दाङमा जन्मेका, घाँस-दाउरा गरेका, संस्कृत पढेका, जहिले पनि ढाका टोपी ढल्काउँदै देश-विदेशका अक्सफोर्ड, क्याम्ब्रिज जस्ता ठुला-ठुला विश्वविधालयहरुमा प्रवचन गर्दै नेपालको शान मान र पहिचान गराउँदै हिँड्ने नेपाली भन्न रुचाउने डा. चिन्तामणि योगी अहिले अस्ट्रेलिया भ्रमणमा हुनुहुन्छ। हिन्दु विद्यापीठ नेपाल, शान्ति सेवा आश्रम लगायतका गुरुकुलहरू चलाउँदै आइरहेका डा. चिन्तामणि योगी जी ले काठमान्डू, दाङ, काभ्रे, सप्तरी लगायत का स्थानहरूमा बाल-बालिकाहरू, अपाङ्ग तथा वृद्धहरूका निम्ति अनेकौँ आश्रमहरू पनि खोल्नुभएको छ। "बसुधैव कुटुम्बकम" भन्ने सोचलाई आफ्नो जीवनको मूल-मन्त्र बनाई संसारलाई “आर्ट अफ लाइफ” अर्थात् “जीवनको कला” सिकाउँदै आइरहेका डा. योगीसँग हामीले गरेको रमाइलो कुराकानी।
हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्
Share





