तारा एयर ठूलो दुर्घटनाबाट जोगियो र म्याच फिक्सिङमा सागरसहित ६ जनालाई सफाइ - गत ७ दिन नेपालमा

A Tara Air plane shot off the runway and crashed into a fence after its front wheel exploded while landing in Jumla Airport on 9 June 2018.

A Tara Air plane shot off the runway and crashed into a fence after its front wheel exploded while landing in Jumla Airport on 9 June 2018. Source: Supplied

२१ जना सहित जुम्ला विमानस्थलमा अवतरण गर्ने क्रममा तारा एयर बिमानको अगाडीको पांग्रा बिस्फोटन हुँदा जहाज धावनमार्ग भन्दा बाहिर रहेको फेन्समा ठोक्कियो र म्याच फिक्सिङको आरोप लागेका राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापासहित ६ जनालाई विशेष अदालत द्वारा सफाइ| यी हुन् गत ७ दिनका नेपालका केहि मुख्य समाचार|


जुम्लामा तारा एयरको जहाज ठूलो दुर्घटनाबाट जोगियो

नेपालगञ्जबाट सुर्खेतका लागि उडेको तारा एयरको जहाज जुम्ला विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ।  जुम्लाका लागि नेपालगन्जबाट शनिबार दिउँसो २ बजेर ६ मिनेटमा उडेको तारा एयरको ९ एन एईभी कलसाइन ट्वीनअटर अवतरणका क्रममा अगाडिको पांग्रा पन्चर हुँदा जहाज धावनमार्ग भन्दा बाहिर गएको थियो । विमानमा रहेका १८ यात्रु र ३ जना चालक दलका सदस्य सबै सकुशल छन् ।

नेपालगन्ज विमानस्थल प्रमुख प्रतापबाबु तिवारीका अनुसार धावनमार्गबाट असन्तुलित हुँदै बाहिर निस्केको जहाज फेन्समा ठोक्किएको थियो।

जहाजको अगाडिको भाग भने क्षतिग्रस्त भएको तारा एयरले जनाएको छ ।

Nepali footballers after they were ordered to be released on June 7, 2018 by a special court after their involvement in an alleged match fixing scandal couldn't be proved in court.
Nepali footballers after they were ordered to be released on June 7, 2018 by a special court after their involvement in an alleged match fixing scandal couldn't Source: (File Photo)

म्याच फिक्सिङमा सागरसहित ६ जनालाई सफाइ

म्याच फिक्सिङको आरोप लागेका राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापासहित ६ जनालाई बिहीबार विशेष अदालतले सफाइ दिएको छ ।

अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यहरु प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले सागर सहित सन्दीप राई, रितेश थापा, अञ्जन केसी, विकाससिंह क्षेत्री र टिम फिजियो डेजिव थापाविरुद्धको अभियोग पुष्टि हुन नसक्ने ठहर गर्दै सफाइ दिएको थियो।

२०७२ साल असोज २७ मा म्याच फिक्सिङको आरोपमा उनीहरु पक्राउ परेका थिए। उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएपनि कात्तिक २४ मा सबै धरौटी बुझाएर छुटेका थिए।

सन् २००८ देखि नेपालले खेलेका २२ वटा अन्तर्राष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धानअघि बढाएको थियो ।

म्याच फिक्सिङको आरोपलगत्तै एसियाली फुटबल महासंघ र एन्फाले उनीहरुलाई आजीवन प्रतिबन्ध लगाएको थियो ।

..

Visit Nepal 2020 launched in Kathmandu
Visit Nepal 2020 launched in Kathmandu Source: Supplied

भ्रमण वर्षको सन् २०२० को लोगो सार्वजनिक

नेपाल सरकारले सन् २०२० मा मनाउन लागेको नेपाल भम्रण वर्षको आधिकारिक लोगो सार्वजनिक गरेको छ । शुक्रबार पर्यटनमन्त्री रविन्द्र अधिकारीसहितको समितिले ग्राफिक डिजाइनर उद्धव रिमालले बनाएको सन् २०२० को नेपाल भम्रण वर्षको लोगो सार्वजनिक गरिएको थियो ।

सरकारले यसअघि सन् १९९८ मा भिजिट नेपाल र २०११ मा नेपाल टुरिजम इयरमनाइएको थियो ।अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमार्फत सन् २०२० मा भिजिट नेपाल २०२० अभियान सञ्चालन गरी नेपाल घुम्न आउने पर्यटकको संख्या २० लाख पुर्याउने बताइसकेका छन् ।

..

आयल निगमका विवादास्पद कार्यकारी निर्देशक गोपाल खड्काद्वारा राजीनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएका छन् । निगमको जग्गा खरिद गर्दा करिब ७५ करोड रुपैयाँ भ्रष्टाचार भएको भनेर विवादित बनेका उनले बिहीबार राजिनामाको घोषणा गरेका थिए।

यसअघि कारवाहीका लागि आपूर्ति मन्त्रालयले बारम्बार सिफारिश गरे पनि उनी पदमा रहँदै आएका थिए। ६ महिना पदावधि बाँकी रहेको अवस्थामा पदबाट राजिनामा दिएका थिए ।

खड्काले राजिनामा दिँदै आफुले गरेको काममा सबैतिरबाट अवरोध मात्रै भएको बताए। खड्काको कार्यवधी माघमा सकिदै थियो। जग्गा विवादमा आएपछि ९ महिना अघि मन्त्रालय तानिएका उनले नयाँ मन्त्रीपरिषद् बनेपछि पुनः निगम जान खोजेका थिए।

उनलाई उद्योग वणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नराख्ने मनसाय देखाएपछि राजिनामा दिएका थिए ।

..

फोटो प्रतियोगिताको घोषणा

फोटो पत्रकार क्लबले छैटौँ संस्करणको फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको छ । बुधबार फोटो पत्रकार क्लबले नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममामा प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको थियो ।

विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा व्यावसायिक र सौखिन फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउनेछन् । न्यूज फोटो, डेली लाइफ, कल्चर एण्ड टुरिजम, नेचर एण्ड वाइल्डलाइफ, स्माइल, स्पोर्टस र फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा हुनेछन् ।

बुधबारबाट सुरु भएको दर्ता प्रक्रिया असार ६ गते मध्यरातमा बन्द हुने क्लबले जनाएको थियो । प्रत्येक विधामा प्रतियोगीले बढीमा ३ वटा फोटो, फोटो स्टोरीमा बढीमा २ वटा स्टोरी र प्रत्येक स्टोरीमा ४ देखि १२ वटासम्म फोटो दर्ता गर्न पाउने छन् ।

प्रतियोगिताको फोटो अफ द इयरको विजेताले १ लाख रुपैयाँ पाउनेछन् भने अन्य सबै सात विधाका विजेताले जनही ३० हजार, उपविजेताले जनही २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने छन् ।

..

नेकपालाई दर्ता प्रमाणपत्र

निर्वाचन आयोगले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) दल दर्ता भएको प्रमाणपत्र प्रदान गरेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) लेखिएको प्रमाणपत्र पार्टीका महासचिव विष्णु पौडेललाई बिहीबार प्रदान गरेको थिए ।

तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकीकरण भएपछि बुधबार आयोगले दर्ता किताबको क्रम संख्या १४५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्णय गरेको थियो ।

प्रमाणपत्र बुझ्नका लागि पार्टी महासचिव पौडेलसहित नेताहरु सुवास नेम्वाङ र देव गुरुङलगायत आयोगमा उपस्थित थिए ।

दुई पार्टीबीच गत जेठ ३ मा एकता भएको थियो ।

Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now