SKIP TO MAIN CONTENT

वान नेशन र बन्दुक विवाद: अमेरिकाबाट रकम लिन खोजेको आरोप

Queensland Senator and One Nation leader Pauline Hanson speaks.
Pauline Hanson has staunchly defended herself and her colleagues over remarks in a documentary. Source: AAP

केही दिन अगाडी सार्वजनिक भएको एक भिडियोमा वान नेशन पार्टीका दुई प्रमुख सदस्यहरूले अमेरिकाका बन्दुकका विषयमा लबी गर्नेहरूबाट पार्टीले चन्दा पाउन सक्ने सम्भावनाका बारेमा कुरा गरिएको रेकर्ड भएको छ। उक्त भिडियो सार्वजनिक भए पश्चात् अस्ट्रेलियाका प्रमुख पार्टीहरूले अस्ट्रेलियाको बन्दुक सम्बन्धी कानुनी प्रावधानलाई बेच्न खोजिएको बताएका छन् भने भिडियोमा देखिएका वान नेशनका अधिकारीहरूले भने आफूहरूलाई गलत चित्रण गरिएको बताएका छन्।


Published

Updated

Source: SBS



Skip to podcast episode content

केही दिन अगाडी सार्वजनिक भएको एक भिडियोमा वान नेशन पार्टीका दुई प्रमुख सदस्यहरूले अमेरिकाका बन्दुकका विषयमा लबी गर्नेहरूबाट पार्टीले चन्दा पाउन सक्ने सम्भावनाका बारेमा कुरा गरिएको रेकर्ड भएको छ। उक्त भिडियो सार्वजनिक भए पश्चात् अस्ट्रेलियाका प्रमुख पार्टीहरूले अस्ट्रेलियाको बन्दुक सम्बन्धी कानुनी प्रावधानलाई बेच्न खोजिएको बताएका छन् भने भिडियोमा देखिएका वान नेशनका अधिकारीहरूले भने आफूहरूलाई गलत चित्रण गरिएको बताएका छन्।


विवादास्पद अभिव्यक्ति दिएर बेला बेलामा विवादमा आइरहने पोलिन ह्यान्सन नेतृत्वको वान नेशन पार्टी फेरी एक पटक विवादमा तानिएको छ।

अल जजिरा टेलिभिजनका पत्रकार अस्ट्रेलियाली रोजर मुलर अस्ट्रेलियाको कडा बन्दुक सम्बन्धी कानुनलाई लचिलो बनाउनु पर्ने विषयको वकालत गर्ने व्यक्तिका रूपमा आफूलाई प्रस्तुत गर्दै आएका थिए।

मुलरले अघिल्लो वर्ष वाशिंगटनमा वान नेशनका अधिकारीहरू जेम्स एश्बी र स्टिभ डिक्सनको अमेरिकाका बन्दुक सम्बन्धी लबी गर्ने समूहसँग भेट गराउने प्रबन्ध मिलाएका थिए।

उक्त भेटघाटमा शक्तिशाली नेशनल राइफल एसोसिएसन र राजनीतिक दलहरूलाई चन्दा दिने प्रमुख दाता कोक इन्डस्ट्रिज पनि सहभागी रहेका थिए।

र उक्त भेट र कुराकानीको भिडियो सार्वजनिक भएपछी यो विषय विवादित बनेको थियो।

के थियो त भिडियोमा ?

Secret recordings have revealed senior One Nation party figures seeking millions from NRA in bid to soften gun laws
Secret recordings have revealed senior One Nation party figures seeking millions from NRA in bid to soften gun laws Source: Screen shot of the Secret recording

लुकाएर राखिएको क्यामेरामा कैद भएको भिडियोमा स्टिभ डिक्सनले वान नेशनले संसद्मा शक्ति सन्तुलन पाए अस्ट्रेलियाको कडा बन्दुक सम्बन्धी कानुनलाई प्रभाव पार्न सक्ने भनी नेशनल राइफल एसोसिएसनलाई बताएका छन्।

त्यस्तै जेम्स एश्बीले दुई करोड अमेरिकी डलर यदि वान नेशन पार्टीलाई चन्दा दिइए अस्ट्रेलियाको तल्लो र माथिल्लो दुवै सदनमा पार्टीको प्रभाव रहने बताएका छन्।

साथै उनले यो कुराकानीका बारेमा समाचार बाहिर आए यो विषय निकै विवादित बन्ने समेत स्वीकार गरेको रेकर्ड भएको छ।

१९९६ मा भएको पोर्ट आर्थर नरसंहार पश्चात् तात्कालिन प्रधानमन्त्री जोन हवार्ड र उप प्रधानमन्त्री टिम फिशरले ल्याएको कडा बन्दुक सम्बन्धी कानुनी व्यवस्थालाई खुकुलो बनाउन सक्ने सम्भावना बारे वान नेशनका अधिकारीहरूले प्रस्ताव गरेको अल जजिराको उक्त भिडियोमा देखिएको छ।

अस्ट्रेलियाको कडा बन्दुक सम्बन्धी कानुनलाई खुकुलो बनाउने प्रयास र त्यसका लागी एनआरए सँग रकम लिने प्रयास गरेको बारे सर्वत्र आलोचना भएको छ।

र उक्त कदमको आलोचना गर्दै प्रधानमन्त्री स्कट मोरिशनले भने :

"वान नेशनलाई मतदान नगर्नु पर्ने धेरै कारणहरू छन्। यसको लामो फेहरिस्त छ। र आज त्यसलाई थप प्रमाणित गरेको छ, वान नेशनका अधिकारीहरूले अस्ट्रेलियाको बन्दुक सम्बन्धी कानुनलाई विदेशीहरूलाई बेच्ने प्रयास गरेका रिपोर्ट आएको छ।"

