SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको वृद्ध स्याहार क्षेत्रमा शाही आयोगको अनुसन्धान सुरु

Media watch the first public hearing in the federal government's Royal Commission for Aged Care Quality and Safety at the Roma Mitchell Commonwealth Law Court Building in Adelaide, Friday, January 18, 2019. (AAP Image/Kelly Barnes) NO ARCHIVING
Media watch the first public hearing in the federal government's Royal Commission for Aged Care Quality and Safety in Adelaide. (AAP Image/Kelly Barnes) Source: AAP

बृद्ध स्याहार केन्द्रहरूमा भएका अनियमितताका बारेमा आफ्ना गुनासाहरू शाही आयोग समक्ष राख्न पिडित र उनीहरूका परिवारलाई आह्वान गरिएको छ। एक बर्ष सम्म चल्ने बृद्ध स्याहार केन्द्रहरू माथिको अनुसन्धानको सुरुवात एडिलेडबाट गरिएको छ।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

बृद्ध स्याहार केन्द्रहरूमा भएका अनियमितताका बारेमा आफ्ना गुनासाहरू शाही आयोग समक्ष राख्न पिडित र उनीहरूका परिवारलाई आह्वान गरिएको छ। एक बर्ष सम्म चल्ने बृद्ध स्याहार केन्द्रहरू माथिको अनुसन्धानको सुरुवात एडिलेडबाट गरिएको छ।


वृद्ध स्याहार केन्द्रहरूमा दुर्व्यवहार हुने गरेका कथित विवादास्पद घटनाहरू एक पछि अर्को गर्दै सार्वजनिक भएपछि  गठन भएको शाही आयोगको अनुसन्धानको सुरुवात एडिलेडबाट गरिएको भए पनि गुनासाहरूको सुनुवाइ भने देश भर नै हुनेछ।

र यस्ता सुनुवाइहरूको प्रमुख उद्देश्य यस क्षेत्रका व्यवस्थाहरूमा रहेका समस्याहरूको पहिचान गर्नु रहेको छ।

विशेष गरी पीडित माथि शारीरिक र मानसिक दुर्व्यवहार गरिएको, बेवास्ता गरिएको, आवश्यकता भन्दा बढी औषधिहरू खुवाइएको र शारीरिक रूपमा नियन्त्रणमा राखिएको लगायतका घटनाहरू को खुलासा भएका थिए।

A demonstration on the occasion of World Elder Abuse Awareness Day
Indian elderly people hold placards as they attend a demonstration on the occasion of World Elder Abuse Awareness Day. Source: AAP Image/EPA/Jagadeesh NV

यस अनुसन्धानमा आबद्ध कमिश्नरहरू मध्येका एक लीनेल ब्रिग्सले कस्तो किसिमको आदर्श परिवेश निर्माण गर्नमा वृद्ध स्याहार केन्द्रहरू केन्द्रित हुनु पर्छ भन्ने बारे यस्तो बताइन।

"यस्तो प्रणाली जहाँ सेवाहरू दयालु हुन्, सेवा योजना व्यक्तिगत आवश्यकतालाई हेरेर निर्धारण गरियोस् र त्यो उच्च श्रेणीको होस्।"

उनले त्यो आदर्श सेवा र अहिले प्रदान गर्दै आइएको सेवा प्रणाली बिचको भिन्नता देखाउँदै यथार्थमा यो प्रणालीका केही पक्षहरूमा धेरै कमजोरीहरू रहेको बताएकी छन्।

विशेष गरी पीडित माथि शारीरिक र मानसिक दुर्व्यवहार गरिएको, बेवास्ता गरिएको, आवश्यकता भन्दा बढी औषधिहरू खुवाइएको र शारीरिक रूपमा नियन्त्रणमा राखिएको लगायतका घटनाहरू को खुलासा भएका थिए।

अर्का कमिश्नर रिचार्ड ट्रेसीले यो अनुसन्धान जीवनमा एक पटक मात्र आउने अवसर हो जसले वृद्ध अस्ट्रेलियालीहरूका लागी गुणस्तरीय जीवन निर्माण गर्न मद्दत गर्छ भनेका छन् ।

एज्ड़ केयर मन्त्री केन व्याटले शाही आयोगले दिने सुझावहरूले आगामी दिनमा महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गरेका छन्।

उनले नियमहरूको कमीका कारण अस्ट्रेलियाका वृद्ध वृद्धालाई हानी पुगिरहेको पनि बताएका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now