कोभिड–१९ सङ्क्रमणलाई रोक्न आवश्यक कदम नचालेको भन्दै मेलबर्न स्थित एक एज्ड केयर माथि कारबाही

The charges followed a deadly COVID-19 outbreak at its Fawkner residential aged care facility in 2020.

The charges followed a deadly COVID-19 outbreak at its Fawkner residential aged care facility in 2020. Source: AAP

राज्यको कार्यस्थल सुरक्षा सम्बन्धी निकायले ४५ जना बासिन्दाहरूको मृत्यु भएको विषयमा भिक्टोरिया स्थित एक बृद्धस्याहार केन्द्र माथि कारबाही अगाडी बढाएको छ।


मेलर्वनमा रहेको सेन्ट व्यासिल नामक एक बृद्धस्याहार केन्द्रलाई कोभिड–१९ सम्बन्धी मापदण्डहरू पुरा नगरेको आरोपमा कार्यस्थल सम्बन्धी निकाय वर्क सेफ भिक्टोरियाले कारबाही गरेको हो।

दुई वर्ष अघिको एक घटनामा, एक कर्मचारीलाई कोभिड–१९ सङ्क्रमण देखिपछि उक्त संस्थाले सुरक्षा सम्बन्धी आवश्यक कदमहरू नचालेको आरोप सहित कारबाही गरिएको हो।

उक्त बृद्धस्याहार केन्द्रमा ९६ जनामा सङ्क्रमण भएको र ४५ जना बासिन्दाले ज्यान गुमाउन पुगेको बताइएको छ।

यस घटनाले समस्याग्रस्त बृद्धस्याहार केन्द्रका थप बेथितिलाई उजागर गरिदिएको छ।

रिपोर्ट सुन्नुहोस्: कोभिड–१९ सङ्क्रमणलाई रोक्न आवश्यक कदम नचालेको भन्दै मेलबर्न स्थित एक एज्ड केयर माथि कारबाही हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

मोनास विश्वविद्यालयमा स्वास्थ्य सम्बन्धी कानुन एवम् अनुसन्धानमा संलग्न प्राध्यापक जोसेफ एब्राहिम सेन्ट व्यासिल कारबाहीमा पर्नुको कारण आवश्यक मात्रामा व्यक्तिगत सुरक्षा उपायहरूको प्रयोग नगर्नु भएको बताउँछन्।

“अनुसन्धानले मुख्यतया व्यक्तिगत सुरक्षा उपायको (पिपिई) प्रावधान र प्रयोगमा ध्यान केन्द्रित गरेर अनुसन्धान गरेको थियो,” उनले भने।

यस घटनाले समस्याग्रस्त बृद्धस्याहार केन्द्रका थप बेथितिलाई उजागर गरिदिएको छ।

Carers Support
Elderly care in nursing home - doctor with patient. Source: Getty Images

जब अस्ट्रेलियामा कोभिड–१९ को सङ्क्रमणको सुरुवात हुदैँ थियो, केस सङ्ख्या निकै कम थिए र मृत्यु सङ्ख्या पनि न्यून थियो।

सरकारले आफ्नो पूर्ण ध्यान सङ्क्रमणलाई रोक्नमा केन्द्रित राखेको थियो।

तर त्यसको केही समयमै सङ्क्रमण दरमा उच्च वृद्धि हुन पुग्यो र यसको मारमा वृद्ध जनसङ्ख्या पर्न पुग्यो ।

उक्त तथ्यलाई अस्ट्रेलियाका प्रमुख स्वास्थ्य अधिकारी पल केलिले पनि स्विकारी सकेका छन्।

प्राध्यापक जोसेफ एब्राहिम तत्कालीन समयमा वृद्ध स्याहार केन्द्रहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारसँग ठोस योजना नभएको बताउँछन्।

बृद्धस्याहार केन्द्रहरूमा मृत्यु सङ्ख्या बढ्दै जाँदा कम्तीमा दुई पटकसम्म कोरोनियल इन्क्वारी भनिने विशेष किसिमको अनुसन्धान पनि भएका थिए।

कतिपय कोरोनियल इन्क्वारी अझै नसकिएको अवस्थामा यता वर्क सेफ भिक्टोरियाले पनि अन्य केही संस्थाहरूमा अनुसन्धानहरू चलिरहेको जनाएको छ, यसको मतलब सेन्ट व्यासिल जस्ता अन्य थुप्रै बृद्धस्याहार केन्द्र कारबाहीमा पर्न सक्ने सम्भावना रहेको छ।

अहिले सबै राज्यहरूमा कोरोना प्रतिबन्धहरू खुकुलो पारिएको अवस्था भए पनि अस्ट्रेलियन एज्ड एन्ड कम्युनिटी केयर प्रोभाईडर एसोसिएसनका पल स्याडलर कोभिड–१९ अझै पनि बृद्धस्याहार केन्द्रहरूमा समस्याका रूपमा रहेको बताउँछन्।

“यस वर्ष मात्र बृद्धस्याहार केन्द्रहरूमा १९६४ जनाले कोभिड–१९ का कारण ज्यान गुमाएका छन्....पछिल्लो तथ्याङ्क डरलाग्दो छ, अस्ट्रेलियाका ९६ प्रतिशत एज्ड केयरहरूमा कुनै न कुनै बेला सङ्क्रमण फैलिएको छ,” उनले भने।

पल साड्लरका अनुसार वार्षिक करिब ३५,००० हजार कर्मचारी अभाव खेपिरहेको सो क्षेत्रमा अघिल्लो सरकारले कटौती गरेको सहयोगका कारण पनि सर्घष गरिरहेको छ।

बृद्धस्याहार सम्बन्धी हेरचाह र गुणस्तरको जाँच गर्ने आयोगले प्रदायकहरूले गुणस्तर कायम गरेको नगरेको बारेमा निरीक्षण गर्नु पर्ने हुन्छ तर महामारीकारबिचमा सबै कुरा ठिक ढङ्गले हुन्छ भनेर भन्न नसकिने प्राध्यापक एब्राहिमको भनाई छ।

Nurse pushing patient in wheelchair
Nurse pushing patient in wheelchair Source: AFP

उनका अनुसार कर्मचारी, मृत्यु र अन्य मामिलाहरूका बारेमा सूचनाहरू सङ्कलन गर्ने कुरामै समस्या छ।

बृद्धस्याहार केन्द्रमा आफन्तजन भएका धेरै परिवारका लागि केन्द्रीय मुद्दा भनेकै उनीहरूका आफन्त महामारीका बिचमा सुरक्षित छन् भन्ने सुनिश्चित गर्नु हो।

तर यस्ता घटनाहरुले आफन्तजनमा त्रास पैदा गरिदिएको छ।

सेन्ट व्यासिलमा कोरोनाका कारण आफ्ना पिता गुमाएकी क्रिस्टीन गोल्डिङ्ग जस्ता थुप्रै मानिसहरू यतिखेर आफ्ना आफन्तको मृत्युको कारण खोजिरहेका छन्।

“सेन्ट व्यासिल भित्र के भयो भनेर म जान्न चाहन्छु, उनीहरूले भोगेको पिडा र उपेक्षाका बारेमा साँचो कुरा बाहिर आउनु पर्छ।” गोल्डिङ्गको माग छ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now