'टड्लर'हरूको खानामा चिनी या नुनको मात्रा अत्याधिक रहेको अध्ययनको ठम्याई

Three toddlers eating on white table. Naomi Shi - Pexels

Three toddlers eating on white table. Naomi Shi - Pexels Credit: Naomi Shi - Pexels

अस्ट्रेलियाका टड्लर वा १ देखि ४ वर्ष समूहका बच्चाहरूको खानामा अन्तर्राष्ट्रिय पौष्टिक मापदण्ड पुरा नभएको पाइएको छ। क्यान्सर काउन्सिल भिक्टोरियाको खोजका अनुसार दुई तिहाइ टड्लरहरूको खाद्य उत्पादनहरूले विश्व स्वास्थ्य सङ्गठनको सुझाव पालना नगरेको पाइएको छ। जसमा चिनीको प्रयोग र उच्च मात्रामा नुन प्रयोग प्रमुख चिन्ताका विषय बनेका छन्।


दश मध्ये नौ टड्लरका खानेकुराहरूले अन्तर्राष्ट्रिय पौष्टिक मापदण्ड पुरा गर्न नसकेको पाइएको छ।

क्यान्सर काउन्सिलको उक्त रिपोर्टले २५० बच्चा तथा १ देखि तीन वर्ष उमेर समूह वा टड्लरका खानेकुराहरू माथि जाँच गरेको थियो।

जसले दुई तिहाइ भिक्टोरियाका सुपर मार्केटहरूमा रहेका खानाहरूमा विश्व स्वास्थ्य सङ्गठनद्वारा जारी धेरै पौष्टिक सुझावहरू लागु नगरेको पाएको छ।

जसमध्ये चीनी वा गुलियो बनाउन प्रयोग हुने उत्पादनहरू बच्चाका खानामा नराख्ने साथै प्रयोग गरिएको सम्पूर्ण चिनीबाट प्राप्त हुने शक्तिको १५ प्रतिशत भन्दा कम मात्र राख्ने रहेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

जेन मार्टिन ओबीसिटि पोलिसी कोअलिसनकी कार्यकारी व्यवस्थापक हुन्।

र उनी भन्छिन् यस्ता बालबालिकाको खानामा सोडियमको प्रयोगलाई लिएर हाल कुनै नियम नरहनु चिन्ताको विषय हो।

"(विश्व स्वास्थ्य सङ्गठनको) सुझावहरूको उल्लङ्घन गर्नेमा टड्लरका खानेकुरा सबैभन्दा अगाडी छन्, १० मध्ये नौ खानाले यी सुझावहरू पुरा नगरेको पाइएको छ।"

विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाले बच्चाहरूको खानामा उनीहरूको उमेर सुहाउँदो मात्रामा ऊर्जा प्रदान गर्ने तत्त्व रहेको जाँच गर्दछ।

उच्च ऊर्जा दिने वा धेरै गुलियो हालेको खाना खानाले वयस्क अवस्थामा धेरै स्वास्थ्य जटिलता आउने हुन्छ।

डा क्याथरिन फ्लेमिंग वेस्टर्न सिड्नी युनिभर्सिटीको सार्वजनिक स्वास्थ्य विषयकी प्राध्यापक हुन् र उनीसँग बालबालिकाको पौष्टिक आहार शास्त्रको अनुभव रहेको छ।

"अल्ट्रा प्रोसेस्ड खाना, जसमा धेरै चिनी, चिल्लो र नुन राखिएको हुन्छ र विशेष गरी बच्चाहरूलाई दिइने खानामा चिनीको मात्रा धेरै हुँदा बालापन र वयस्क दुवै अवस्थामा मोटोपनको समस्या वा ओबीसिटिसँग हुन सक्छ।"

डा फ्लेमिंग भन्छिन् स्पष्ट र तथ्यपरक प्याकेजिङ्गले पौष्टिक आवश्यकता पुरा गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।

