कम्पनीले पाएको छ।

मोनोरेल परियोजनालाई संयुक्ता रुपमा अगाडी बढाएका काठमाण्डौं र ललिपुर महानगरपालिकाले यहि साता डीपीआर बनाउने जिम्मा चिनियाँ कम्पनीलाई दिएको जानकारी दिएका हुन्।

काठमाण्डौंका मेयर विद्या सुन्दर शाक्यका अनुसार चाइना कम्पनी सीआरसीसीले एक वर्षभित्र डीपीआर तयार गरिसक्नेछ। चक्रपथको सडकमाथि बनाइने मोनोरेलको लम्बाई २७ दशमलब ५ किलोमिटर हुनेछ।

 पहिलो पटक बलात्कारको दोषीलाई जन्म कैद

मुलुकी संहिता २०७५ जारी भएयता पहिलो पटक बलात्कार गरेको पुष्टि भएकव व्यक्तिलाई अदालतले जन्मकैदको सजया दिएको छ। 

पोखराकी १० वर्षीया बालिका श्रेया बिकको बलात्कार पछि हत्या गरेको ठहर गर्दै कुशुम पौडेललाई जिल्ला अदालत कास्कीले जन्म कैदको फैसला सुनाएको हो।

गत असोज ८मा पौडलले श्रेयाको बलात्कार गरी हत्या गरेका थिए र घटनाको २४ घन्टाभित्रै उनलाई प्रहरले पक्राउ गरेको थियो।

"यस्तो जघन्य अपाध गर्ने व्यक्तिलाई जन्म कैदभन्दा कम सजाय हुनु हुँदैन भन्ने लागेको थियो यस्तै सजाय पाएको खबर पाएकी छु। छोरी गुमाएको दुख त छँदै छ तर दोषीले सजाय पाएको सुन्दा अलि सान्तोना मिलेको छ," श्रेयाकी आमा बेलकुमारी बिकले भनिन्।

मुलुकी अपराध संहिताको दफा ४१मा ६ किसिमका कसूरमा कसुरदार जीवित रहेसम्म कैद सजाय गर्ने व्यवस्था गरिएको छ। जसमा बलात्कारपछि हत्याको कसूर पनि उल्लेख छ।

यसैबीच घटना भएको लामो समयसम्म पनि दोषी पत्ता लगाउन नसकेको अर्को घटना निर्मला हत्याकाण्डको अनुसन्धानमा लापर्वाही गरेका १८ जना प्रहरीलाई कारवाहीको सिफारिस गरिएको छ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या भएको लामो समयसम्म पनि दोषि पत्ता लाग्न सकेको छैन।

यसैबीच घटना बारे अनुसन्धान गर्न विभिन्न छानबिन टोली गठन भएका छन्। त्यमध्येको एक भदौ ३१ गते एआईजी धीरु बस्न्यातको संयोजकत्वमा गठित टोलीले उक्त सिफारिस गरेको हो।

कारवाहीमा पर्नेहरुमा एक जना एसपी, दुई जना डीएसपी, तीन जना इन्स्पेक्टर, चार जना सई, तीन जना इन्सपेक्टर, चार जना सई, तीन जना हवल्दार र पाँच सीपाही रहको बताइएको छ।

घटनाको जानकारी पाएर पनि तत्काललै प्रहरीको टोली निर्मलाको शव भएको स्थानमा पुग्न नसक्नु नै कञ्चनपुर प्रहरीको गल्ती भएको छानबिन समितिका एक सदस्य एवं प्रहरी प्रवक्ता उत्तम कुमार सुवेदीले बताए।

 पोलिमर नोट छपाइमा अनियमितता भएको अख्तियारको ठहर

रुपैयाँ १०को पोलिमर नोट छपाइमा अनयमितता भएको ठहर गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्र ब्याङ्कका पूर्व गभर्नर डा. तिलक बहादुर रावल सहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

रावल गभर्नर रहेका बेला अस्ट्रेलियामा ५ करोड थाना १० रुपैयाँको पोलिमर नोट छाप्दा भ्रष्टाचार भएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए।

रावललाई करिव एक करोड बिगोसहित मुद्धा चलाइएको छ। यस्तै तत्कालिन नोट विभागका प्रमुख उपेन्द्र केशरी पौडेल र मे फ्लावर लिमिटेडका स्थानीय प्रतिनिधि हिमालय बहादुर पाँडे विरुद्ध पनि मुद्दा दायर गरिएको छ। 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now