यो वर्ष अस्ट्रेलियाको बहुसांस्कृतिक सार्वजनिक प्रसारण संस्था एसबीएसले आफ्नो स्थापनाको स्वर्ण जयन्ती मनाइरहेको छ। यसैक्रममा सन् २००३ देखि सुरू भएको एसबीएस नेपाली सेवाका पहिलो प्रसारक, पत्रकार तथा प्रमुख भएर काम गर्नुभएका सहकर्मी रेजिस अर्यालसँग उनले २० वर्षभन्दा अगि पहिलो पटक एसबीएसमा काम सुरू गर्दाको अनुभव, तत्कालिन समयमा स्थानीय समुदाय तथा सामुदायिक संस्थाहरूबाट पाएको समर्थन, सुझाव र सहयोग लगायतका विषयमा गरिएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।
Share





