SKIP TO MAIN CONTENT

SBS Examines: आप्रवासीहरूलाई उनीहरूको योग्यता अनुसार काम दिइँदैन। यसले अस्ट्रेलियालाई अरबौँ घाटा भइरहेको छ।

Taxi driver talking to client
Many skilled migrants end up working in manual jobs with low qualifications. Source: Getty / Hinterhaus Productions

अस्ट्रेलियाले दक्ष कामदार अभावको सामना गरिरहेको छ। तर शैक्षिक योग्यता र अनुभव हुँदा पनि आप्रवासीहरूलाई काम पाउन किन सङ्घर्ष गरिरहनुपरेको छ?


Published

By Olivia Di Iorio

Presented by Olivia Di Iorio, Sapana Phuyal

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलियाले दक्ष कामदार अभावको सामना गरिरहेको छ। तर शैक्षिक योग्यता र अनुभव हुँदा पनि आप्रवासीहरूलाई काम पाउन किन सङ्घर्ष गरिरहनुपरेको छ?


अस्ट्रेलियालाई आवश्यक पर्ने सीप भएका छ लाख भन्दा बढी मानिसहरू अस्ट्रेलियामा नै भएको सेटलमेन्ट सर्भिसेज इन्टरनेशनल (एसएसआइ) को एक नयाँ रिपोर्टमा उल्लेख गरिएको छ।

“अस्ट्रेलियामा रहेका ४४ प्रतिशत आप्रवासीहरू जति उपयोगमा आउने पर्ने हो, त्यो भन्दा कम उपयोगमा आएका छन्। र जब हाम्रो देशभरि नै सबै पेसाहरूमा एक तिहाइ अभाव छ, यो वास्तवमै ठुलो अवसर गुमाइरहेको छ," एसएसआइको एक्टिभेट अस्ट्रेलिया स्किल अभियानको प्रबन्धक लिली ज्याङ बताउँछिन्।

“हामीले देखेका कथाहरू र डेटाबाट हेर्दा धेरै आप्रवासीहरू क्लिनिङ, हस्पिटालिटी लगायत अस्थायी कामहरू जस्तै राइडशेयर ड्राइभिङ, ट्याक्सी ड्राइभिङ कामहरूमै सीमित भइरहेका छन्।”

एसएसआइको पछिल्लो रिपोर्टका अनुसार यदि आप्रवासीहरूले आफ्नो सीपको क्षेत्रमा अस्ट्रेलियामा जन्मेका मानिसहरू जस्तै समान रूपमा काम पाउने हो भने आगामी दस वर्षमा ७० अर्ब डलरको अर्थतन्त्र उत्पन्न हुन्छ।

एसबीएस एक्जामिन्सको यस शृङ्खलामा आप्रवासीहरू लाई शैक्षिक योग्यता र अनुभव हुँदा पनि काम खोज्न किन सङ्घर्ष गरिरहनुपरेको छ र यसले अस्ट्रेलियालाई कस्तो असर गर्छ भन्नेबारे बताइएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now