के अन्तरिक्ष विज्ञानको क्षेत्रमा सन् २०२२ पनि उत्तिकै उपलब्धि मूलक रहला?

The Blue Origin flight (20 July 2021) into space. Amazon founder Jeff Bezos was accompanied on the Blue Origin journey by his brother, Mark Bezos, as well as the oldest and youngest people ever to go to space, Wally Funk, 82 years old, and Oliver Daemon,

The Blue Origin flight (20 July 2021) into space. Amazon founder Jeff Bezos was accompanied on the Blue Origin journey by his brother, Mark Bezos, as well as th Source: AAP Image/Blue Origin/Cover-Images.com

सन् २०२१ अन्तरिक्ष अध्ययनका क्षेत्रमा निकै रोमाञ्चकारी मानिदा २०२२ मा पनि रोमाञ्चक र कौतुहलताको यो यात्रा कायमै रहने आशा गरिएको छ।


सन् २०२१ अन्तरिक्षका विभिन्न आयामका उपलब्धिहरूका विशेष रहन पुग्यो।

धनाड्यहरु मध्येका जेफ बेजोस र रिर्चड ब्रेन्सनले अन्तरिक्षमा पुगेर केही समय बिताएपछि अन्तरिक्ष पर्यटनको सम्भावनाको ढोका खुलेको छ।

सन् २०२१ अन्तरिक्ष अध्ययनका क्षेत्रमा निकै रोमाञ्चकारी मानिदा २०२२ मा पनि रोमाञ्चक र कौतुहलताको यो यात्रा कायमै रहने आशा गरिएको छ।

अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नासाले ढिला गरी सन् २०२५ मा मात्र मानव सहितको यान चन्द्रमामा पठाउने निर्णय गरेको बताएता पनि उक्त यानको पहिलो चरणको परीक्षण भने सन् २०२२ मै गर्ने जनाएको छ।

नासाको चन्द्रमा परियोजना चलिरहँदा जापान र संयुक्त अरब इमीरेट्सले(युएई)ले पनि चन्द्रमामा यान पठाउने आ–आफ्नै योजना बनाएका छन्।

NASA
Workers on NASA's Hawaii Space Exploration Analog and Simulation are being released after 8 months. (AAP) Source: AAP

मर्सीया डुन एशोसियटेड प्रेसका लागि संवाददाता हुन्।

उनी भन्छिन् कि चन्द्रमाका बारेमा थप जानकारी पाउन यो परियोजना निकै महत्त्वपूर्ण हुनेछ।

सन् २०२१ मा मंगलग्रहमा रोभर भनिने दुई यान्त्रिक यान पनि अवतरण हुन पुगेका छन्।

ती यान नासाको सानो कार आकारको रोभर र चीनको झरोङ्ग यान हुन्।

यसैबर्ष युरोपेली अन्तरिक्ष एजेन्सी र रुसको 'रस्कोमस' भनिने यान पनि अवतरण हुनु पर्ने थियो तर यो कार्यक्रम भने सन् २०२२ सम्मका लागि धकेलिएको छ।

उक्त योजनाले 'रातो ग्रह' पनि भनेर चिनिने मगंलग्रहमा जीवनको सम्भावना रहे/नरहेको बारेमा अध्ययन गर्नेछ।

बेलायती रसायन शास्त्री रोजालिन्ड फ्रयान्कलिनको नाममा राखिएको उक्त यान आधुनिक प्रविधिले भरिएको बताइन्छ।

पूरा रिपोर्ट यहाँ सुन्नुहोस्: null
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

उक्त यानले मंगलग्रहको सतह मुनी जैविक तत्त्वहरूको खोजी गर्नेछ भने पानीको सम्भावनाका बारेमा पनि अध्ययन गर्नेछ।

सचारकर्मी डन भन्छिन् कि यो सन् २०२२ को सेप्टेम्बरमा पठाउने तैयारी गरिएको छ र चीन र अमेरिकी रोभरलाई जस्तै सफलता मिल्ने आशा गरिएको छ।

“प्यारासुटमा केही समस्या देखिएका कारण सन् २०२० मा उडानका लागि ती यान तैयार भएनन् तर सन् २०२२ मा लागि सबै राम्रो देखिएको छ,” उनले भनिन्।

