Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

“हामी पनि कम छैनौँ भन्ने देखाउने अवसर”: अस्ट्रेलिया नेपाल फुटबल म्याच

Nepali football player Rohit Chand

Japan's Kouta Watanabe (R) vies for the ball with Nepal's Rohit Chand at the 2018 Asian Games on August 14, 2018. (ARIEF BAGUS/AFP/Getty Images) Source: AFP

सन् २०२२ मा आयोजना हुने फिफा विश्व कप र एसियाली कपको छनौट खेल अन्तर्गत सकरूज विरुद्ध क्यानबेरामा भिड्ने तयारीमा नेपाल रहँदा पत्रकार प्रकाश तिमिल्सिनाले भने रोहित चन्द र किरण चेम्जोङ जस्ता खेलाडीलेहरुले नेपालको खेल बलियो रहेको देखाउन सक्ने बताउँछन्।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


सन् २०२२ मा आयोजना हुने फिफा विश्व कप र एसियाली कपको छनौट खेल अन्तर्गत सकरूज विरुद्ध क्यानबेरामा भिड्ने तयारीमा नेपाल रहँदा पत्रकार प्रकाश तिमिल्सिनाले भने रोहित चन्द र किरण चेम्जोङ जस्ता खेलाडीलेहरुले नेपालको खेल बलियो रहेको देखाउन सक्ने बताउँछन्।


यही अक्टोबर १० मा नेपाली राष्ट्रिय फुटबल टोली र अस्ट्रेलियाको सकरुज बिच क्यानबेराको जीआइओ रङ्गशालामा फिफा विश्व कप छनौट खेल हुन गइरहेको छ।

कतारमा हुन गइरहेको फिफा विश्वकप २०२२ को यात्रामा पहिलो घरेलु म्याच अन्तर्गत सकरुज नेपाल विरुद्ध खेल मैदानमा उत्रँदै छ।

दोस्रो चरणको विश्वकप छनौट प्रतियोगिता अन्तर्गत एसियन क्वालिफायरको घरेलु खेल अन्तर्गत नेपालले सेप्टेम्बर ५ मा कुवेत विरुद्ध खेल्ने छ।

Socceroos
Socceroos Source: AAP

तर घरेलु खेल भए पनि दशरथ रङ्गशालाको मर्मत कार्य जारी रहेकाले कुवेत सिटीमा गएर खेल्ने एन्फाले विज्ञप्ति निकाली जानकारी दिई सकेको छ।

घरेलु म्याच हुने समयमा एक मात्र अन्तर्राष्ट्रिय स्तरको स्टेडियम दशरथ रङ्गशालामा मर्मत कार्य भइरहँदा नेपाली टोलीले अवे म्याच खेल्नु पर्दा खेलाडीहरूमा कस्तो प्रभाव पर्छ र त्यो खेल लगत्तै ५ पटक फिफा विश्व कप खेली सकेको अस्ट्रेलियासँगको खेलमा नेपालबाट कस्तो आसा राख्न सकिन्छ लगायत विषयमा हामीले खेल पत्रकार प्रकाश तिमल्सिना सँग कुरा गरेका छौँ।

यो खेललाई लिएर खेलाडीहरूमा कस्तो उत्साह पाउनु भएको छ भनेर हामीले प्रकाश तिमल्सिनालाई सोधेका थियौँ ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now