Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

भव्य उद्घाटनबिच विश्वकपको पहिलो खेलमा कतार पराजित

Qatar World Cup - Opening Ceremony

Fireworks show at Al Bayt Stadium during the opening ceremony of FIFA World Cup Qatar 2022 championship, in Al Khor, Qatar, on 20 November 2022. Source: ABACA / Liewig Christian/ABACA/PA/Alamy/AAP Image

विश्वकपको भव्य उद्घाटनपछिको पहिलो खेलमा आयोजक राष्ट्र कतार इक्वेडरसँग २–० ले पराजित भएको छ।


Published

Updated

By Allan Lee

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


विश्वकपको भव्य उद्घाटनपछिको पहिलो खेलमा आयोजक राष्ट्र कतार इक्वेडरसँग २–० ले पराजित भएको छ।


निकै शानदार र भव्य रूपमा कतारमा विश्वकप २०२२ को उद्घाटन भएको छ।

अल बिट रङ्गशालामा भएको उद्घाटन सत्रमा बोल्दै फिफाका अध्यक्ष जीयानी इन्फेन्टीनाले फुटबलले विश्वलाई एकताबद्ध गराउने बताए।

विभिन्न आलोचनाकाबीच कतारले उद्घाटन सत्रलाई समावेशी बनाउनका लागि हरसम्भव प्रयास गरेको देखिन्थ्यो।

टेन्ट आकारमा तैयार पारिएको स्टेडियममा उद्घाटन सत्रमा सबैलाई आश्चयमा पार्दै हलिउडका स्टार कलाकार मोर्गन फ्रिम्यानले उपस्थिति जनाएका थिए।

कतारमा आशक्त मानिसहरूको वकालत गर्ने अधिकारकर्मी घनिम अल– मफ्ता नजिकै गएर बसेका हलिउड स्टार फ्रिम्यानले समावेशी विश्वको वकालत गरे।

कोर्डल रिग्रेसन सिनड्रोम भनिने रोगका कारण अपाङ्ग बनेका घनिम अल–मफ्ताले सहिष्णुता र सम्मानका साथ सबै जना एउटै छाना मुनी अटाउन सक्ने उद्घाटन सत्रमा बताए।

उद्घाटन सत्रको अर्को रोचक प्रस्तुति कोरियन बैन्ड बीटीएसको थियो, जसले आफ्नो नयाँ गीत 'ड्रिमर्स' प्रस्तुत गरेर सबैको मन जितेको थियो।

Qatar Flag
Lusail Stadium, a venue of World Cup Final Match, is illuminated in Lusail on Nov. 13, 2022. ( The Yomiuri Shimbun via AP Images ) Credit: Keita Iijima/AP

आफ्नै मैदानमा कतारको हार

यसैबिच उद्घाटन सत्र पछि आयोजक राष्ट्र कतार र इन्वेडरबीचको खेलमा भने पहिलो तीन मिनेटमै इक्वेडरका क्याप्टेन एनेर भेलेनसियाले बललाई गोल पोष्ट भित्र छिराए।

तर भिडियो असिस्टेन्ट रेफ्रीले इक्वेडरका खेलाडीलाई अफसाइड ठानेपछि उक्त गोल रद्द गरिएको थियो।

यद्यपि सुरुबाटै दबाब झेलेको कतारले, पेनाल्टी मार्फत पहिलो गोल खाएको थियो।

अफ्रिकी कप अफ नेसन्स च्याम्पियन सेनेगेल र युरोपको शक्तिशाली नेदरल्याण्न्ड्स रहेको समूहमा परेको कतारलाई इन्वेडरसँगको खेल सहज हुने अनुमान गरिएको भए पनि त्यसो हुन सकेन।

एनर भेलेनसियाले खेलको ३१ औ मिनेटमा दोस्रो गोल गरेपछि कतार विश्वकपमा हार बेहोर्ने पहिलो राष्ट्र हुन पुग्यो।

मिनी म्याच, रिप्ले र हाईलाइट्स हेर्नका लागि एसबीएसको अनडिमान्डमा जानुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now