SKIP TO MAIN CONTENT

मृगबाट मुसा वर्गमा जाने तमु ल्होसार सिड्नी र मेलबर्नमा मनाइँदै

Tamu Lhochhar victoria_nepali community_ Nepali festival
Source: Supplied

हरेक बर्ष पौष १५ गते मनाइने तमु ल्होसार अस्ट्रेलियाका सिड्नी तथा मेलबर्नमा पनि धुमधामका साथ् मनाउने तयारी भइरहेको छ।


Published

Updated

Source: SBS


Skip to podcast episode content

हरेक बर्ष पौष १५ गते मनाइने तमु ल्होसार अस्ट्रेलियाका सिड्नी तथा मेलबर्नमा पनि धुमधामका साथ् मनाउने तयारी भइरहेको छ।


गुरुङ जातीको नयाँ वर्ष र एक प्रमुख चाड तमु ल्होसार नेपालमा मात्र नभएर गुरुङ समुदायको उपस्थिति रहेका अन्य राष्ट्रहरूमा पनि मनाउने गरिन्छ।

यस वर्ष  कै अवसर पारेर अस्ट्रेलियाको सिड्नी र मेलबर्नमा पनि विभिन्न सांस्कृतिक कार्यक्रमहरूका साथ मनाउने तयारी भई रहेको छ।

Tamu Lhochhar victoria_nepali community_ Nepali festival
Source: facebook/ Tamu Samaj Victoria

यो समुदायको छुट्टै पात्रो हुन्छ जसलाई तमु पात्रो भनिन्छ।

सो पात्रोमा १२ वटा वर्गहरू रहने गर्दछन् र हरेक ल्होसार पछि वर्ग परिवर्तन हुने गर्दछ।

तमु पात्रोमा मुसा, गाई, बाघ, बिरालो त्यस्तै गिद्ध, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग वर्गहरू रहने गर्दछ।

Tamu Lhochhar_nepali community_ Nepali festival
Source: Facebook/ तमु प्ये ल्हु संघ, कुवेत शाखा

तमु समाज सिड्नीका नव निर्वाचित अध्यक्ष दिनेश गुरुङले ल्होसारले गुरुङ समुदायमा निकै ठुलो महत्त्व राख्ने बताउँछन्।

"तमुहरूले तपाई कति वर्ष हुनुभयो भन्दा कसैले पनि साल भन्दैनौँ, कुन वर्ग हुनुहुन्छ त्यो भन्ने गरिन्छ।"

यस अर्थमा यो वर्ष पौष १५ अगाडी जन्मिएका बालबालिका मृग वर्गका हुन्छन् भने त्यस पछाडिका मुसा वर्गका हुनेछन्।

हुन त डिसेम्बर ३१ मङ्गलवार वास्तविक तमु ल्होसार भए पनि बिदाको  दिन परे धेरै जनाले सहभागिता जनाउन पाउने भन्दै सप्ताह अन्त्यमा मनाइने भएको छ। 

Tamu Lhochhar Sydney_nepali community_ Nepali festival
Source: facebook? Tamu Samaj Sydney

मेलबर्नमा २८ डिसेम्बर शनिवार भने सिड्नीमा जनवरी ४ को शनिवार ल्होसार मनाइँदै छ।

तमु समाज सिड्नीको कार्यक्रम हर्स्टभिलको मराना अडिटोरियममा बेलुका ५:३० बजे देखि सुरु हुदैँछ भने भिक्टोरियामा एस्टोनिएन हाउस, ब्रन्सविक वेस्टमा बेलुका ५ बजे देखि १० बजे सम्म हुन गइरहेको छ।  

मेलबर्नमा ल्होसार समारोहबारे बोल्दै आयोजक मध्येका एक तेज बहादुर गुरुङले आफ्नो जाति र संस्कृतिबारे नयाँ पुस्ताहरूलाई जानकारी दिन पनि यस्ता कार्यक्रमहरू आवश्यक हुने बताएका छन्।

तेज बहादुर गुरुङ र दिनेश गुरुङ सँग गरिएको पुरा कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now