SKIP TO MAIN CONTENT

अभिमुखिकरण सप्ताह: विद्यार्थीलाई सचेत रहन आग्रह

Diverse Group of University Students Walking on Campus
Source: Getty Images/Ariel Skelley

आगामी दुई हप्ता भित्र विभिन्न विश्व विद्यालयहरू नयाँ विद्यार्थीहरूका लागी अभिमुखीकरण सप्ताह अन्तर्गत परिचयात्मक कार्यक्रम आयोजना गर्ने तयारीमा लागिरहँदा, विद्यार्थीहरूलाई आफ्नो व्यवहारलाई लिएर सचेत रहन आग्रह गरिएको छ। विद्यार्थीहरूलाई तेस्रो चरणको यो पढाइको लागी तयार हुन सहज बनाउने उद्देश्यले विश्वविद्यालय सम्बन्धी माथिल्लो निकायबाट नै अतिरिक्त स्रोत साधनहरूको विकास गरिँदै छ। जस अन्तर्गत सम्मानजनक सम्बन्धका बारेमा अनलाइन कार्यक्रम पनि रहेको छ।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

आगामी दुई हप्ता भित्र विभिन्न विश्व विद्यालयहरू नयाँ विद्यार्थीहरूका लागी अभिमुखीकरण सप्ताह अन्तर्गत परिचयात्मक कार्यक्रम आयोजना गर्ने तयारीमा लागिरहँदा, विद्यार्थीहरूलाई आफ्नो व्यवहारलाई लिएर सचेत रहन आग्रह गरिएको छ। विद्यार्थीहरूलाई तेस्रो चरणको यो पढाइको लागी तयार हुन सहज बनाउने उद्देश्यले विश्वविद्यालय सम्बन्धी माथिल्लो निकायबाट नै अतिरिक्त स्रोत साधनहरूको विकास गरिँदै छ। जस अन्तर्गत सम्मानजनक सम्बन्धका बारेमा अनलाइन कार्यक्रम पनि रहेको छ।


विश्वविद्यालयहरूको अभिमुखीकरण सप्ताह अर्थात् ओ-वीकमा भिन्न किसिमका क्रियाकलापहरू समावेश गरिएका हुन्छन्। क्याम्पस घुम्ने देखि विद्यार्थीहरूलाई नयाँ परिवेश र साथीभाइहरूसँग चिनजान गराउने उद्देश्यले भेटघाट कार्यक्रमहरूको पनि आयोजना हुने गर्दछ।

यो विद्यार्थीहरूका लागी नयाँ साथीहरू बनाउने तथा अतिरिक्त क्रियाकलापहरूमा सहभागिता जनाउने रमाइलो अवसरका रूपमा रहने गरेको छ। तर यस्ता कार्यक्रमहरूमा सहभागिता जनाउने युवायुवतीहरूका लागी यस्ता कार्यक्रमहरूले जोखिमको सम्भावना पनि राख्दछ।

'रेड फ्रग्स' का स्वयम् सेवकहरू अभिमुखीकरण सप्ताह ओ-वीक मा हुने विभिन्न कार्यक्रमहरूमा सहभागी भएर सहयोगको खाँचो महसुस गर्ने विद्यार्थीहरूलाई सहयोग गर्ने गर्दछन्।

२०१६ मा आएको मानव अधिकार आयोगको प्रतिवेदनका अनुसार १५ मध्ये एक जना यौन आक्रमण बाट पीडित थिए, जसमध्ये एक चौथाइ विश्वविद्यालय भित्र भएका थिए।

रेड फ्रग्स को राष्ट्रिय सह संयोजक एन्डी गूर्ले भन्छन् यो पार्टी र भेटघाट हुने सप्ताह भरि विद्यार्थीहरूले आफ्नो दायरा लाई चिन्नु पर्छ र आफ्ना साथीहरू माथि पनि निगरानी राख्नु पर्छ।

बलात्कार पीडितहरूको वकालत गर्ने संस्था 'इन्ड रेप अन क्याम्पस' कि निर्देशक शर्ना ब्रेम्नर भन्छिन् घरबाट टाढा रहनु, अपरिचितहरू सँगको घुलमिल र मादक पदार्थ सेवन को संयोजनले गर्दा विद्यार्थीहरू यौन दुर्व्यवहारको सिकार हुने सम्भावना बढाउँदछ।

युनिभर्सिटीज अस्ट्रेलिया विश्वविद्यालय क्षेत्र हेर्ने प्रमुख समूह हो। यसका प्रमुख कार्यकारी अधिकृत क्याट्रीओना ज्याक्सनले यो अभिमुखिकरण कार्यक्रमहरू को अवधिमामा विद्यार्थीहरूलाई एक अर्काको सम्मान र सुरक्षाबारे सचेत रहन आग्रह गरेकी छन्।

२०१६ मा आएको मानव अधिकार आयोगको प्रतिवेदनले सो वर्षका सम्पूर्ण विद्यार्थीहरू मध्ये आधि यौन दुर्व्यवहारको सिकार भएको जनाएको थियो।

१५ मध्ये एक जना यौन आक्रमण बाट पीडित थिए, जसमध्ये एक चौथाइ विश्वविद्यालय भित्र भएका थिए।

ज्याक्सनले युनिभर्सिटीज अस्ट्रेलिया ले गएका केही वर्ष यता यो समस्यालाई सम्बोधन गर्न महत्त्वपूर्ण कदम चालिरहेको बताएकी छन्।

पछिल्लो समयमा, यसले सम्मान र समानता कार्यक्रम नामक अनलाइन सामाग्रीको विकास गरिरहेको छ।

यस कार्यक्रम राष्ट्रियस्तरमा नै प्रस्तुत गर्नु पूर्व १८ महिना भित्र ४ वटा विश्वविद्यालयहरूमा प्रयोगका रूपमा सञ्चालन गरिने छ।

उक्त कार्यक्रम महिला हिंसाको विरुद्ध कार्यरत आवर वाच नामक एजेन्सीद्वारा बनाइँदै छ।

विश्वविद्यालयहरूले आवर वाच सँग सुझावका लागी सम्पर्क गरेको सुन्दा अत्यन्त प्रोत्साहित भएको बताउने इन्ड रेप इन क्याम्पसकी शर्ना ब्रेम्नर पछिल्ला वर्षमा उक्त क्षेत्रले क्याम्पसमा हुने आक्रमणका घटनाबारे दिने प्रतिक्रिया बाट भने आफू असन्तुष्ट रहेको बताउछिन ।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now