गए हप्ता सम्म पृथकताबादी भनिने स्वतन्त्र मधेश गठबन्धनका सिके राउत जेलमा थिए। अहिले, राउत र नेपाल सरकारबीच ११ बुँदे सहमति भए पछि उनि मुलधारको राजनीतिमा आएको बताइएको छ। राउत संगको उक्त सहमतिबारे विभिन्न प्रतिक्रिया आइरहदा नेपाल कम्युनिस्ट पार्टी नेतृत्व सरकारले मङ्गलवार साँझ नेत्र बिक्रम चन्द विप्लव नेतृत्व माओवादी माथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ। नेपाल सरकारले किन राउत र विप्लव माथि फरक फरक कदम चालेको के हो त? के छ त ती दुई बीच भिन्नता? द्वन्द समाधान विज्ञ डा. विष्णु राज उप्रेतीको बिचार यस्तो छ।
Share





