Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

स्वास्थ्य सेवामा पहुँच सुधारका लागि सरकारसँग सरोकारवालाहरुको माग

Patients in a Waiting room

A mixed group of people can be seen waiting in a health clinic to be seen by the doctor. It is a typical British waiting room. Credit: SolStock/Getty Images

चार्टर अफ राइट्स, अर्थात् बडापत्र मार्फत स्वास्थ्य सेवालाई पहुँच योग्य बनाउन सरकारलाई विभिन्न क्षेत्रबाट आह्वान भएको छ।


सामान्यतया हामी बिरामी पर्‍यौ भने उपचारका लागि डक्टरकोमा जान्छौ र निको हुन्छौ। तर सबैका लागि यो लागु हुदैन्।

सबैले यति सजिलै उपचार पाउँदैनन्।

ह्युमन राइट ल सेन्टरकी कार्यवाहक, सहायक प्रमुख कार्यकारी अधिकृत केरेन एडम स्वास्थ्य सेवा प्राप्त गर्ने कुरामा समाजमा असमानता रहेको बताउँछिन्।

“हामीले दैनिक पत्रिका पल्टाएर मात्र हेर्‍यौ भने पनि यो खाडल प्रस्टै देखिन्छ,” उनले भनिन्।

फेडरेसन अफ एथेनिक कम्युनिटी काउन्सिलका प्रमुख कार्यकारी मोहम्मद अल खाफाजी बहु सांस्कृतिक समुदाय पनि यसबाट प्रभावित भएको बताउँछन्।

उनका अनुसार कोभिड–१९ पछि यी मुद्दाहरु प्रकाशमा आएका छन्।

पछिल्लो जनगणना र अन्य तथ्याँकहरुलाई हेर्ने हो भने पनि विदेशमा जन्मिएका मानिसहरूको कोभिड–१९ बाट मृत्यु हुने सम्भावना तीन गुणा बढी देखिन्छ
अल खाफाजी

क्वीन्सल्यान्ड विश्वविद्यालयका उप-प्राध्यापक पल हार्पर स्वास्थ्य सेवा पाउनबाट वञ्चित मध्ये आशक्तता भएका मानिसहरू पनि भएको बताउँछन्।

“आशक्तता भएका मानिसहरूलाई सहयोगको अभाव छ, बौद्धिक असक्षमता, अटिजम जस्ता समस्या भएका मानिसहरूलाई इमर्जेन्सी कक्षहरूमा जानै समस्या छ, भिड भाड र चर्को आवाज लगायतले उनीहरूलाई अनावश्यक चीजहरूको सामना गर्न बाध्य बनाउँछ,” उनले भने।

करेन एडम् बृद्धस्याहारमा बसोबास गर्ने र आदिावासीहरु पनि अर्को उपचार नपाउने जोखिम समूहमा पर्ने बताउँछिन्।

“हामीलाई मानसिक स्वास्थ्य समस्या भएका वा स्याहारास्याहार केन्द्रमा बसोबास गर्ने मानिसहरूले स्वास्थ्य सेवाको पहुँच नपाएको गुनासो आउँछ, एबोरजिनल र टोरेस स्ट्रेट आइल्याण्डर मानिसहरूको आयु आम मानिसको भन्दा १० वर्ष कम हुन्छ, यो पनि स्वास्थ्य सेवाको पहुँचमा भएको भिन्नताका कारण हो,” उनले भने।

A stressed-out care worker
A stressed-out care worker Source: AAP / Michael Nigro / Sergei Bobylev/TASS/Sipa USA

यता मोहम्मद खजाफिको पनि धारणा उस्तै छ, उपयुक्त जानकारी र सूचनाको अभावमा समस्या झनै बढी रहेको बताउँछन्।

सरकारले जोखिममा रहेका समुदायका लागि आवश्यकता अनुसारको काम नगरेको उनको भनाई छ।

प्रभावित मानिसहरूको प्रतिनिधित्व हुने गरी समाधान खोजियो भने यसले समस्यालाई सम्बोधन गर्न सजिलो हुने पल हार्परको भनाई छ।

काउन्सिल, पल हार्पर र केही शिक्षाविद्हरूको समूह मिलेर परिवर्तनका लागि आवाज उठाइरहेका छन्।

उनीहरू कानुन निर्माण गरेरै भए पनि, अस्ट्रेलिया भरका बासिन्दाले आम्दानी वा कुन क्षेत्रमा बसोबास गरेको छ, यसको प्रवाह बिना, एकै प्रकारको स्वास्थ्य सेवामा पहुँचका लागि सुनिश्चित गर्नु पर्ने माग राखिरहेका छन्।

अस्ट्रेलियाले स्वास्थ्यको अधिकार सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय सम्झौतामा हस्ताक्षर गरेको भए पनि, कानुन मार्फत भने यसलाई सुनिश्चित गर्ने काम भने भएको छैन।

भिक्टोरिया, क्वीन्सल्याण्ड र एसीटीमा स्वास्थ्य बडापत्रमा यसलाई समेटिएको भए पनि, कानुन बनाउने मामलामा भने क्वीनसल्यान्ड मात्र रहेको एडम बताउँछन्।

“सङ्घीय र राज्य स्तरमै अस्ट्रेलियाली सरकार जिम्मेवारीपन निर्वाह गरिरहेको छैन,”

यद्यपि यसको दायरा निकै सानो रहेको छ।

एडम स्वास्थ्य सम्बन्धी अधिकार, कानूनमा सामेल गर्दा पुरै प्रणालीमा जबाफदेहिता र सुधार देखिने बताउँछिन्।

उनीहरूको सबैको एउटै आशा छ, बडापत्र मार्फत लामो समय देखि तिरस्कारमा परेका मानिसहरूले स्वास्थ्य सेवामा पहुँच पाउनेछन्।

यता एथेनिक कम्युनिटी काउन्सिल भने बडापत्र मार्फत समस्या समाधान गर्ने हो भने भने सरकारले स-साना संस्थाहरूलाई श्रोत उपलब्ध गराउनु पर्ने माग राख्छ।

करेन एडम बडापत्रले समस्याको पूर्ण समाधान नगर्ने भएता पनि यस विषयमा ध्यान केन्द्रित गर्न भने मद्दत गर्ने बताउँछिन्।

“यसले सबै समस्याको समाधान त गर्दैन तर, यो समस्या समाधानका लागि चालिएको पहिलो कदम भने बन्न सक्छ,”


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now