Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सिड्नी: "मिस ओसनिया विजयीले मिस नेपाल प्रतियोगितामा स्थान पाउने"

Mr, Mrs and Miss Oceania contestants and organizers from 2017 in Sydney.

Mr, Mrs and Miss Oceania contestants and organizers from 2017 in Sydney. Source: Satish Photography/supplied

आगामी डिसेम्बरमा सिड्नीमा आयोजना हुन लागेको सुन्दरता प्रतियोगितामा अस्ट्रेलिया लगायत न्यूजिल्याण्ड र फिजीका नेपालीहरुको पनि सहभागिता रहने आयोजकहरुको भनाइ छ। एसबीएस नेपालीसंगको कुराकानीमा आयोजक समूह युएनएइ का सदस्य भिम शम्सेर गुरुङले मिस ओसनियाका प्रतियोगीहरु मध्ये एक जनाले मिस नेपालमा उत्कृष्ट २० मा आफ्नो स्थान सुरक्षित गर्ने पनि बताएका छन्।


Published

Updated

By Sunita Pokharel

Source: SBS




Share this with family and friends


आगामी डिसेम्बरमा सिड्नीमा आयोजना हुन लागेको सुन्दरता प्रतियोगितामा अस्ट्रेलिया लगायत न्यूजिल्याण्ड र फिजीका नेपालीहरुको पनि सहभागिता रहने आयोजकहरुको भनाइ छ। एसबीएस नेपालीसंगको कुराकानीमा आयोजक समूह युएनएइ का सदस्य भिम शम्सेर गुरुङले मिस ओसनियाका प्रतियोगीहरु मध्ये एक जनाले मिस नेपालमा उत्कृष्ट २० मा आफ्नो स्थान सुरक्षित गर्ने पनि बताएका छन्।


ओसनिया भित्र पर्ने राष्ट्रहरुमा रहेका नेपाली पृष्ठभूमिका विवाहित र अविवाहित महिला र पुरुषहरु लाई समेट्ने सुन्दरता प्रतियोगिता आगामी महिना हुने भएको छ। 

मिस्टर, मिस र मिसेस ओसनिया २०१८ मा अस्ट्रेलिया लगायत न्युजिल्याण्ड र फिजी बाट पनि प्रतियोगीहरुको सहभागिता रहने आयोजकहरुले बताएका छन्। 

आगामी २२ डिसेम्बरमा हुने उक्त प्रतियोगिताको लागि आवेदन हालेकाहरु मध्ये बाट छनौट गर्ने कार्य पनि सकिएको छ। 

मिस्टर/ मिस/ मिसेस ओसनियाको छैठौं संस्करणमा भाग लिन युवाहरु निकै उत्साही रहेको पाइएको आयोजक टोलीका भिम शम्सेर गुरुङले बताए। 

विशेष गरि विवाहित युवतीहरुको उत्साहजनक उपस्थितिलाई हेर्दा उनीहरुलाई समेट्ने आफूहरुको निर्णय सहि र सफल भएको भन्दै गुरुङले खुसी व्यक्त गरे। 

Organizing team from UNAE discussing contestant applications in Sydney.
Organizing team from UNAE discussing contestant applications in Sydney. Source: Supplied

तिनै मिस्टर/ मिस/ मिसेसका उपाधि विजेता हुने प्रत्येकले १००० र उपविजेताहरुले ५०० डलर पाउने छन्। 

साथै मिस ओसनियाका प्रतियोगीहरु मध्ये एक जनाले मिस नेपालमा उत्कृष्ट २० मा आफ्नो स्थान सुरक्षित गर्ने छ। 

आयोजक गुरुङले भने "मिस नेपाल प्रतियोगीहरुमा हुनुपर्ने मापदण्डहरु पुरा गर्ने गरि आयोजकले एक जनालाई मिस नेपालमा सिधै टप २० मा पठाउछौं। " 

माल्विका सुब्बा प्रमुख प्रशिक्षक रहने प्रतियोगितामा चर्चित फेशन डिजाइनर मनिष राईद्वारा डिजाइन गरिएका पहिरनमा प्रतियोगीहरु सजिने छन्। 

उक्त प्रतियोगिताका बारेमा भिम शम्सेर गुरुङ संग गरिएको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now