आफ्नो राजनीतिक भविष्यलाई नै जोखिममा राख्नु परेको उक्त विषयमा प्रतिक्रिया दिँदै टिम फिशरले एनआरए लाई अस्ट्रेलियाको राजनीतिलाई प्रभाव पार्न प्रयासरत 'विष'को संज्ञा दिए।

विपक्षी नेता बिल शर्टन पनि उक्त खुलासा बारे आफ्नो प्रतिक्रिया दिएका छन्।

उनले वान नेशनको यो कदमको आलोचना गर्दै यो प्रधानमन्त्री स्कट मोरिशनको पनि परीक्षाको समय भएको जनाएका छन्।

उनले आगामी सङ्घीय निर्वाचनमा लिबरललाई कसरी मत हाल्ने भन्ने बारे जानकारी दिने पर्चामा वान नेशनलाई अन्तिम स्थानमा राख्नु पर्नेमा जोड दिएका छन्। 

भिडियो सार्वजनिक भई सर्वत्र आलोचना हुन थाले पछि एश्बी र डिक्सनले पनि सो विषयमा आफ्नो प्रतिक्रिया दिएका छन्।

एश्बी र डिक्सनको भनाइ

One Nation party officials Steve Dickson (left) and James Ashby
One Nation party officials Steve Dickson (L) and James Ashby claim they were drunk and set up. (AAP) Source: AAP

एश्बीले अल जजिराको उक्त भिडियो रेकर्ड भएको समयमा आफूले मदिरा सेवन गरेको त्यही समयमा यो एक कुराकानी भएको बताएका छन्। उनले उक्त कुराकानी कुनै सम्भावित दातासँग नभएकोमा पनि जोड दिएका छन्।

त्यस्तै डिक्सनले भने यो विवादास्पद भिडियो बनाउने स्रोत माथि नै प्रश्न उठाएका छन्।

उनले अल जजिरा प्रोडक्सन कतार सरकारको स्वामित्व रहेको भन्दै यसलाई अस्ट्रेलियाको राजनीतिमा विदेशी शक्तिको हस्तक्षेप भनेका छन्।

उनले भने, "यो मान्छे (पत्रकार रोजर मुलर) एक मध्य पूर्वी राष्ट्रको अल जजिरामा आबद्ध भएर अस्ट्रेलियाली गुप्तचरका रूपमा अस्ट्रेलियाली राजनीतिमा हस्तक्षेप गर्ने व्यक्ति हुन सक्ने मैले सपनामा पनि सोचेको थिइन।"

वान नेशनले अल जजिरा वैध मिडिया नभएको भन्दै यो विषयलाई राष्ट्रिय सुरक्षा सङ्गठनमा थप छानबिनका लागी पठाइएको बताएको छ।

डिक्सन र एश्बी दुवैले अल जजिरको रिपोर्टमा प्रस्तुत भएका केही विषयलाई पूर्णतया खण्डन गरेका छन्।

साथै उनीहरूले पार्टीले पाउने चन्दाका बारेमा अन्तिम निर्णय आफूहरूले नभएर पोलिन ह्यान्सनले लिने पनि बताएका छन्।

एश्बीले एनआरए सँग राजनीतिलाई प्रभाव पार्ने तरिका बारे सिक्न छलफल गरेको भन्दै उनीहरूको नीति अपनाउने वा उनीहरूबाट रकम लिने कुनै उद्देश्य नरहेको बताएका छन्।

नोभेम्बरमा मात्र सङ्घीय संसबाट राजनीतिमा विदेशी चन्दालाई प्रतिबन्ध लगाउने प्रस्ताव वान नेशन पार्टीको समर्थनमा नै पारित भएको एक महिना पश्चात् अर्थात् २०१८ को सेप्टेम्बर महिनामा उक्त भेट भएको थियो।

र यो भेटको चाँजो पाँजो मिलाउने व्यक्ति थिए अस्ट्रेलियाली रोजर मुलर।

को हुन् रोजर मुलर ?

Two prominent members of the One Nation party have drawn widespread condemnation after being caught on video by an undercover journalist talking about possible donations to the party from US gun lobbyists.
Two prominent members of the One Nation party caught on video by an undercover journalist Source: Al Jazeera

अल जजिरा टेलिभिजनका पत्रकार अस्ट्रेलियाली रोजर मुलरले अस्ट्रेलियाको कडा बन्दुक सम्बन्धी कानुनलाई लचिलो बनाउनु पर्ने विषयको वकालत गर्ने व्यक्तिको रूप धारण गरेका थिए।

आफूले तिन वर्ष देखि दोहोरो जीवन बिताइरहेको बताउने अल जजिराका पत्रकार मुलरले यो विषयको गहिराई सम्म पुग्न अस्ट्रेलियामा बन्दुक सम्बन्धी कानुन खुकुलो बनाइनु पर्ने पक्षमा वकालत गर्ने गरेका थिए।

जसको प्रमुख उद्देश्य भनेको शक्तिशाली नेशनल राइफल एसोसिएसनको विश्वास जित्नु र त्यससँग नजिकिनु रहेको थियो।

२०१५ देखि योजनामा संलग्न रहेका मुलरले अस्ट्रेलियाको कडा बन्दुक सम्बन्धी कानुन लाई खुकुलो बनाउन दबाब दिने समूहका रूपमा 'गनस् राइट अस्ट्रेलिया' नामक समूह निर्माण गरेका थिए।

र योजना अनुरूप उनी एनआरएको विश्वास जित्न पनि सफल भए।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now