SKIP TO MAIN CONTENT

सप्तपरी: नेपालका ७ युवा महिला नेत्रीहरु अस्ट्रेलिया आउँदै

Spatapari
Source: Facebook/Usha Kiran Bariya Pokharel

उषा किरण बरिया पोखरेलले नेपालबाट सात गतिशील महिलाहरुलाई नारी सशक्तिकरणको नमुनाका रुपमा प्रस्तुत गर्ने गरी अस्ट्रेलियाको सिडनीमा "सप्तपरी" नामको एक कार्यक्रम आयोजना गर्न लागि रहनुभएको छ। एसबीएस नेपालीसँगको कुराकानीमा श्रीमती पोखरेलले नारी विरुद्धको हिंसा र भेदभाव भन्दा महिला सशक्तिकरणको महत्वका साथै सकारात्मक भावना माथि जोड दिने अनुरुपले उक्त कार्यक्रम आयोजना गरिन लागेको बताएकी छिन् । आगामी जुलाई २८ तारिखका दिन सिड्नी टाउन हलमा आयोजना हुन लागेको उक्त कार्यक्रमा नेपालबाट विभिन्न क्षेत्रमा सफल ७ महिला नेत्रीहरू आउँदै हुनुहुन्छ। जीवनमा अनेकौं संघर्षका क्षण आइपरे पनि कसरी हिम्मत र आँट गर्नुपर्छ भन्ने कुरा नेपाली युवाहरू माझ व्यक्त गर्न तथा उनीहरुलाई उत्प्रेरित गर्नको लागि उक्त कार्यक्रम महत्वपूर्ण कोसेदुङ्गा हुनसक्ने विचार पनि पोखरेलको छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now