Participants at the Friendship City Agreement signing ceremony between City of Wyndham, Australia and Godawari Municipality, Nepal on Tuesday, 5 May 2026 at the Wyndham Civic Centre. Credit: SBS Nepali/Sushil Chalise
दक्षिण–पश्चिमी मेलबर्नस्थित सिटी अफ विन्डम र नेपालको ललितपुर स्थित गोदावरी नगरपालिकाबिच ‘मित्रता शहर’ सम्झौता सम्पन्न भएको छ। मङ्गलवार, मे ५ मा विन्डम सिभिक सेन्टरमा आयोजित कार्यक्रममा सिटी अफ विन्डमका मेयर प्रीत सिंह र गोदावरी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मानबहादुर खड्काले सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौताले दुई नगरबिच आपसी सहकार्य, अनुभव आदानप्रदान तथा दीर्घकालीन सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको बताइएको छ। उक्त सम्झौताका बारेमा सिटी अफ विन्डमका उपमेयर ज्यास्मिन हिल, गोदावरी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मानबहादुर खड्का लगायत त्यसका लागि आवश्यक समन्वय गरेका डिएन घिसिङसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।