Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

यौन दुराचारीहरूको परिचय सहितको सार्वजनिक सुची बनाइने

Victorian parents would be able to obtain photos of serious sex offenders in their suburb under a policy proposed by the state's opposition.

सङ्घीय सरकारले बाल यौन दुराचारीहरूको सुची सार्वजनिक रूपमा हेर्न सकिने गरी राखिने बताएको छ। उक्त सुचीमा दोषी करार गरिएकाहरूको नाम, तस्बिर र उनीहरू बस्ने स्थानको पोस्ट कोड राखिने बताइएको छ।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


सङ्घीय सरकारले बाल यौन दुराचारीहरूको सुची सार्वजनिक रूपमा हेर्न सकिने गरी राखिने बताएको छ। उक्त सुचीमा दोषी करार गरिएकाहरूको नाम, तस्बिर र उनीहरू बस्ने स्थानको पोस्ट कोड राखिने बताइएको छ।


केही दिन अगाडी सङ्घीय गृह मामिला मन्त्री पिटर डटनले एक पत्रकार सम्मेलन मार्फत बाल यौन दुराचारीहरूको - सार्वजनिक रूपमा हेर्न सकिने - एक रेजिस्टर स्थापना गर्ने बताएका थिए।

उक्त रेजिस्टरमा यौन दुराचारको आरोपमा दोषी ठहर भएका हरूको नाम, तस्बिर र उनीहरू बस्ने ठाउँको पोस्ट कोड सार्वजनिक गरिने मन्त्री डटनको भनाइ थियो।

तर राष्ट्रिय स्तरमा सुरु गरिने उक्त सुची प्रति मिश्रित समर्थन रहेको आफूले बुझेको पनि उनले बताएका थिए।

तापनि यदि यस्तो सुचीले एक जना बच्चालाई पनि यौन दुराचारी बाट बचाउन सकिए - त्यसलाई लागु गर्नु महत्त्वपूर्ण साबित हुने डटनको भनाइ थियो।

सङ्घीय सरकारको योजना अनुसार - एक वेबसाइटमा यौन दुराचारीहरू बारे जानकारी सार्वजनिक गरिने छ.

तर उनीहरूको घरको ठेगाना नभई खालि उनीहरू बस्ने सबर्बको पोस्ट कोड मात्र सार्वजनिक गरिने पनि गृह मामिला मन्त्रीले जोड दिएका छन्.

यसले बाल बालिकाहरूको अधिकार र मानिसहरूको गोपनीयता सम्बन्धी अधिकारलाई पनि सुनिश्चित गर्ने डटन बताउँछन्।

Bravehearts founder Hetty Johnston says Peter Dutton's proposed national register of child sex offenders is a political stunt.
Bravehearts founder Hetty Johnston says Peter Dutton's proposed national register of child sex offenders is a political stunt. Source: AAP

यो धेरै कडा वा धेरै कम्जोर नीति नभएकोले यसले सही सन्तुलन अपनाउने उनले बताए।

मन्त्री डटन का अनुसार सन् दुई हजार सत्र र अठारको समयमा अस्ट्रेलियामा बाल यौन शोषण सम्बन्धी अपराधहरूमा झन्डै असी प्रतिशतले वृद्धि भएको छ।

यौन दुराचारीहरूको राष्ट्रिय सुची सार्वजनिक गर्न सङ्घीय सरकारलाई राज्य सरकारहरूको पनि समर्थन रहनु पर्ने हुन्छ।

विशेष गरी राज्यका प्रहरी द्वारा उक्त रेजिस्टरमा मानिसहरूको नाम राख्नु पर्ने हुन्छ।

हुन त अहिले भिक्टोरिया, वेस्टर्न अस्ट्रेलिया र नर्दर्न टेरीटोरीमा सङ्घीय सरकारको प्रस्ताव झैँ योजनाहरू सञ्चालनमा रहेका छन्।

साथै बाल शोषणमा संलग्नहरू बारे जानकारी रहेको एक राष्ट्रिय प्रणाली अहिले सञ्चालनमा पनि रहेको छ।

तर उक्त प्रणाली अहिले खालि प्रहरी निकायहरूले मात्र प्रयोग गर्न सक्दो छन्।

यस कारण पनि केही पक्ष द्वारा मन्त्री डटनको पछिल्लो घोषणाको आलोचना गर्दै, सरकारले उक्त विषयलाई राजनीतिक फाइदाको लागि प्रयोग गरेको आरोप लगाएका छन्।

बाल संरक्षण गैर सरकारी निकाय ब्रेभहार्ट्स कि संस्थापिका हेट्टी जोन्स्टोन दुराचारीहरूको परिचय सार्वजनिक गर्नुले खालि समुदायलाई सुरक्षाको झुटो आश्वासन मात्र दिने बताउँछिन्।

साथै यस प्रकारका गतिविधि सामाजिक समाधान भन्दा राजनीतिक समाधानका लागि मात्र भएको पनि उनले आरोप लगाइन।

मेलबर्न स्थित आर.एम.आइ.टि विश्वविद्यालयमा अनुसन्धानकर्मीको रूपमा कार्यरत रहेकी म्यरीएट मर्टिनोभिक भन्छिन् कि राष्ट्रिय डाटाबेसले यौन दुराचारीहरूलाई समुदाय बाट अलग्ग्याउनुका साथै उनीहरूले आफ्नो अपराधलाई दोहोर्याउने सक्ने सम्भावनालाई पनि बढाउँदछ।

उनका अनुसार आफ्नो अपराधका लागी सजाय भोगिसकेकाहरूले पनि एक समयमा आएर सामान्य जीवन बिताउन पाउनु पर्छ।

हाल संयुक्त राज्यमा यौन दुराचारीहरूको नाम रहेको राष्ट्रिय सुची सार्वजनिक रूपमा उपलब्ध रहेको छ।

उक्त सुचीमा व्यक्तिको नाम र तस्बिरका साथै उनीहरूको आवास र कार्यस्थलको ठेगाना र गाडीको दर्ता नम्बर पनि रहेको बताइएको छ।

बेलायतमा भने अभिभावकहरूले प्रहरी समक्ष कोही व्यक्ति बारे सोधपुछ गर्न सक्ने व्यवस्था रहेको छ।

अस्ट्रेलियामा चाहिँ विपक्षी लेबर पार्टीले राष्ट्रिय रेजिस्टर बारे सरकारी प्रस्ताव माथि आफूले बिचार गर्ने बताएको छ।

 

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now