महरा विरुद्ध बलात्कारको मुद्दा पुनः दायर र नेपाल अबदेखि खुला दिसा मुक्त: गत ७ दिन नेपालमा

Mahara

Source: Getty

तत्कालीन सभामुख कृष्ण बहादुर महराले बलात्कारको प्रयास गरेको भन्दै संसद् सचिवालयकी एक कर्मचारीले उनी विरुद्ध प्रहरीमा उजुरी दर्ता गरेकी छन् र पाल खुला दिसामुक्त राष्ट्र भएको सरकारले घोषणा गरेको छ। यी लगायत गत ७ दिनका प्रमुख नेपाली समाचार यहाँ सुन्नुहोस्।


महरा विरुद्ध किटानी जाहेर

तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कारको प्रयास गरेको भन्दै संसद् सचिवालयकी एक कर्मचारीले उनी विरुद्ध प्रहरीमा उजुरी दर्ता गरेकी छन्।

अब प्रहरीलाई अनुसन्धान अघि बढाउन सहज भएको बताइएको छ।

महानगरीय प्रहरी काती महिलाले महरालाई उनलाई बलात्कार गरेको आरोप सोमवार एक सञ्चार मध्य मार्फत लगाएकी थिइन्। उनका अनुसार उक्त घटना आइतबार राती भएको थियो।

तर उनले मङ्गलवार आफ्नो भनाइ फेरेको अर्को भिडियो सार्वजनिक भएको थियो। यसबिचमा पीडितले बनाए फेरे पनि अनुसन्धान अगाडी बढाउनु पर्छ भन्ने माग विभिन्न कानुन व्यवसायीहरूले राखेका थिए।

महराले भने उक्त आरोपको खण्डन गरेका छन्। उनले सभामुखको पदबाट पनि राजीनामा दिइसकेका छन्।

तर अनुसन्धानलाई निश्पछ बनाउनका लागि महराले सासंदबाट पनि राजीनामा दिनुपर्ने माग प्रतिपक्षी दल नेपाली काँग्रेसका कतिपय नेताहरूले गरेका छन्।

यसैबिच नेपालमा महिला विरुद्धको हिंसा एकदमै व्याप्त रहेको भन्दै काठमाण्डू स्थित राष्ट्रसङ्घ तथा केही कूटनीतिक नियोगहरूले एउटा संयुक्त विज्ञप्ति मार्फत गहिरो चिन्ता प्रकट गरेका छन्।

काठमाण्डूस्थित अस्ट्रेलिया,नर्वे,फ्रान्स, फिनल्याण्ड,स्विट्जरल्याण्ड,संयुक्त अधिराज्यका दूतावास र संयुक्त राष्ट्रसङ्घ नेपाल कार्यालयले जारी गरेको उक्त विज्ञप्तिमा‘केही घटनाहरू अझै अनुसन्धानकै क्रममा रहेको’ र पीडकले उन्मुक्ति पाउन सक्ने अवस्थाबारे आफूहरूको सरोकार रहेको बताइएको छ।

तात्कालिक सभामुख महराको नाम भने उक्त विज्ञप्तिमा उल्लेख गरिएको छैन।

यस्तै प्रहरी अनुसन्धान प्रति शङ्का उब्जिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले उक्त घटनाको अनुगमन गर्न एक उच्चस्तरीय छानबिन टोली गठन गरेको छ।

घटनाको अनुसन्धान प्रक्रियाबारे थुप्रैतिरबाट सन्देह र आलोचना भएपछि आयोगले यसबारे अनुगमन समिति गठन गरेको जनाएको छ।

“सम्बन्धित सबै पक्षले गरेका काम कारबाही प्रति व्यापक असन्तुष्टि प्रकट भएका कारण हामीले यस घटनाको अनुसन्धान कसरी भइरहेको छ भन्ने अनुगमन गर्न लागेका हौँ,”आयोगका निर्देशक टिका राम पोखरेलले भने।

त्रिवि उपकुलपतिमा ३ जना सिफारिस

TU Nepal
Source: Getty

गत भदौको पहिलो साता देखि रिक्त रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिमा तीन जनाको नाम सिफारिस भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलको संयोजकत्वमा गठित समितिले शुक्रवार प्रधानमन्त्री समक्ष डा.भगवान् कोइराला, डा.धर्मकान्त बास्कोटा र डा.चन्द्रमनि पौडेलको नाम सिफारिस गरेको हो।

डा.कोइराला मुटु रोग विशेषज्ञ हुन,डा.बास्कोटा नाक-कान-घाँटी विशेषज्ञ हुन् भने डा.पौडेल राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष हुन्। हाल त्रिविसहित सात वटा विश्वविद्यालयमा उपकुलपतिको पद रिक्त रहेको छ।

 

नेपालमा युरो ६ मापदण्डको  पेट्रोल

नेपाल आयल निगमले युरो -६ पेट्रोल आयात गर्ने भएको छ। हाल नेपालमा युरो-४ मापदण्डको पेट्रोल प्रयोगमा रहेको छ। युरो -४ सञ्चालनमा आएको पनि केही वर्ष मात्र भएको छ।

नेपालले इन्डियन आयल कर्पोरेसन पहिलो पटक २० किलो लिटर युरो -६ तेल आयात गरेको छ र त्यो बुधवार भैरहवा आइपुगेको छ। ग्राहकको मागमा त्यस्तो तेल ल्याएको निगमले जनाएको छ। साथै वातावरण प्रदूषणलाई न्यूनीकरण गर्नका लागि पनि उच्च प्रविधिको तेल आयात गर्न लागिएको सरकारले जनाएको छ।

 

सन्दीप द हन्ड्रेडको ड्राफ्टमा

2019 Big Bash Cricket League Melbourne Stars v Sydney Sixers Feb 10th
2019 Big Bash Cricket League Melbourne Stars v Sydney Sixers Feb 10th Source: Getty

नेपालका स्टार क्रिकेट खेलाडी सन्दीप लामिछाने इंग्ल्याण्ड र वेल्समा हुने द हन्ड्रेड फ्रेन्जाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परेका छन्।

सन् २०२०को जुलाई देखि अगस्टसम्म आयोजना गर्न आयोजकहरूले प्रस्ताव गरेको उक्त प्रतियोगिताको ड्राफ्टमा सन्दीपले आफूलाई १ लाख पाउन्डको वर्गको खेलाडीमा राखेका छन्।

नेपाल खुला दिसा मुक्त राष्ट्र

नेपाल खुला दिसामुक्त राष्ट्र भएको सरकारले घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार उक्त घोषणा गरेका हुन्।

उक्त समारोहलाई सम्बोधन गर्दै उनले नेपाल खुला दिसामुक्त राष्ट्र भएकोमा सबैलाई बधाई दिँदै भने, “यो महत्त्वपूर्ण क्षण हो।

"समृद्ध नेपाल र सुखी नेपाली यो राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न हामले एउटा अभियान सञ्चालन गरेका छौँ त्यो हो नेपाल हरेक दिन एक कदम अगाडी। आज नेपाल यस कदम मार्फत स्पष्ट रूपमा एकदम अगाडी बढेको छ।”

सरकारले सन् २०११ सालबाट हरेक जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सुरु गरेको थियो र सन् २०१९ सम्म आइपुग्दा, नेपालले आधारभूत सरसफाइको आधारभूत मापदण्ड स्वरूप शतप्रतिशत घरमा चर्पी निर्माण भएकोले यस्तो घोषणा गरिएको अधिकारीहरूले बताएका छन्।

 


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now