Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

‘टील’: सन् २०२२ को अस्ट्रेलियाली शब्द

Australia Teal Independents

Unlike most winners of the Word of the Year, the word “teal” was not invented in the same year, but with the 2022 federal election, it's taken on a new political meaning. Source: AP / Mark Baker/AP

'टील' यस वर्ष शब्दकोशमा स्थान पाउने शब्द बनेको छ।


Published

Updated

By Brooke Young, Jessica Bahr

Presented by Sunita Pokharel

Source: SBS



Share this with family and friends


'टील' यस वर्ष शब्दकोशमा स्थान पाउने शब्द बनेको छ।


यसअघिका विजेताहरू जस्तो, टीलको उत्पत्ति र वर्ष शब्द घोषणा एकै साल भएको होइन।

सन् २०२२ को सङ्घीय निर्वाचनमा बेला ‘टील’ नयाँ राजनैतिक अर्थका साथ चर्चित बन्न पुगेको हो।

'गब्लिन मोड', 'कोडिफाइ' र 'मेटाभर्स' जस्ता शब्द तथा वाक्यांशहरू दैनिकीमा धेरै प्रयोगमा आउँदैन थिए होला तर अब भने त्यस्तो हुन सक्छ।

वार्षिक रूपमा शब्दकोशहरू तथा प्रकाशकहरूले वर्ष शब्द सार्वजनिक गर्ने गर्दछन् र मक्वयरि डिक्सनरीले सन् २०२२ का विजेताहरूको घोषणा गरेको छ।

म्याक्स ग्विन अस्ट्रेलियन नेसनल युनिभर्सिटीमा अस्ट्रेलियाको राष्ट्रिय शब्दकोशहरूको केन्द्रका अनुसन्धानकर्ता हुन् र उनी भन्छन् यो नयाँ शब्दहरूको अस्तित्व स्थापित गर्न महत्त्वपूर्ण छ।

मक्वयरी शब्दकोशको सुचीमा अघिल्लो वर्ष थपिएका नयाँ शब्दहरू र त्यसले दिने अर्थमा सीमित हुने गर्दछ।

२० वटा अन्तिम प्रतिस्पर्धी शब्द तथा वाक्यांशहरू सार्वजनिक गरिनु पूर्व दाबेदारहरू विभिन्न कोटीमा वर्गीकृत हुन्छन्, र त्यसमा एक समितिद्वारा मत दिइन्छ।

यस वर्ष समितिको रोजाइमा परेको शब्द रह्यो- 'टील'।

यसले स्वतन्त्र सांसदहरू भन्ने बुझाउँछ, र यो वर्षको सुरुवात तिर सङ्घीय निर्वाचनको समय भर निकै धेरै प्रयोगमा रह्यो।

pexels-gretchen-dyson-2474220.jpg

मक्वयरि डिक्सनरीका सम्पादक भिक्टोरिया मोर्गन भन्छन्, सबैभन्दा लोकप्रिय शब्दहरूले प्राय कुनै विश्व घटना, राजनीतिक मुद्दा वा समाचारहरूलाई प्रतिबिम्बित गर्दछ।

उनी भन्छिन् नयाँ शब्दहरूमा मात्र होइन यसमा शब्दले दिने नयाँ अर्थहरूलाई पनि हेरिन्छ।

"यस वर्षको अगाडीसम्म, टील भनेको (हरियो र निलो मिसिएको) रङ्ग भन्ने मात्र बुझिन्थ्यो साथै एक प्रकारको हाँस भन्ने पनि, र टील स्वतन्त्र राजनीतिक उम्मेदवारहरूलाई सम्बोधन गर्न सबैले प्रयोग गर्न थाले।"

अस्ट्रेलियन नेसनल डिक्सनरी सेन्टरका ग्विन भन्छन् राजनीतिक शब्दहरू चल्तीमा आउने र जाने क्रमले निरन्तरता पाउने गर्दछ।

तर सर्वसाधारणहरूको रोजाइमा भने 'ब्याचलर्स ह्याण्डब्याग' ले जित हासिल गरेको छ।

उक्त वाक्यांशले सुपर मार्केटमा रहने टेकअवे चिकेनलाई जनाउँछ।

त्यस्तो कुखुराको मासु खानको लागि तयार अवस्थामा रहने र पकाउन केही तयारी गर्नु नपर्ने साथै हाते ब्यागजस्तो समात्ने ठाउँ (ह्यान्डल) सहित आउने भएकाले यसलाई अलि रमाइलो तरिकाले 'ब्याचलर्स ह्याण्डब्याग' भनेर सम्बोधन गरिएको हो।

मोर्गनलाई यो वाक्यांश यति चर्चित हुनुले आश्चर्यमा पारेन।

"अस्ट्रेलियालीहरू भाषासँग खेल्न मन पराउँछन् र यसबाट केही रमाइलो पनि लिन्छन्। त्यसैले ब्याचलर्स ह्याण्डब्याग यति चर्चित हुनुमा हामीलाई खासै आश्चर्य लागेन।"

यस वर्ष पहिलो पटक दोस्रो स्थानमा आएको शब्दलाई पनि सार्वजनिक गरिएको छ। र यस वर्ष 'ट्रुथ-टेलिङ्ग' ले सो स्थान हासिल गर्‍यो।

आदिवासी अस्ट्रेलियालीहरूको भोइस टु पार्लियामेन्टको बारेमा चर्चा बढेको कारण अस्ट्रेलियाको विगतलाई सत्य रूपमा भन्नु पर्नेबारे आवाज उठेको समितिको ठम्याई छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now