यता चीनको नेशनल स्पेस एडमिनस्ट्रेसनले तिहानवेन–१ नामक आफ्नो अन्तरिक्ष अन्वेषण सम्बन्धी अभियानको सफल प्रक्षेपणका आधारमा भविष्यमा एउटा छुद्र ग्रह र अन्य केही ग्रहहरूका बारेमा खोजी गर्ने योजना बनाएको छ।

China's lunar rover leaves wheel marks after leaving the moon lander.
China's moon rover has been powered up and is ready to start exploring. (AAP) Source: AAP

वु यान हु चीनीया राष्ट्रिय स्पेस एजेन्सीका उपनिर्देशक हुन्। उनी भन्छन् कि यो परियोजना १० देखि १५ वर्षका बिचमा सम्पन्न गर्ने कार्यक्रम छ।

उनका अनुसार सौर्य मण्डलको किनाराहरूको अन्वेषण गर्ने जस्ता दीर्घकालीन विकास रणनीतिका बारेमा मूल्याङ्कन भइरहेको छ।

तिहानवेन–१ ले रोबोटीक यानलाई मंगलग्रहमा पठाउने योजना बनाएको छ। जसमा अर्बिटर, दुई किसिमका क्यामरा, ल्याण्डर र झरोंग नाम गरेको रोभर रहने छन्।

करिब पाँच टन तौल रहेको उक्त यान हाल सम्मकै सबैभन्दा भारी यान रहेको बताइन्छ जसमा १३ वटा वैज्ञानिक उपकरणहरू रहेका छन्।

गत मे १४ तारिखमा उक्त यान मंगलग्रहमा सफलता पूर्वक अवतरण भइसकेको छ।

जसको परिणाम सोभियत युनियन र अमेरिका पछि मंगलग्रहको सतहमा सञ्चार स्थापना पर्ने तेस्रो राष्ट्र चीन बन्न पुगेको छ।

चीनीया स्पेस एजेन्सीका उपनिर्देशक वु यान हु भन्छन् कि मंगलग्रह भन्दा पनि टाढा सम्मको अन्वेषण गर्ने चीनको योजना छ।

सन् २०२१ लाई अन्तरिक्ष पर्यटन सुरुवात भएको वर्षका रूपमा पनि सम्झन लायक छ।

Blue Origin's Jeff Bezos and fellow billionaire Richard Branson of Virgin Galactic successfully launched into space this year.
Blue Origin's Jeff Bezos and fellow billionaire Richard Branson of Virgin Galactic successfully launched into space this year. Source: AP

यस वर्ष जेफ बेजोश, रिर्चड ब्रेन्सन, स्पेस एक्स जस्ता कम्पनीहरूले अन्तरिक्ष पर्यटनको बाटो खुला गरिदिएका छन्।

जापानका फेसन टाईकुन युसाकु माइजावा र उनका एक निर्माताले स्वयं भुक्तानी गरी अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको भ्रमण गरेका छन्।

सन् २०२२ मा पनि यस्ता परीक्षण उडानहरू तय भएका छन् जसमा धनी मानिसहरूले अन्तरिक्षमा पर्यटकका रूपमा भ्रमण गर्न सक्नेछन्।

यता अर्का अर्बपति एवम् स्पेस एक्स नामक कम्पनीका प्रमुख एलन मस्कले अर्का दुई अर्बपति व्यापारी जेफ बेजोश, रिर्चड ब्रेन्सनलाई पछ्याउने सम्भावना कम रहेको बताईन्छ।

उनले यस वर्षको सुरुवातमा भनेका छन् कि कम्पनीले भविष्यमा नयाँ गोली आकारको स्टार सिपको परिकल्पना गरिरहेको छ।

उता चीनमा भने एलन मास्कले आलोचना खेप्नु परेको छ।

एलन मास्कको कम्पनी स्पेस एक्सको स्याटलाइटले मानवसहितको चीनीया अन्तरिक्ष केन्द्रमा ठोक्किने अवस्था सिर्जना गरेको भन्दै चीनले आलोचना गरेको छ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now