Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

"हुक्का?, नो थ्याङ्क्स मेट!"

Hukka

हुक्का मेरो ... Source: Sharif / Sean Sharifi

शिशा प्रयोग स्वास्थ्यका लागी निकै हानिकारक रहेको भन्दै मानिसहरूलाई यसको लागी 'नो थ्याङ्क्स' भन्न आह्वान गर्दै एक अभियान सञ्चालन गरिएको छ।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


शिशा प्रयोग स्वास्थ्यका लागी निकै हानिकारक रहेको भन्दै मानिसहरूलाई यसको लागी 'नो थ्याङ्क्स' भन्न आह्वान गर्दै एक अभियान सञ्चालन गरिएको छ।


एक नयाँ स्वास्थ्य अभियानले हानि रहित भन्ने गलत सोचाइका साथ शिशा (हुक्का) पिउनेहरूलाई यो बन्द गर्न आह्वान गरेको छ।

विशेष गरी मध्य पूर्वी पृष्ठभूमिका अस्ट्रेलियाली युवाहरू शिशा प्रयोगका कारण स्वास्थ्य जोखिममा रहेको विज्ञहरूको भनाइ छ।

त्यस्ता युवाहरूले चुरोटको विकल्प र तुलनात्मक रूपमा कम हानिकारक हुने भन्दै हुक्का तान्ने गर्दछन्- जुन सोचाइ गलत रहेको बताइएको छ।

Shisha
Source: Pixabay

साथीभाइहरू सँगको जमघटमा शिशा वा हुक्का पिउनु निकै सामान्य मानिन्छ तर यो हानी रहित छ भन्ने सोचाइ गलत रहेको विज्ञहरूले बताएका छन्।

विश्वभर नै हुक्का प्रयोगलाई मध्य पूर्वी राष्ट्रहरूको सांस्कृतिक पहिचान कै रूपमा लिइन्छ।

तर वर्षौँ पुरानो हुक्का प्रयोगका बारेमा अस्ट्रेलियामा भने प्रश्न उठाइन थालेको छ।

न्यु साउथ वेल्सको क्यान्सर इन्स्टिच्युट द्वारा नेतृत्व प्रदान गरिएको एक अभियानमा मानिसहरूलाई हुक्का तान्न कसैले भने ' नो थ्याङ्क्स' भन्न आग्रह गरिएको छ।

एक भिडियो मा पश्चिम सिड्नीका परिवारहरूलाई देखाइएको छ र उक्त भिडियो मा ४५ मिनेट हुक्का तान्दा जति धुवाँ निलिन्छ त्यो १०० वटा चुरोटको धुवाँ जति हुने बताइएको छ।

न्यु साउथ वेल्सको क्यान्सर इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत डेभिड कर्रो भन्छन् हुक्का पिउने व्यक्ति त्यति नै स्वास्थ्य समस्याको जोखिममा हुन्छ जति चुरोट पिउने व्यक्ति हुन्छ।

त्यस्ता स्वास्थ्य समस्यामा क्यान्सर र श्वासप्रश्वास सम्बन्धी समस्याहरू समेत पर्दछन्।

"मेरो बिचारमा मानिसहरूले के सोच्छन् भने यस्ता हुक्काहरूमा फलफुलको स्वाद हुन्छ र उनीहरूले पानी देख्छन् र उनीहरूलाई लाग्छ कि त्यो पानीले सबै हानिकारक तत्त्वहरूलाई छान्नेछ।"

तर त्यो सोचाइ गलत भएको डेभिडको भनाइ रहेको छ।

उनका अनुसार पानीले हानिकारक तत्त्वलाई छान्ने नभई त्यसलाई धुवाँलाई चिस्याउने मात्र गर्दछ।

"पानीले धुवाँलाई चिस्याउने हो तर हानिकारक पदार्थ त त्यहीँ हुन्छ जसले मुटु, फोक्सो लाई बर्बाद पार्नुका साथै क्यान्सर हुने खतरा त्यस्ता हुक्का प्रयोगमा पनि उत्तिकै हुन्छ।"

A patron exhales vapor from an e-cigarette at the Henley Vaporium in New York
A person who smokes shisha is at risk of the same health problems that a person who smokes cigarettes faces. Source: AAP Image/AP Photo/Frank Franklin

लेबनिज इसाई धर्मावलम्बीहरूको संस्थाका निर्देशक अहमद मालसले पनि यो अभियानलाई समर्थन गरेका छन्।

उनी भन्छन् स्थानीय समुदायका नेताहरूले पनि यस्ता सांस्कृतिक विचारधारा परिवर्तनका लागी आफ्नो तर्फबाट सक्दो गरिरहेका छन्।

स्वास्थ्य विशेषज्ञहरूले पनि चुरोटमा जस्तै हुक्का प्रयोग कर्ताहरूको छेउछाउमा बस्नेलाई पनि स्वास्थ्यका दृष्टिकोणले हानी हुन्छ।

विशेष गरी गर्भमा रहेका शिशु र साना बालबालिकाहरूलाई हुक्काको धुवाले स्वास्थ्य जोखिममा राख्दछ।

एडिलेड काउन्सिलले स्थानीयहरूको गुनासाका आधारमा आधा दर्जन बढी शिशा बार वा हुक्का पाइने स्थानहरूलाई कडा निगरानीमा राख्ने बारे बिचार गरिरहेको छ।

हुक्का प्रयोगको असरलाई लिएर सर्वसाधारणले गुनासो गरे पछि काउन्सिलले एडिलेडको ऐतिहासिक हिन्दले स्ट्रिटमा रहेका हुक्का बार कडा नियम लगाउने बारे सोचिरहेको बताइएको छ।

Shisha on table in restaurant
Shisha on table in restaurant Source: AAP

त्यस क्षेत्रका यस्ता पसलहरूका सञ्चालकहरूले कुनै पनि नियम परिवर्तन भए त्यसको विरुद्ध लड्ने एसबीएसलाई बताएका छन्।

त्यस्तै केही व्यक्तिहरूलाई भने यसले स्वास्थ्यमा पार्ने असरबारे अझै पनि विश्वास छैन।

मलाई लाग्दैन यो प्रमाणित गरिएको छ, सामाजिक रूपमा घुलमिल हुन यो राम्रो उपाय हो, काम गर्न वा साथीभाइसँग भेट्न यहाँ (हुक्का बारमा) आउँदा दुई तिन घण्टा बस्न सकिन्छ, यदि तपाईँ क्याफेमा जानु भयो भने एक घण्टा मात्र बस्न सक्नुहुन्छ।"

तर १९ वर्षीय सफ्फा अल हज जस्ता केही भने यस्तो जोखिम नउठाउनु नै बुद्धिमानी हुने बिचार राख्छन्।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now