Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

लैंगिकता र भाषा: क्वीयर व्यक्तिहरूलाई सम्बोधन गरिने नयाँ नेपाली शब्दहरू

Rukshana Kapali has been actively involved in the field on queer rights and Newa issues in Nepal.

Rukshana Kapali has been actively involved in the field on queer rights and Newa issues in Nepal. Source: Supplied

क्वीयर मानिसहरूलाई समाजमा स्वीकृत हुने उद्देश्यका साथ उनीहरूलाई सम्बोधन गर्ने नयाँ नेपाली शब्दहरूका साथ एक पुस्तक प्रकाशन भएको छ।


Published

Updated

By Sewa Bhattarai

Source: SBS




Share this with family and friends


क्वीयर मानिसहरूलाई समाजमा स्वीकृत हुने उद्देश्यका साथ उनीहरूलाई सम्बोधन गर्ने नयाँ नेपाली शब्दहरूका साथ एक पुस्तक प्रकाशन भएको छ।


पुरुषबाट महिला वा महिलाबाट पुरुष बनेका मानिसलाई के भनिन्छ? एकै शरीरमा नारी र पुरुष दुवैका अङ्ग भएका मानिसलाई के भनिन्छ?

जन्मिँदा देखिएको लिङ्ग अनुसार नै व्यवहार गर्ने मानिसलाई के भनिन्छ?

केही वर्ष अघिसम्म पनि नेपाली भाषामा यस्ता व्यक्तिका लागि शब्द थिएन। वा भनौँ, यस्ता अवधारणाहरूको बुझाइ नै थिएन।

अब भने सीमान्तीकृत यौन अभिमुखीकरण, लैङ्गिक पहिचान र यौन विशेषता भएका युवाहरूको समूह क्वीयर युथ ग्रुप र अन्तरलिङ्गी युवाहरूको समूह क्याम्पेन फर चेन्जले मिलेर एउटा पुस्तक तयार पारेका छन्, जसमा यस्ता अवधारणाको व्याख्या र विशेष शब्दहरू पाइन्छन्।

रिपोर्ट सुन्नुहोस्: nullहाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Queer Youth Group and Campaign for Change (Nepal) have published a book with information about the correct Nepali words to address queer people.
Queer Youth Group and Campaign for Change (Nepal) have published a book with information about the correct Nepali words to address queer people. Source: Supplied

पुस्तकमा बताइएको छ, पुरुषबाट महिला बनेका मानिसलाई पारलैङ्गिक महिला भनिन्छ भने महिलाबाट पुरुष बनेका मानिसलाई पारलैङ्गिक पुरुष भनिन्छ।

एकै शरीरमा नारी र पुरुष दुवैका अङ्ग भएका मानिसलाई अन्तरलिङ्गी भनिन्छ, र जन्मिँदा देखिएको लिङ्ग अनुसार नै व्यवहार गर्ने मानिसलाई त्याचलिङ्गी भनिन्छ।

यी मध्ये केही शब्द पछिल्लो दशकदेखि प्रचलनमा थिए भने केही शब्द शब्दकोष हेरेर र भाषाविदहरुसँग जानकारी लिएर तयार पारिएका हुन्। यस्ता शब्दको आवश्यकता बारे पुस्तककी एक जना सम्पादक पारलैंगिक महिला रुक्शना कपाली भन्छिन्,

"अङ्ग्रेजीमा चाहिँ ट्रान्स्जेण्डर भन्ने अनि नेपालीमा चाहिँ तेस्रो लिङ्गी भन्ने चलन एकदम थियो। मलाई व्यक्तिगत रूपमा त्यो एकदम खट्किराखेको थियो किनभने म आफूलाई त्यसरी चिनाउन चाहँदिन थिएँ। तर त्यो शब्द नै थिएन त के गर्ने? त्यसपछि मैले चाहिँ म नेपालीमा पार लिङ्गी भन्ने शब्द प्रयोग गर्छु भन्न थालेँ। त्यो शब्द चाहिँ त्यसरी सिर्जना भएको हो। यो सबै शब्दको त्यस्तै आ-आफ्नै इतिहास छ।"

विश्वभर नै क्वीयर मानिसहरूले यस्ता अभियान चलाएर नयाँ-नयाँ शब्दहरू प्रयोगमा ल्याएका छन्। नेपालमा सञ्चार माध्यम र आधिकारिक निकायहरूले यस्ता शब्द स्वीकार गर्नै बाँकी छ, र यी शब्दहरू बोलीचालीमा आउन समय लाग्न सक्ने देखिन्छ।

त्यसका लागि थप तीन वटा पुस्तक प्रकाशन गर्ने, चारै वटा पुस्तक विभिन्न सरकारी र गैर सरकारी संस्थाहरूमा बाँड्ने, र आफ्ना मागहरू संघीय र प्रदेश सरकारहरू सामु राख्ने कपाली बताउँछिन्।

पुस्तकमा यस्ता शब्द सम्बन्धी अरू पनि निर्देशन राखिएका छन्।

जस्तै, तेस्रो लिङ्गी भन्नु आजकाल अपमानजनक मानिने हुनाले त्यो शब्द प्रयोग नगर्ने, पार लिङ्गी भन्नुको सट्टा पारलैंगिक व्यक्ति भन्ने, आदि।

क्वीयर मानिसहरू समाजमा स्वीकृत हुनका लागि उनीहरूलाई सम्बोधन गर्ने भाषा फेरिनु एकदम जरुरी भएको कपाली बताउँछिन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now