SKIP TO MAIN CONTENT

जुलाई १ देखिको नयाँ कर कटौती - टर्नबुल सरकारको उक्त निर्णयले तपाईंले कस्तो फाइदा होला?

Treasurer Scott Morrison speaks during Question Time
Treasurer Scott Morrison says Australians will be on a better wicket under his tax cuts package. (AAP) Source: AAP

अस्ट्रेलियाको माथिल्लो सदनले, प्रधानमन्त्री म्यालकम टर्नबुलको सरकारले अघि सारेको व्यक्तिगत आम्दानी सम्बन्धि कर कटौतिको प्रस्ताव पास गरेपछि आउदो जुलाइ महिनादेखि आम्दानीको करमा नयाँ नियम लाग्ने भएको छ। बिज्ञहरुको अनुसार, नयाँ पारित भएको प्रस्तावका कारण बहुसंख्यक अस्ट्रेलियनहरुले कर कटौति स्वरुप थप आम्दानी घर लान पाउने छन्। प्रस्तावित कतिपय नियमहरु आउँदो आर्थिक बर्षदेखिनै लाग्ने छन् भने, बाँकी अन्य क्रमिक रुपले त्यसपछिका बर्षहरुमा लाग्ने छन्। उदाहरणका लागि, हाल रहेको ३७ प्रतिशतको करको दर सन् २०२८ सम्ममा पूर्ण रुपले हटाईने छ, र त्यसपछि ४० हजारदेखि २ लाखसम्म कमाउनेलाई ३२.५ को दरले कर लाग्ने छ। आउँदो आर्थिक बर्षदेखि कानून बन्ने यस कर कटौति सम्बन्धि थप चर्चा, हामीले - सिड्नीमा रहनु भएका कर बिशेषज्ञ चूडामणि बेलबासेसँग गरेका छौँ। यस नयाँ करका प्रमुक मुद्दाहरु, र ध्यान दिनु पर्ने कुराहरु के के हुन् त भनी, उहाँसँग - हाम्रा सहकर्मी समीर घिमिरेले सोधेका थिए।

Published

By Sameer Ghimire

Source: SBS

Skip to podcast episode content

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now