Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सुसन कारल्यान्डले रमदानको आध्यात्मिक अभ्यासलाई कसरी हेर्छिन्?

Susan Carland - My Ramadan - Episode 1.jpg

Dr Susan Carland has created new Ramadan traditions for her family.

रमदानको व्रतका बेला नराम्रो नबोल्ने, क्याफिनजन्य पेय पदार्थ सेवन नगर्ने वा अरूको कुरा नकाटरे‍ै समय बिताउनु कत्तिको सम्भव होला? माइ रमदानको यो शृङ्खलामा लेखिका एवम् शिक्षाविद् डा सुसन कारल्यान्डले व्रतका बखत उनी कसरी अध्यात्मसँग नजिक हुन्छिन् भनेर पोडकास्टकी प्रस्तोता, सेरा मलिकसँग बाँडेको अनुभव सुन्नुहोस्।

Published

Updated

By Sarah Malik

Source: SBS

Share this with family and friends

रमदानको व्रतका बेला नराम्रो नबोल्ने, क्याफिनजन्य पेय पदार्थ सेवन नगर्ने वा अरूको कुरा नकाटरे‍ै समय बिताउनु कत्तिको सम्भव होला? माइ रमदानको यो शृङ्खलामा लेखिका एवम् शिक्षाविद् डा सुसन कारल्यान्डले व्रतका बखत उनी कसरी अध्यात्मसँग नजिक हुन्छिन् भनेर पोडकास्टकी प्रस्तोता, सेरा मलिकसँग बाँडेको अनुभव सुन्नुहोस्।

शिक्षाविद् एवम् लेखिका डाक्टर सुसन कारल्यान्डले युवती छँदै इस्लाम धर्मलाई आफ्नो मूल धर्मका रूपमा अङ्गालेकी हुन्।

त्यो समय एक्लै जस्तो महसुस हुन्थ्यो, व्रत तोड्नका लागि मसँग कोही पनि थिएन, तर पनि त्यसका पनि केही सुखद पक्षहरू थिए, मलाई लाग्थ्यो कि म र भगवान् सँगै पहिलो रमदान मनाउँदै छौ
सुसन कारल्यान्ड

परिवारमा एक्लै मुस्लिम धर्म मान्ने भएकाले पहिलो रमादान निकै कष्टकर भएको उनले बताइन्।

मलाई रमदान आध्यात्मिक अभ्यास जस्तै लाग्छ, आफ्नो चरित्र र जिब्रोलाई सम्हाल्न सक्छु भने रमदान पछि मलाई कति सजिलो होला? यसले हामी भित्रको क्षमतालाई पनि दर्साउँछ
सुसन कारल्यान्ड

रमादानमा आफ्नो आध्यात्मिक यात्रा गैर मुस्लिम समुदायसँग साट्नु अहिले उनका लागि एउटा महत्त्वपूर्ण कार्य बन्दै गएको छ।

उनका अनुसार यो समय आफैसँग जोडिने एक अवसर पनि हो।

माइ रमदान पोडकास्टमा आधुनिक अस्ट्रेलियामा कसरी इद र रमदान मनाइन्छ भनेर चर्चा गरिएको छ।

माइ रमदानलाई एसबीएस रेडियो, एप्पल पोडकाष्ट, स्पटीफाई वा पोडकाष्ट सुन्न अन्य एपहरूमा फलो गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now