६ वर्ष सम्म चलेको अनुसन्धान पछि सङ्घीय स्विस वकिलहरूले जालसाजी गरी झुटा कागजात र आपराधिक अपचलनका लागि मुद्दा चलाएका हुन्।
यो मुद्दा सन् २०११ जनवरीको एक घटना सँग जोडिएको छ जहाँ मिसेल प्लाटीनीले फिफा सँग केही रकम भुक्तानीका लागि अनुरोध पत्र लेख्छन् र प्रतिक्रियामा फिफाका लागि अध्यक्ष पदको दोस्रो कार्यकालका लागि प्रचार गरिरहेका सेप ब्लाटरले त्यसलाई स्वीकृत गरिदिन्छन्।
अहिले स्विजरल्याण्डका महान्यायाधिवक्ता यी दुई पदाधिकारी माथि गलत नियत राखी जालसाजी र ठगी गरेको आरोप लगाइरहेका छन्।
“जाली कागजात र आपराधिक दुरुपयोग कारण फिफाको सम्पत्ति माथि क्षति पुग्नुका साथै गैर कानुनी रूपमा प्लाटीनीलाई समृद्ध बनायो,” उनले भने।
घटना लगत्तै फिफाको आचारसंहिता सम्बन्धी कमिटीले यो जोडीलाई खेलमा ६ बर्से प्रतिबन्ध लगाएको थियो।

महान्यायाधिवक्ता अनुसार अनुसन्धानबाट के देखिएको छ भने परामर्शदाताका हैसियतमा प्लाटीनीले फिफा सँग जुन रकमको माग गरेका थिए उक्त रकम पहिले नै भुक्तानी पाईसकेका थिए।
तर ब्लाटर र प्लाटीनी दुवैले कुनै पनि गलत कार्य नगरेको दाबी छन् ।
उनीहरूले उक्त रकम तिर्न मौखिक सम्झौता भएको कुरा पनि बताएका छन्।
हामीले एन्फाका पूर्व कोषाध्यक्ष एवम् राष्ट्रिय खेलाडी समेत रहिसकेका राजु मानन्धरसँग यस विषयामा गरिएको कुराकानी सुन्नुहोस्nullहाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
८५ बर्सिया ब्लाटर भन्छन्,“म आशाका साथ सङ्घीय आपराधिक अदालतमा मुद्दाको प्रतीक्षामा छु,मलाई विश्वास छ यो कथाको अन्त्य हुनेछ र सबै तथ्यहरूको समाधान ठिक सँग हुनेछ।”
ब्लाटर यतिखेर स्वास्थ्य समस्याहरूबाट गुज्रिरहेका छन् ।

यता ६६ बर्सिया प्लाटीनीले पनि एक वक्तव्य जारी गदै भने,“म यी निराधार र अन्यायपूर्ण आरोपहरुहरुलाई पूर्ण रूपमा चुनौती दिन्छु।”
केही जानकारहरूका अनुसार भने यो मुद्दा फुटबल क्षेत्रका लागि मात्र नभई आफैमा एउटा ऐतिहासिक निर्णय पनि हुन सक्छ।
क्यारिन अर्डवे क्यानबेरा विश्वविद्यालय अन्तर्गत खेलकुदको निष्ठा सम्बन्धी विषयमा दक्षता राख्छिन्।
उनका अनुसार स्विस वकिलहरूले मुद्दा चलाउनुको अर्थ विश्व खेल जगतमा एउटा सन्देश जानु हो,जसले आफ्नो कर्मका लागि जो कोही भागीदार हुनुपर्छ भन्ने हो।
उनले एसबीएस सँग भनिन् कि ती जोडी माथिको गम्भीर आरोपका लागि जेल सजाय पनि हुन सक्छ।
स्विस मुद्धाहरुको किनारा लाग्न बर्सौ लाग्ने भएता पनि आरोपित पदाधिकारीहरू यसै महिना अदालतमा उपस्थित हुने सम्भावना रहेको छ।






