गैर आवासीय नेपालीका लागि नेपालमा लगानी गर्ने वातावरण निर्माण हुनु जरुरी छ: शेखर गोल्छा

Shekhar Golchha FNCCI President Elect

Source: Facebook

नेपाल उद्योग वाणिज्य महासङ्घको भावी कार्यक्रम, विदेशी लगानीकर्ता र गैर आवासीय नेपालीका लागि नेपालमा अवसरबारे उक्त संगठनका भावी अध्यक्ष शेखर गोल्छासँगको कुराकानी


नेपाल उद्योग वाणिज्य महासङ्घ सरकार पछि देशैभर सञ्जाल भएको ठुलो संस्था हो। यो निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था पनि हो।

अब यसको नेतृत्व शेखर गोल्छाले गर्ने तय भएको छ।

उनले महासङ्घको अध्यक्ष स्वतः बन्ने गरी वरिष्ठ उपाध्यक्षको निर्वाचन ३ वर्ष अघि जितका थिए।

तर यसबिचमा उनलाई अध्यक्ष बन्न नदिन विधान संशोधनको तयारी भयो । तर विधान संशोधन गर्ने गरी कार्तिक मसान्तमा बोलाइएको विशेष अधिवेशन खारेज भयो र गोल्छा स्वतः अध्यक्ष बन्ने तय भएको छ ।

उनले नेपाल सम्वाददाता गोकर्ण अवस्थीसँग भावी कार्यक्रम, विदेशी लगानीकर्ता र गैर आवासीय नेपालीका लागि नेपालमा अवसरबारे कुराकानी गरेका छन् ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now