उनी भन्छिन् धेरै प्रशोधित खाद्य सामग्री किनेकोमा अभिभावकहरूलाई दोष दिइनु हुँदैन।

उनका अनुसार त्यस्ता खानाको प्याकेजिङ्गमा चेतावनीहरू र पौष्टिक विवरणहरू स्पष्टसँग लेखिएको हुनु पर्छ।

यस्ता कुराहरू आप्रवासी पृष्ठभूमिका समुदाय जसको अङ्ग्रेजी पहिलो भाषा हुँदैन साथै सामाजिक आर्थिक अवस्था कमजोर भएका अभिभावकहरूका लागि महत्त्वपूर्ण हुने डा फ्लेमिंगको भनाइ छ।

नटासा पूल ३ वर्षीय छोरा र ३ महिनाकी छोरीकी आमा हुन्। र उनी प्राय टड्लर खानाहरू किनिरहेकी हुन्छिन्।

र उनलाई यो खोजले पत्ता लगाएको कुरा झट्का दिने खालको छ।

सुपर मार्केटको टड्लरहरूको खाना पाउने ठाउँमा जाँदा त्यहाँ भएका खानेकुराहरूमा तपाइको बच्चालाई चाहिने सम्पूर्ण पौष्टिक तत्त्वहरू राखिएको हुन्छ भन्ने आसा लिएर गइन्छ।
नटासा पूल

"तर अध्ययनले केही खाने कुराहरूले मात्र नुन र चिनीको सही मात्रा पुरा गरेका छन् भन्ने देखाउनु पक्कै पनि चिन्ताजनक हो।"

पूल भन्छिन् खाना प्याकेजिङ्ग अभिभावकहरूलाई झुक्क्याउने किसिमले प्रस्तुत गरिएको हुन्छ। जसले गर्दा अभिभावकहरूलाई उक्त उत्पादनले फलफूल र तरकारी जति नै पौष्टिकता प्रदान गर्छ भन्ने विश्वास लाग्छ।

"यस्ता प्याकेटहरूमा पाइने खानेकुराहरूमा भएको कुरा बुझ्न र पौष्टिकता सम्बन्धी जानकारी पढ्न पढेलेखेका अभिभावकहरूलाई पनि गाह्रो हुन्छ।"

उनी भन्छिन् अभिभावकहरू सजिलो र पौष्टिकताले भरिएको चिजहरू आफ्नो बच्चालाई दिन चाहन्छन् ।

नुन र चिनीको मात्रा बढी भएको खाना खाँदा तत्काल देखिने र दीर्घकालीन दुवै किसिमका स्वास्थ्य समस्याहरू आउँछ।

Cropped Image Of Tempted Boy Holding French Fries Packet
Source: Getty

मार्टिन भन्छिन् एक चौथाइ दुई देखि चार वर्ष भित्रका बालबालिकाहरूको तौल स्वस्थ तौल भन्दा माथि रहेका छन्।

यसरी बच्चा बेला देखि नै उच्च ऊर्जा दिने र गुलियो खाना उपभोग गर्दा वयस्क अवस्थामा पनि अस्वस्थ खाना खाने बानी बस्ने उनको भनाइ छ। जसले ज्यानै लिन सक्ने जस्तै, क्यान्सर र मुटुको रोगहरू निम्त्याउन सक्छ।

बच्चाहरूको खानामा लागू हुने नियमहरू टड्लरहरूको खानामा पनि लागू गर्नु पर्ने उनको भनाइ छ।

डा फ्लेमिंग भन्छिन् बालबालिकाहरूको स्वस्थ विकास सन्तुलित आहारले सम्भव हुन्छ, जसमा फलफूल र तरकारी लगायतका खाना पर्दछन्।

दुई बच्चाकी आमा नटासा सङ्घीय सरकार समक्ष टड्लरका खानाहरूमा पनि स्पष्ट नियमहरू लागु गराउनु पर्ने माग राख्छिन्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now