Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाली फुटबल टोली आगामी विश्वकप फुटबलमा छनौट हुने ३१ औं टोली

Socceroos goalkeeper Andrew Redmayne is welcomed home by his wife Caitlin and daughter Poppy at Sydney International Airport in Sydney, Wednesday, June 15, 2022. (AAP Image/Dean Lewins) NO ARCHIVING

Socceroos goalkeeper Andrew Redmayne is welcomed home by his wife Caitlin and daughter Poppy at Sydney International Airport in Sydney, Wednesday, June 15, 2022 Source: AAP

पेरुलाई पेनाल्टी सुट आउटमा हराएसँगै अस्ट्रेलियाली फुटबल टोली विश्वकप फुटबलमा छनौट हुने ३१ औं टोली बन्न पुगेको छ।


Published

Updated

By Lucy Murray

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


पेरुलाई पेनाल्टी सुट आउटमा हराएसँगै अस्ट्रेलियाली फुटबल टोली विश्वकप फुटबलमा छनौट हुने ३१ औं टोली बन्न पुगेको छ।


कतारको अहमेद बिन अलि रङ्गशालामा अस्ट्रेलिया र पेरु विश्वकप छनौटका लागि भिडिरहँदा सिड्नीको चियर्सबारमा पेरुका समर्थकहरूको ठुलै उपस्थिति थियो।

उनीहरूले रात भरी जागराम रही उत्साहित भएर खेल हेरेका थिए।

“हामी पेरुलाई समर्थन गर्छौ तर अस्ट्रेलियाले जितेकोमा हामी उत्सव मनाउँछौ,” समर्थक मध्यकी एकले भनिन्।

यता मेलबर्नको फेडेरेसन स्क्वाएरमा पनि अस्ट्रेलियाली र पेरु समर्थकहरूको ठुलै उपस्थिति थियो।

मेलबर्नमा भेला भएका अधिकांस समर्थकहरूले अस्ट्रेलियाको समर्थन गरे।

बिहान करिब चार बजे सुरु भएको खेल जब अगाडी बढ्दै गयो दुवै टोलीका समर्थकहरूमा खुल्दुली बढ्दै गएको देखिन्थ्यो।

रिपोर्ट सुन्नुहोस्। null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

पेनाल्टी सुट आउट सुरु भएसँगै अस्ट्रेलिया समर्थकहरू लामबद्ध भएर एक अर्काको हात समाउँदै गरेका देखिन्थे।

अस्ट्रेलियाको जित पछि समर्थकहरूले निकै उत्साहित भएको प्रतिक्रिया दिएका थिए।

"यो अविश्वसनीय छ, हामीले आज गरेर देखायौँ, यसलाई वर्णन गर्ने म सँग शब्द छैन्।"

तर हारपछि मन कटक्क खाएको बताउने पेरुका समर्थकहरूले अस्ट्रेलियालाई छनौट खेलमा जितका लागि बधाई दिन भने कन्जुस्याइँ गरेनन्।

निकै नै प्रतिस्पर्धात्मक खेल पश्चात् अस्ट्रेलियाली टोली लगातार पाँचौ पटक विश्वकप खेलका लागि छनौट भएको छ।

सकरूजका तर्फबाट वैकल्पिक गोलकिपर एन्ड्रु रेडमेनले पेरुको अन्तिम पेनाल्टी रोकेपछि खेलमा नायक साबित बने।

५–४ गोल अन्तरले अस्ट्रेलियाले आफ्नो कब्जामा खेल पारेसँगै लगातार पाचौ पटक विश्वकपका लागि छनौट भएको छ।

उता अस्ट्रेलियाली प्रशिक्षक ग्राहम आर्नल्डले अस्ट्रेलियालीहरुले इतिहास रचेको दिन छुट्टी नै दिएर उत्सव मनाउनु पर्ने बताए।

“म प्रधानमन्त्री एन्थोनि एल्बनिजीलाई समक्ष सबैलाई छुट्टी दिन माग गर्छु, यो विश्वकप छनौट पर्नका लागि भएको सबैभन्दा ठुलो उपलब्धि हो,” आर्नल्डले भने।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now