कच्ची बाटो, दाउरा बालेर खाना पकाउनु र आधुनिक सुविधाहरूबाट अलि टाढै रहेको एक फार्म पुग्दा नेपाल पुगेको जस्तो अनुभव केही पाहुनाहरूको छ। र यही नेपालीपन मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेका नेपालीहरूका लागि सहयोग स्वरूप निःशुल्क उपलब्ध गराउँदै आएको बताउँछन् ससुराली हाम्रो फार्मका सञ्चालक प्रह्लाद घिमिरे। न्यु साउथ वेल्सको ग्रामीण सहर गोल्बर्नबाट २० किलोमिटर पश्चिममा रहेको यस फार्ममा परिवारबिना एक्लो महसुस गरेका व्यक्तिहरूले चिकित्सकको सल्लाह अनुरूप आउन चाहे आफूले निःशुल्क केही दिन बस्ने व्यवस्था मिलाउने गरेको घिमिरेको भनाइ छ। उनले एसबीएस नेपालीसँगको कुराकानीमा नेपालीहरूको छोटो बिदाको समय व्यतीत गर्ने गन्तव्य कसरी मानसिक स्वास्थ्यको क्षेत्रमा कल्याणकारी भूमिका निर्वाह गर्दै छ भन्ने बारे बताएका छन्।
यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई मानसिक स्वास्थ्य सम्बन्धि सहायता चाहिएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ:
- लाइफलाइन: १३ ११ १४
- बियन्ड ब्लु: १३०० २२ ४६३६
- सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७
- पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८००
आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।
दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।
मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।
इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थले सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई सहयोग प्रदान गर्दछ।





