नयाँ अस्ट्रेलियालीहरुको आर्थिक विकासका लागि सक्रिय सामाजिक व्यवसाय

Pemba and her former colleagues at the Harmony on Carmody Cafe

Pemba and her former colleagues at the Harmony on Carmody Cafe Source: Amy Chien-Yu Wang

गए सात दशक देखि लगभग १० लाख शरणार्थीहरुले अस्ट्रेलियालाई आफ्नो नयाँ घर बनाएका छन्। यस अवस्थामा धेरै सामाजिक संस्थाहरुले रोजगारका अवसरहरुका साथ मानिसहरुलाई नयाँ सुरुवातको लागी सहयोग गर्न प्रयास गरिरहेका छन्।


६ करोड ५० लाख मानिसहरुलाई आफ्नो स्थाई वासस्थान छोड्न बाध्य बनाउने दोश्रो विश्व युद्ध पछिकै सबैभन्दा ठुलो संख्यामा मानविय संकटको सामना अहिले लाखौ मानिसहरुले गर्नु परिरहेको छ।

१९ बर्षीय पेम्बा शुलेम्बोको शरणार्थीका रुपमा यात्रा तब सुरु भयो जब उनका बुवाको अन्तिम संस्कार गर्ने समयमा उनका राजनीतिक प्रतिद्वन्द्वीहरु पेम्बाका परिवारका सदस्य माथि आक्रामक हुन थाले।

पेम्बाले आफ्नी आमालाई गाडी दुर्घटनामा गुमाई सकेकी थिइन।

उनी सहित उनका तिन भाइबहिनीहरु लोकतान्त्रिक गणतन्त्र कंगो छोडेर केन्या जानु भन्दा अन्य कुनै विकल्प रहेन। उनीहरुले केन्यामा ५ वर्ष बिताएका थिए।

पेम्बा केन्या बसाइ पूर्णतया सुरक्षित नभए पनि कंगो भन्दा राम्रो भएको बताउँछिन्।

"एक पटक हामीहरु मध्ये एक जना माथी आक्रमण भयो, र त्यतिखेर हामीलाई लाग्यो कि उनीहरु अझै पनि हाम्रो पछाडी लागेका छन्। त्यसैले हामीलाई बाहिर जान र खेल्न अनुमति थिएन किनभने हामीलाई जहिले पनि हामी मध्ये कोहि अपहरणमा पर्न सक्छ वा केहि हुन्छ भन्ने डर थियो।"

पेम्बाको खुसीको सिमा रहेन जब उनले खबर पाइन् कि उनी अस्ट्रेलिया आउन सक्छिन् र यहाँ बसोबास गर्न सक्छिन्। यद्धपि उनलाई अस्ट्रेलियाका बारेमा भने केहि पनि थाहा थिएन।

उनी भन्छिन्, "त्यो मेरो लागी नयाँ जीवन थियो। मलाई लाग्यो त्यो एउटा अवसर हो जुन् …त्यो अत्यन्त राम्रो थियो…जस्तै … म रोए पनि, मलाई विश्वास नै लागेन म यहाँ छु भनेर।"

पौल पावर अस्ट्रेलियाको शरणार्थी परिषदका प्रमुख कार्यकारी अधिकृत हुन्।

उनी भन्छन् अस्ट्रेलियाले गएका सात दशकमा ८ लाख ८० हजार भन्दा बढी शरणार्थीहरुलाई स्वीकारेको छ।

उक्त संस्थाले विश्वभर नै शरणार्थीहरुका आवश्यकताका बारेमा ध्यानाकर्षण गराउने र अस्ट्रेलियामा उनीहरुको योगदानको चिनारी दिने उद्देश्य राखेको छ।

७० वर्षको अवधिमा झन्डै १० लाख शरणार्थीहरुले अस्ट्रेलियामा पुनर्वास पाएका छन्, र यहाँ आउँदा दिनहरुमा लगभग १८ हजार अन्यलाई स्वागत गरिने आशा गरिएको छ।

पावर भन्छन्, "शरणार्थीका रुपमा अस्ट्रेलिया आएकाहरु २५ बर्ष वा सो भन्दा कम उमेरका रहेका छन्। यो उमेर समुहको आगमन सामान्यतया अस्ट्रेलियाको जनसंख्याको देखिने भन्दा बढी छ। त्यसैले उनीहरुले अस्ट्रेलियाली समुदायलाई आउँदा धेरै दशकसम्म आफ्नो योगदान दिन सक्छन्।"

क्विन्सल्याण्डमा रहेको सामुदायिक सेवाहरुमा पहुँच नामक संस्थाले शरणार्थीहरुलाई स्वावलम्वी बनाउन पुनर्वास सम्बन्धि विभिन्न सेवाहरु प्रदान गर्दै आइरहेको छ।

उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत गेल कर भन्छिन् संस्थाले सीमित अंग्रेजी भाषा बोल्ने र औपचारिक रोजगारीको अनुभव नभएका शरणार्थीहरुका लागी नयाँ सीप दिलाउन पैसा दिएर कामको बारेमा तालीम दिने गरेको छ।

करले कसरी स्पाइस एक्सचेन्ज जस्तो आफ्नो संस्था द्वारा संचालित सामाजिक अभियानले दैनिकको सीपलाई रोजगारी अवसर प्रदान गर्ने क्षमतामा विकास गर्यो भन्ने बारे बताइन्।

"हामीले केहि महिलाहरुको समुहमा ५ प्रमुख मसला बनाउने कार्य गर्दै उनीहरुलाई व्यवसायको ढाँचा तयार पार्न मद्दत गरेउँ। महिलाहरुलाई कसरी आफ्नो व्यवसाय संचालन गर्ने अथवा खाद्य उद्योगमा काम पाउने, कार्यक्षेत्रको स्वास्थ्य र सुरक्षा नियमहरु कस्तो हुन्छ भन्नेबारे प्रक्रियागत जानकारी दियौँ। र उनीहरुलाई जीवनवृति र रोजगारीको बाटो देखाउने र सामान्यतया उनीहरुको जागीर खोज्न आत्मविश्वास बढाउन सहयोग गरेउँ।"

एसबीएस मा अक्टोबर २ देखी "Go Back to Where You Came From Live” सुरु हुन गइरहेको छ।

यस कार्यक्रमका शृंखलाहरुमा आफ्ना विचारहरु खुलेर राख्ने केहि अस्ट्रेलियालीहरुलाई विश्वका केहि सबैभन्दा जोखिमयुक्त स्थानहरुमा पठाइने गरिएको मा एस पटक यसको प्रत्यक्ष प्रसारण हुनेछ।

यो पटक हामीले ज्याक्वी ल्याम्बी, मिशेल लोरी, ग्रेटल किलीन र स्पिडा इभेरिटलाई पाउने छौं। र विशेष गरि फर्केर गएर बस्ने स्थान नहुंदा कस्तो हुन्छ भन्ने बारे उनीहरुको अनुभव देख्न सक्ने छौं।

यस प्रकारको लगातार तिन रात चल्ने विश्वकै पहिलो टेलिभिजन इभेन्ट हो जसको मंगलबार अक्टोबर २, राति ८:३० बजे देखि प्रसारण सुरुवात हुनेछ।

 

 

 

 

 

 

 


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now