यही अक्टोबर १० मा नेपाली राष्ट्रिय फुटबल टोली र अस्ट्रेलियाको सकरुज बिच क्यानबेराको जीआइओ रङ्गशालामा फिफा विश्व कप छनौट खेल हुन गइरहेको छ।
कतारमा हुन गइरहेको फिफा विश्वकप २०२२ को यात्रामा पहिलो घरेलु म्याच अन्तर्गत सकरुज नेपाल विरुद्ध खेल मैदानमा उत्रँदै छ।
दोस्रो चरणको विश्वकप छनौट प्रतियोगिता अन्तर्गत एसियन क्वालिफायरको घरेलु खेल अन्तर्गत नेपालले सेप्टेम्बर ५ मा कुवेत विरुद्ध खेल्ने छ।

तर घरेलु खेल भए पनि दशरथ रङ्गशालाको मर्मत कार्य जारी रहेकाले कुवेत सिटीमा गएर खेल्ने एन्फाले विज्ञप्ति निकाली जानकारी दिई सकेको छ।
घरेलु म्याच हुने समयमा एक मात्र अन्तर्राष्ट्रिय स्तरको स्टेडियम दशरथ रङ्गशालामा मर्मत कार्य भइरहँदा नेपाली टोलीले अवे म्याच खेल्नु पर्दा खेलाडीहरूमा कस्तो प्रभाव पर्छ र त्यो खेल लगत्तै ५ पटक फिफा विश्व कप खेली सकेको अस्ट्रेलियासँगको खेलमा नेपालबाट कस्तो आसा राख्न सकिन्छ लगायत विषयमा हामीले खेल पत्रकार प्रकाश तिमल्सिना सँग कुरा गरेका छौँ।
यो खेललाई लिएर खेलाडीहरूमा कस्तो उत्साह पाउनु भएको छ भनेर हामीले प्रकाश तिमल्सिनालाई सोधेका थियौँ ।



