राउत र सरकारबीच ११ बुँदे सहमति
सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएका स्वतन्त्र मधेश गठबन्धनका सिके राउत र सरकारबीच शुक्रबार ११ बुँदे सहमति भएको छ। उक्त सहमतिसंगै राउत अब मुलधारको राजनीतिमा आउने छन्।
प्रधानमन्त्री उपस्थित उक्त कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा र राउतले सम्झौतामा हस्ताक्षर गरेका हुन।
राज्य विप्लवको मुद्दा खेपिरहेका राउतलाई अदालतले थुनामुक्त गर्ने आदेश दिएको एकदिन पछिनै भएको उक्त कदमलाई धेरैले राउतले आफ्नो राजनीतिको सुरक्षित अवतरण गरेको बताएका छन्।
गत छ वर्ष देखि तराई मधेशलाई अलग्गै राज्य बनाउनु पर्ने माग राख्दै आएका राउतले आफूले हिंसाको बाटो कहिल्यै नरोजेको र अब जनअभिमत अनुसार अघि बढ्ने बताए।
सरकारसंग गरेको सम्झौता आफूले उठाइ रहेका मागभन्दा फरक नभएको उनले बताए, "हाम्रो मागभन्दा यो फरक हैन। हाम्रो नारानै के थियो भने 'अबके बार एकही माग जनमत संग्रहका होयला' र राज्य पक्षले नेपाली जनतामा निहित रहेको त्यो सार्वभौमस्तालाई स्विकार गर्दै हामीलाई राजनीतिक 'स्पेश' दिनुभएको छ। हैन अब जे चाहिन्छ त्यो जनमतबाटै जनताले लिए हुन्छ।"

CK Raut says celebrations were held to commemorate 11 point agreement with the government. Source: Facebook
आफ्नो शान्तिपूर्ण आन्दोलनलाई कदम गरेर सुरक्षित अभितरण गरेको र राजनीतिक 'स्पेस' दिएको उनले प्रधानमन्त्री ओलीलाई धन्यवाद पनि दिए। प्रधानमन्त्री ओलीले भने आफ्नो सम्बोधनमा जनमतसंग्रहबारे केहि उल्लेख गरेनन्। तर अब सिके राउतलाई देखाउँदै मधेशलाई विखण्डन गर्न खोज्नेहरुको दिन सकिएको बताए, "सिके राउत देखाएर तराईमा स्वार्थका रोटी सेक्नेहरु धेरै थिए तीनका रोटी काँचै रहने भयो। देखाउने सिके राउत रोटी सेकाउने आफ्नो।"
सासंद चौधरीलाई जन्म कैद
टीकापुर घटनामा दोषी ठहर गर्दै अदालतले सांसद रेशम चौधरीलाई जन्म कैदको फैसला सुनाएको छ। केहि महिना अघि उनलाई कारागारबाट झिकाएर प्रतिनिधिसभाको सदस्यको सपथ ग्रहण गराइएको थियो र फेरी कारागारनै लगिएको थियो।
करिब साँढे तीन वर्षअघि टीकापुरमा एक नाबालक र एसएसपी सहित ८ जनाको हत्यामा संलग्न भएको ठहर गर्दै कैलाली जिल्ला अदालतले चौधरी हसित ११ जनालाई जन्म कैदको फैसला सुनाएको हो। यसंगै चौधरीको सासंद पद नरहे भएको छ।
संविधानको धारा ७८ अनुसार नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको व्यक्ति सासंद सदस्य हुन नपाउने उल्लेख गरिएको छ।
टीकापुर घटनापछि उनी फरार रहेका थिए र फरार रहेकै अवस्थामा उनले प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट उम्मेद्वारी दिएका थिए। चुनाव जिते पनि उनले स्वयमं विजेताको प्रमाणपत्र लिन आएनन् र वारेस मार्फत प्रमाणपत्र पाउँ भनी सर्वोच्च अदालतमा निवेदन दिएका थिए। उक्त निवेदनलाई सर्वोच्चले अस्विकार गरेपछि उनले गतवर्ष जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए।
नेपालको नयाँ नक्सा सार्वजनिक

Resham Chaudhary (center) recently took an oath as a member of parliament. Source: Getty
सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ। नयाँ नक्सामा कालापानी र लिपुलेक पनि समेटिएको अधिकारीहरुले बताएका छन्। नापि विभागले तयार पारेको उक्त नक्सा बिहिबार सार्वजनिक गरिएको हो।
संघीय संरचना अनुरुप नयाँ नक्सा बनाइएको विभागका महानिर्देशक गणेश प्रसाद भट्टले बताए। तर भारतले मिचेका लिम्पियाधुरा लगायत केहि क्षेत्र अझै पनि नेपालको नक्सामा नसमेटिएको भन्दै विज्ञहरुले नयाँ नक्सा अपुरो रहेको बताएका छन्। यस्तै स्थानीय तह भने उक्त नक्सामा उल्लेख गरिएको छैन।
सुरक्षा नीति प्रमलाई बुझाइयो
रक्षामन्त्रालयले तयार पारेको राष्ट्रिय सुरक्षा नीति प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार बुझाएको छ।
करिब पाँच महिना अघि बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकले राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्ने निर्णय गरेको थियो। र त्यसै अनुरुप तयार पारिएको सुरक्षा नीति प्रधानमन्त्रीलाई बुझाइएको उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरलेले बताए, "आजको स्थितिमा नेपालको सुरक्षा स्थिति कस्तो छ? सुरक्षा खतरा के-के हुन् र तिनलाई कसरी सम्बोधन गर्न सकिन्छ? त्यसका लागि चाहिने नीति अनी सीमा सुरक्षाका विषय जस्ता विषय यसमा समावेश गरिएको छ।"
यसका साथै मुलुक नयाँ संरचनामा गएको अवस्थामा चाहिने सुरक्षा नीतिबारे पनि उक्त प्रतिवेदनमा उल्लेख गरिएको मन्त्री पोखरेलले बताए।
चिकित्सा शिक्षा विधेयक संशोधन गर्न डा. केसीको भाग
डाक्टर गोविन्द केसीले सरकारलाई चिकित्सा शिक्षा विधेयक संशोधन गर्न माग गरेका छन्। यस्तै उनले देशमा भ्रष्टाचार बढेको दावी गरेका छन्। बिहिबार शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरेका उनले प्रधानमन्त्री केपी शर्मा ओली देशको बादशाहा बनेको पनि दावी गरे। दुईतीहाइ सरकारले जनतालाई सस्तो र सुलव स्वास्थ्य सेवा पुर्याउनुको साटो माफियाहरुको स्वार्थमा काम गरिरहेको उनको आरोप छ।
प्रधानमन्त्री चढेको बिमान आधा घण्टा होल्ड

Dr Govinda KC. Source: Supplied
प्रधानमन्त्री केपी शर्मा ओली चढेको बिमान आधा घण्टा आकाशमै होल्ड भएको बारे छानबिन हुने भएको छ। गत साता प्रधानमन्त्री ओली एउटका कार्यक्रममा भाग लिन झापा पुगेका थिए र त्यहाँबाट काठमाण्डूमा अवतरण गर्ने बेला सो जहाज करिब ३० मिनेट होल्ड गरिएको थियो।
अति विशिष्ट व्यक्ति जडेको जहाज के कारणले होल्ड गरियो भन्ने विषयमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजक्तवमा पाँच सदस्या छानविन टोली गठन गरिएको छ। मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार उक्त टोलीलाई प्रतिवेदन बुझाउन एकसाताको समय दिइएको छ।