जर्मनीमा सिरियल किलर र पूर्व नर्स नील्स हगिल ८५ जनाको हत्यामा दोषी करार गर्दै आजीवन कारावास सजाय सुनाइएको छ।
सिरियल किलर नील्स हगिललाई जर्मनीको अदालतले आफू नर्स भई अस्पतालमा कार्यरत रहँदा ८५ जनाको हत्या गरेको दोषी भएको पाएको छ।
अस्पतालमा रहेका ८५ बिरामीहरूका हत्यारा हगिल अदालतले आजीवन कारावास सजाय सुनाएको हो।
४२ वर्षीय पूर्व नर्स रहेका हगिलले बिरामीहरूलाई कार्डियाक अरेस्ट वा मुटुले एक्कासि आफ्नो काम गर्न बन्द गर्ने गरी औषधिको घातक मात्रा दिने गरेको र बिरामी अचेत भए पछि उनीहरूलाई बचाउने प्रयास गर्ने गरेको बताइएको छ।
हगिलले १९९९ देखि २००२ सम्म ओल्डेनबर्ग स्थित एक अस्पतालमा काम गरेका थिए। त्यसपछि नजिकैको डल्मेनहर्स्टमा रहेको अर्को अस्पतालमा २००३ देखि २००५ सम्म नर्सको रूपमा काम गरेका थिए।
र ती दुवै अस्पतालमा २००० देखि २००५ सम्म हत्याका घटनाहरू भएको समाचारहरूमा जनाइएको छ।
उनको घातक क्रियाकलाप त्यतिखेर मात्र बन्द भयो जब उनका सहकर्मी नर्सले उनलाई एक बिरामीलाई गलत औषधिको सुई लगाइरहेको भेटे।

पीडित परिवारहरूका प्रवक्ता क्रिस्टियन माबाह्क भन्छन् उक्त अपराधले पुर्याएको चोट यति ठुलो छ कि जस्तो सुकै फैसलाले पनि त्यसलाई निको पार्न सक्दैन।
हगिल को प्राथमिक चार्ज सिटमा १०० जना बिरामीहरूको हत्या गरेको आरोप लागेको थियो, जसमध्ये उनले ४३ जनाको आफूले नै हत्या गरेको स्वीकारेका थिए।
फ्रान्क ब्रिन्कर्सका पिता पनि हगिलको कर्तुतको सिकार भएको हुन सक्ने सोचिएको थियो तर उक्त उजुरीलाई अन्य १४ वटा मुद्दाहरूसँगै पर्याप्त प्रमाण नभएको भन्दै ती मुद्दाहरूमा चाहिँ दोषी नपाइएको ठहर गरेको छ ।
ब्रिन्कर्स त्यति लामो अदालती दौडधुप पश्चात् पनि आफ्ना पिताको मामलामा भने दोषी करार नगर्नु आफ्नो लागी दुखद भएको बताउँछन्।
ब्रिन्कर्सकि वकिल सब्रिना लिंड्भेर भन्छिन् यो अत्यन्त निराशाजनक परिणाम हो।
"सर्ब प्रथम यो ठुलो झट्का थियो। अब हामीले निर्णय लिनु पर्छ हामी यो निर्णयको विरुद्ध केही गर्छौँ कि गर्दैनौ भनेर। किनभने श्री ब्रिकर्सलाई यसबाट पटक्कै सन्तुष्टि मिलेको छैन।"
जर्मनको आधुनिक इतिहासमा नै यति धेरै मानिसहरूको हत्या गरेका हगिललाई उनको सजाय सुनाइ सकिएको छ। तर क्रिस्टियन मार्बक भन्छन् यो विषय अन्त्यबाट धेरै टाढा रहेको छ।
उनी भन्छन् अब अर्को कदम भनेको हगिल कार्यरत अस्पताल वा उनी सँगै काम गर्ने उनका सहकर्मीहरू कसैलाई उनको क्रियाकलाप बारे थाहा भएको वा बन्द गर्न असफल भएको हो कि भन्ने बारे बुझ्नु पर्ने छ।
यदि त्यस्तो भएको हो रहेछ भने उनीहरूले पनि जिम्मेवारी लिनु पर्छ।




